एनसेलको ‘चाडपर्व अफर’
माइक्रोम्याक्समा
असोज १९, काठमाडौं (अस) । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसर पारी विशेष प्याकेज ल्याएको छ । माइक्रोम्याक्स मोबाइल सेटसँग बण्डल गरेर ल्याइएको यस योजनाअन्तर्गत आकर्षक मूल्यमा माइक्रोम्याक्सका विभिन्न मोबाइल सेटसँगै एनसेलको सेवा प्राप्त गर्न सकिने जानकारी दिइएको छ ।
योजनाअन्तर्गत ग्राहकले अब माइक्रोम्याक्सको ‘एक्स ०८५’ मोडलको मोबाइल सेटसँगै ३० मिनेटको टक टाइम, ३० ओटा एसएमएस र १० एमबीको इण्टरनेट प्याकेज रहेको एनसेलको सिमकार्ड रू. १ हजार ४ सय ४९ मा खरीद गर्न सक्नेछन् । सेटसहितको यो प्याकेजको बजार मूल्यभन्दा २ हजार १ सय रुपैयाँ सस्तो भएको कम्पनीले बताएको छ । त्यस्तै, माइक्रोम्याक्सको ‘एक्स २६७’ मोडलको मोबाइल सेटसहित एनसेल एउटा सिमकार्ड, एनसेल नेटवर्कमा ३० मिनेटबराबरको टक टाइम र ४० एमबी इण्टरनेट प्याकेज रू. २ हजार २ सय १९ मा प्राप्त गर्न सकिनेछ । यो प्याकेज बजारमूल्यभन्दा २ हजार २ सय रुपैयाँ सस्तो रहेको कम्पनीले बताएको छ ।
माइक्रोम्याक्स ‘निञ्जा ए५४’ सेटसँगै एनसेलको एउटा सिमकार्ड, ३० मिनेटबराबरको टक टाइम र १ सय एमवीबराबरको इण्टरनेट प्याकेजमात्र रू. ६ हजार ३ सय ३९ मा खरीद गर्न सकिने जानकारी दिइएको छ । योजनाअन्तर्गत नै प्रत्येक महीना रू. १ सयको रिचार्ज गरेपछि तीनैओटा प्याकेजमा रहेका एनसेलका सेवा लिन सकिनेछ ।
शुक्रवारदेखि लागू भएको यो प्याकेज खरीद गर्ने ग्राहकले एनसेलको प्रिपेड वा पोष्टपेड जुनसुकै सिमकार्ड पनि छान्न सक्नेछन् । आगामी मङ्सिर १९ गतेसम्म लागू हुने योजना एनसेल सेण्टरलगायत स्थानमा उपलब्ध रहेको एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले बताइन् । ‘यस योजनाले ग्राहकलाई विभिन्न मूल्यका मोबाइल सेटको खरीदसँगै एनसेलका विभिन्न सेवा सुलभ दरमा प्राप्त गर्न सक्ने अवसर दिलाएको छ,’
उनले भनिन् ।
असोज १९, काठमाडौं (अस) । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसर पारी विशेष प्याकेज ल्याएको छ । माइक्रोम्याक्स मोबाइल सेटसँग बण्डल गरेर ल्याइएको यस योजनाअन्तर्गत आकर्षक मूल्यमा माइक्रोम्याक्सका विभिन्न मोबाइल सेटसँगै एनसेलको सेवा प्राप्त गर्न सकिने जानकारी दिइएको छ ।
योजनाअन्तर्गत ग्राहकले अब माइक्रोम्याक्सको ‘एक्स ०८५’ मोडलको मोबाइल सेटसँगै ३० मिनेटको टक टाइम, ३० ओटा एसएमएस र १० एमबीको इण्टरनेट प्याकेज रहेको एनसेलको सिमकार्ड रू. १ हजार ४ सय ४९ मा खरीद गर्न सक्नेछन् । सेटसहितको यो प्याकेजको बजार मूल्यभन्दा २ हजार १ सय रुपैयाँ सस्तो भएको कम्पनीले बताएको छ । त्यस्तै, माइक्रोम्याक्सको ‘एक्स २६७’ मोडलको मोबाइल सेटसहित एनसेल एउटा सिमकार्ड, एनसेल नेटवर्कमा ३० मिनेटबराबरको टक टाइम र ४० एमबी इण्टरनेट प्याकेज रू. २ हजार २ सय १९ मा प्राप्त गर्न सकिनेछ । यो प्याकेज बजारमूल्यभन्दा २ हजार २ सय रुपैयाँ सस्तो रहेको कम्पनीले बताएको छ ।
माइक्रोम्याक्स ‘निञ्जा ए५४’ सेटसँगै एनसेलको एउटा सिमकार्ड, ३० मिनेटबराबरको टक टाइम र १ सय एमवीबराबरको इण्टरनेट प्याकेजमात्र रू. ६ हजार ३ सय ३९ मा खरीद गर्न सकिने जानकारी दिइएको छ । योजनाअन्तर्गत नै प्रत्येक महीना रू. १ सयको रिचार्ज गरेपछि तीनैओटा प्याकेजमा रहेका एनसेलका सेवा लिन सकिनेछ ।
शुक्रवारदेखि लागू भएको यो प्याकेज खरीद गर्ने ग्राहकले एनसेलको प्रिपेड वा पोष्टपेड जुनसुकै सिमकार्ड पनि छान्न सक्नेछन् । आगामी मङ्सिर १९ गतेसम्म लागू हुने योजना एनसेल सेण्टरलगायत स्थानमा उपलब्ध रहेको एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले बताइन् । ‘यस योजनाले ग्राहकलाई विभिन्न मूल्यका मोबाइल सेटको खरीदसँगै एनसेलका विभिन्न सेवा सुलभ दरमा प्राप्त गर्न सक्ने अवसर दिलाएको छ,’ उनले भनिन् ।