नेपाली थालीको स्वाद नेपाली चुलोमा
केही वर्षअघिसम्म घरमै बनेको खानामा सन्तोष मान्नेहरूको चाहना आधुनिकतासँगै बदलिएको छ । नेपाली रेष्टुराँले उपलब्ध गराएका स्वादिष्ट परिकारको स्वाद अधिकांशको जिब्रोमा गढिसकेको छ । यस्ता रेष्टुराँले फरक स्वादका परिकार, मोहक वातावरण र परम्परागत शैलीको सत्कार दिएर नेपाली ग्राहकको मन लोभ्याइरहेका छन् ।
Click image for full review
रेष्टुराँ हबकै रूपमा परिचित काठामाडौंको लाजिम्पाटमा स्वाद, सत्कार र सजावटमा नेपालीपन दिएर छुट्टै पहिचान बनाउन सफल भएको छ,‘नेपाली चुलो’ रेष्टुराँले । प्राचीन कलाकौशलले सजिएको नेपाली चुलोमा पहिलोपटक पुग्नेलाई कुनै ऐतिहासिक सङ्ग्रहालयमा पुगेको आभास हुन्छ ।











