हाम्रो बारेमा

‘आर्थिक अभियान राष्ट्रिय दैनिक’को वेबसाईटमा तपाईलाई स्वागत छ ।

‘आर्थिक अभियान राष्ट्रिय दैनिक’ न्यू बिजनेश एज (प्रा) लि.द्वारा प्रकाशित अर्थ–राजनीतिक राष्ट्रिय दैनिक हो ।

यसमा उद्यमी/व्यवसायी, आर्थिक नीति निर्माता, आर्थिक एवम् वित्तीय क्षेत्रका विश्लेषक एवम् अनुसन्धान, पूँजी र वस्तु बजारका लगानीकर्तादेखि विकासकर्मी, विद्यार्थी र सर्वसाधारणसम्मका लागि उपयोगी सामग्री प्रकाशित हुन्छन् । यी सामग्रीहरुमा देशविदेशका अर्थ–राजनीतिक समाचारहरू नीति एवम् बजार विश्लेषण र वरिष्ठ विज्ञ एवम् क्षेत्रगत ज्ञाताहरूका लेख/रचनाहरु पर्दछन् ।

न्यू बिजनेश एज (प्रा) लि.द्वारा प्रकाशनहरूः

आर्थिक अभियान राष्ट्रिय दैनिक
न्यू बिजनेश एज मासिक अङ्ग्रेजी पत्रिका (New Business Age, Monthly Magazine)

भिजन

हाम्रो लक्ष्य नेपालमा सबैभन्दा विश्वसनीय समाचार गृह बन्नु हो । हामी दिगो आर्जन मार्फत आफ्नो उन्नतिका लागि लगानी गर्न चाहन्छौं । हाम्रो काम गर्ने वातावरणले नेपालका सर्वश्रेष्ठ प्रतिभालाई आकर्षित गर्दछ ।

मिसन

व्यवसाय, व्यवसायी तथा लगानीकर्ताको उन्नतिका लागि समाचार, विचार तथा विश्लेषण प्रस्तुत गर्ने हामी नेपालको एक स्वतन्त्र आवाज हौं । आफ्नो कार्यमा हामी अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता तथा नैतिकताको मापदण्ड अनुसरण गर्छौं ।

मुल्य

  1. निरन्तर सुधार

हामी आफ्नो उत्पादनको गुणस्तर, उत्पादकत्व, कार्यप्रक्रिया एवम् जनशक्तिको सुधार गर्ने उद्देश्यले निरन्तर रूपमा अनुगमन, मापन तथा विश्लेषण गर्छौं ।

  1. सामूहिक कार्य तथा काम गर्ने वातावरण

हामी काम गर्ने यस्तो वातावरण सृजना गर्छौं जहाँ आपसी आदर र सम्मानलाई उत्प्रेरित गरिन्छ ।

  1. व्यावसायिक आचरण

हामी आफ्नो व्यवसायलाई उच्चतम व्यावसायिक र नैतिक स्तर अनुरूप सञ्चालन गर्दछौं ।

  1. नवीनता र सृजनात्मकता

हामी हाम्रा सहकर्मीबीच नवीनता र सृजनात्मकता बढाउन प्रयास गर्छौं । हामी काम गर्ने यस्तो वातावरण सृजना गर्छौं जहाँ हाम्रा सहकर्मीहरूले आनो सल्लाहसुझाव दिन र आफूलाई चित्त नबुझेका विषयमा प्रश्न उठाउन सक्छन् ।

  1. परिणाममुखी

हामी परिणाममुखी छौं र व्यवसायको निरन्तर वृद्धि, लाभ तथा गुणस्तरसँग सम्बन्धित लक्ष्य प्राप्त गर्न एवम् तोकिएको लक्ष्यभन्दा बढी उपलब्धि प्राप्त गर्न निरन्तर प्रयास गर्छौं ।

व्यवस्थापन समूह

प्रधान सम्पादक :
मदन लम्साल
सम्पादकीय निर्देशक :

केशव गौतम

निर्देशक, वित्त तथा प्रशासन :
सविता सुवेदी