अजित बराल
निर्देशक, एनसेल नेपाल
लिटरेचर फेष्टिवल २०१३
ट्वीटरले अध्ययनशील बनाएको छ
– तपाईं अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?
सामसुङ नोट टू
– यसमा तपाईंलाई सबैभन्दा मनपर्ने फिचर के हो ?
स्क्रिन फराकिलो छ । इण्टरनेट चलाउन सहज छ ।
– ग्याजेट्सको रूपमा तपाईंले प्रयोग गर्ने अन्य साधन ?
एचपीको नोट
– सामाजिक सञ्जालमा हुनुहुन्छ कि ?
ट्वीटर र फेसबूक एकाउण्ट छ ।
– यसको प्रयोग केका लागि गर्नुहुन्छ ?
म किताबको प्रकाशन र प्रवर्द्धनका लागि काम गर्ने भएकाले सामाजिक सञ्जालको प्रयोग यही कामका लागि गर्छु । ट्वीटरको कारण धेरै अध्ययनशील भएको छु ।
– प्रविधिको प्रयोग गर्दा केमा बढी ध्यान पुर्याउन सल्लाह दिनुहुन्छ ?
सदुपयोगमा जोड दिनुपर्छ । प्रविधिको प्रयोगले जीवनलाई सहज बनाउनुपर्छ । समयको प्रभावकारी उपयोग गर्नुपर्छ ।




