पदमा केसी
प्रोग्राम कोअर्डिनेटर, नन म्यानेजमेण्ट
एकेडेमिक काउन्सेलिङ सेसन भनेको के हो ? यो कक्षा कहिले–कहिले हुन्छ ?
एकेडेमिक काउन्सेलिङ सेसन विद्यार्थीलाई दिइने शैक्षिक परामर्श सहयोग हो, जसबाट अध्ययनका क्रममा उनीहरूको अप्ठ्यारा समाधान गरिन्छ । काउन्सेलिङ कक्षामा विद्यार्थीको प्रश्न, दुविधा र नबुझेका विषय बुझाउने गरिन्छ । यो विभिन्न ठाउँमा रहेका विद्यार्थीका लागि दूरशिक्षा कार्यक्रम हो ।
आईसीएमा जनवरी र जुलाईमा भर्ना लिइन्छ । एकेडेमिक काउन्सेलिङ सामान्यतया जनवरी सेसनका लागि जनवरीकै दोस्रो साता शुरू हुन्छ । त्यस्तै, जुलाई सेसनका लागि पनि जुलाईकै दोस्रो साता शुरू हुन्छ । काउन्सेलिङ कक्षा प्रायः शनिवार सञ्चालन हुन्छ । यदि शनिवार कक्षा नभएमा अन्य दिनको कार्यालय समयपछि गरिन्छ । यो विद्यार्थीका लागि अनिवार्य हुँदैन । तर, उक्त कक्षामा उपस्थितिका लागि सबै विद्यार्थीलाई अनुरोध गरिन्छ । किनकि, यसले उनीहरूको अध्ययनमा सहयोग पुर्याउँछ ।
के एसाइन्मेण्ट बुझाउनु आवश्यक छ ?
इग्नोको सबै कार्यक्रममा एसाइन्मेण्ट बुझाउन विद्यार्थीका लागि अनिवार्य हुन्छ, जुन परीक्षाको ३० प्रतिशत अङ्क अन्तिम ग्रेडमा जोडिएर आउँछ । एसाइन्मेण्ट अन्तिम परीक्षाका लागि अनिवार्य छ । एसाइन्मेण्ट जनवरी सेसनका लागि अप्रिल ३० भित्र र जुलाई सेसनका लागि अक्टोबर ३१ भित्र बुझाइसक्नुपर्छ ।
एकेडेमिक काउन्सेलिङमा जस्तै कम्प्युटर एप्लिकेशन प्रोग्रामको प्रयोगात्मक कक्षामा पनि अनिवार्य उपस्थित हुनुपर्छ ?
एकेडेमिक काउन्सेलिङ कक्षामा अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छैन । तर, प्रयोगात्मक कक्षामा अनिवार्य उपस्थित हुनुपर्छ । विश्वविद्यालयको नियमअनुसार प्रयोगात्मक कक्षामा ७५ प्रतिशत उपस्थित हुनुपर्छ । यदि ७५ प्रतिशतसम्म उपस्थित हुन नसकेमा उनीहरू अन्तिम परीक्षा (टीईई)मा सहभागी हुन पाउँदैनन् ।
आईएमा भर्ना प्रक्रिया कस्तो छ ?
विश्वविद्यालयले निर्धारण गरेअनुरूप वर्षको दुईपटक आईसीएले भर्ना लिने गरेको छ । इग्नोको कुनै पनि कार्यक्रम अध्ययन गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ । इग्नोले वर्षको दुईपटक जनवरी र जुलाईमा भर्ना लिन्छ ।
नोट: अर्को सेमेष्टर वा अर्को वर्षका लागि विलम्ब शुल्क तिरेर रि–रजिष्टर गर्ने अन्तिम मिति २०१३ डिसेम्बर १६ सम्म हो । २०१३ को डिसेम्बरमा हुने अन्तिम परीक्षा (टीईई)को परीक्षा फाराम अक्टोबर ४ को दिउँसो १ बजेसम्म विलम्ब शुल्क तिरेर भर्न पाइन्छ । विशेष परिस्थिति परिआएको अवस्थामा अक्टोबर १७ तारिखका दिन १२ बजेसम्म परीक्षा फाराम स्वीकार गरिनेछ ।
खुला तथा दूर शिक्षाका बारेमा थप जानकारीका लागि www.ica.edu.np मा हेर्नुहोला ।
कुनै जिज्ञासा भएमा [email protected] अथवा [email protected] मा इमेल गर्नुहोला ।




