हिमालयन बिञ्जमा अग्र्यानिक चिया र कफी
२ वर्षअघिदेखि सञ्चालनमा आएको हिमालयन बिञ्ज बिहान १० देखि बेलुका १० बजेसम्म खुला रहन्छ । ‘वर्षमा ४ देखि ६ ओटासम्म नयाँ आइटम प्रमोशन
गर्छौं,’ सुवास शाहले भने, ‘यसले गर्दा ग्राहकलाई नयाँ स्वादको चिया तथा कफी पिउने मौका मिल्छ ।’
Click image for full review
सुन्धारास्थित सिभिल मलको सातौं तला कफी र चियाका पारखीहरूको नयाँ गन्तव्य हुन सक्छ । स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका कफी र चियाको स्वाद यहाँको हिमालय बिञ्जमा लिन पाइन्छ । अग्र्यानिक चिया र कफी यहाँको विशेषता हो ‘यहाँ नेपाली अग्र्यानिक कफीका साथै विश्वका जुनसुकै स्तर र स्वादको कफी पनि उपलब्ध छ,’ बिञ्जका अपरेशन म्यानेजर सुवासबहादुर शाहले भने चिसो मौसममा परिवार र साथीभाइसँग बसेर स्वादिष्ट कफी वा मसलादार चियाका पारखीहरूले हिमालय बिञ्ज रोज्ने गरेको शाह बताउँछन् । हिमालय बिञ्ज सिभिल मलबाहेक सिटी सेण्टरस्थित विग सिनेमा, दरबारमार्गस्थित टाइम्स स्क्वायर र ठमेलमा पनि रहेको छ ।
यीमध्ये जुनसुकै आउटलेटमा पुगेका ग्राहकले इच्छाअनुसार स्मोकिङ÷ननस्मोकिङ क्षेत्रको छनोट गरेर साङ्गीतिक धुनमा रम्दै चिया तथा कफीको चुस्की लिन पाउँछन् । सबै आउटलेटमा एकै प्रकारको सेवा र सुविधा पाइने उनको भनाइ छ ।
बजार घुम्दा थाकेका युवायुवतीलाई बिञ्ज राम्रो विश्रामस्थल हुने उनी बताउँछन् । ‘यहाँको कफी र चियाले उनीहरूको थकान मेटाउँछ,’ शाह भन्छन् । परिवारसहित बिञ्जमा चिया तथा कफी पिउँदा सम्बन्धमा माधुर्य र गाढापन थपिने हिमालयन बिञ्ज प्रालिको विश्वास छ । फराकिलो स्थान, सफा र स्वच्छ वातावरण भएको बिञ्जका कुनै पनि शाखामा फ्री वाइफाइको सुविधा रहेको उनले जानकारी दिए । यहाँ अन्तरराष्ट्रियस्तरको गुणस्तरीय बेकरी उत्पादन पनि उपलब्ध छन् ।
२ वर्षअघिदेखि सञ्चालनमा आएको हिमालयन बिञ्ज बिहान १० देखि बेलुका १० बजेसम्म खुला रहन्छ । ‘वर्षमा ४ देखि ६ ओटासम्म आइटम प्रस्तुत गर्छौं,’ उनले भने, ‘यसले गर्दा ग्राहकलाई नयाँ स्वादको चिया तथा कफी पिउने मौका मिल्छ ।’
बिञ्जका अधिकांश ग्राहक नियमित छन् । यही विशेषताका कारण सबै आउटलेटबाट गरी दैनिक ८ देखि १० हजार कप कफी तथा चिया विक्री हुने गरेको शाहले जानकारी दिए । सन् २०१२ भित्रमा आठओटा आउटलेट थप गर्ने योजना रहेको उनले सुनाए । यहाँ चिया तथा कफीको मूल्य रू. ८० देखि रू. ५ सय ५० सम्म रहेको छ । यसमा सर्भिस र भ्याट चार्ज थप लाग्ने बिञ्जले बताएको छ ।











