असोज १४, काठमाडौं । दक्षिण एशियाली राष्ट्रका जनताको जीवनस्तर उकास्न र गरीबी निवारण गर्न भइरहेका प्रयासबारे छलफल गर्न असोज १६ गतेदेखि राजधानीमा दुईदिने गोष्ठी आयोजना गरिने भएको छ । गोष्ठीमा खाद्य सुरक्षाका चुनौती, लघुवित्तको प्रयोग, सार्क हस्तकला प्रवर्द्धन केन्द्र, समावेशी आर्थिक वृद्धि, महिला सशक्तीकरण, परिवार नियोजन, स्थानीय तहको आत्मनिर्भरतालगायतका विषयमा सञ्चालन गरिएका परियोजनाबारे आ–आफ्नो देशका अनुभव आदानप्रदान र छलफल हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)द्वारा सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो गोष्ठीमा सार्क राष्ट्रका आठओटै देशका सरकारी र सामुदायिक क्षेत्रमा कार्यरत उपभोक्ता समूहका प्रतिनिधिको सहभागिता रहनेछ । रासस




