शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिका


गतसाता अमेरिकी शेयर बजारका सबै परिसूचक ओरालो लागेका छन् । अमेरिकी अर्थतन्त्रमा सुधार आइरहेको भन्ने समाचारहरू आए पनि लगानीकर्ताको विश्वास गुम्दा प्रविधि तथा ऊर्जा कम्पनीहरूको शेयर मूल्य उच्च गतिमा ओरालो लागे । फलस्वरूप प्रमुख अमेरिकी शेयर परिसूचक ‘एसएण्डपी–५००’ गत २ महीनामा नै सबैभन्दा धेरै ३ दशमलव ८ प्रतिशतले घटेर १ हजार २ सय १५ दशमलव ६५ मा बन्द भएको छ । त्यसैगरी, डाउजोन्स परिसूचक गत साताभरिमा २ दशमलव ९ प्रतिशत ओरालो लागेर ११ हजार ७ सय ९६ दशमलव १६ मा बन्द भएको छ । गतसाता अमेरिकी शेयर परिसूचकमध्ये सबैभन्दा धेरै ४ प्रतिशतले घटेको न्यासड्याक परिसूचक २ हजार ५ सय ७२ दशमलव ५० मा आएको छ । यूरोपको ऋण सङ्कट समाधान भएर आर्थिक स्थायित्वको आभास नआएसम्म विश्व शेयर बजारमा दिगो सुधारको आशा गर्न नसकिने इन्भेष्टर्स आइरभिङट् न न्ययू ाके र्क ा मार्क बञ्ु्र जाले े बताएका छन ् । उनी भन्छन्, ‘जब यूरोपियन ऋण सङ्कट समाधान भएर त्यहाँको बजारमा स्थायित्वको सङ्केत देखा पर्छ, तब मात्र हाम्रो (अमेरिकी¬) आर्थिक सुधारले बजारलाई टेवा दिन सक्छ ।’


यूरोप


गतसाता यूरोपियन शेयर बजार पनि ओरालो लाग्यो । यूरोपियन बजारका अधिकांश शेयर परिसूचकहरू नोभेम्बर महीनाका ३ सातामध्ये २ सातामा पूर्ण रूपमा घटेका छन् । ऋण सङ्कट थप बल्झिँदै गएपछि यूरोपियन देशका सरकारी ऋणपत्रहरू ‘डिफल्ट’ हुने डरमा त्यहाँका लगानीकर्ताहरू धातुबजारतर्फ आकर्षित हुँदै गएका छन् । फलस्वरूप त्यहाँका नीति निर्माणकर्ताहरूले बोण्डको बट्टादर (यिल्ड) बढाउँदा शेयर बजारमा लगानीकर्ता कम भएका छन् । र, अधिकांश सूचिकृत कम्पनीहरूको मूल्य ओरालो लागेपछि त्यहाँको परिसूचक पनि घटे । सम्पूर्ण यूरोपियन बजारको बेञ्चमार्क परिसूचक ‘स्टक्स यूरोप–६००’ गत साताभरिमा ३ दशमलव ७ प्रतिशतले घटेर २ सय ३२ दशमलव १७ मा बन्द भएको छ । त्यसैगरी, बेलायतको प्रमुख शेयर बजार परिसूचक ‘फुट्सी’ साताभरिमा ३ दशमलव ४ प्रतिशतमा झरेर बन्द भयो भने जर्मनको ‘क्याक’ र फ्रान्सको ‘ड्याक्स’ परिसूचक पनि साप्ताहिक रूपमा बियरिश नै बने ।


एशिया


गतसाता एशियाली शेयर बजार पनि ओरालो लाग्यो । एशियाली बजार विगत ३ सातादेखि लगातार घट्दो अवस्थामा देखिएको छ । यूरोपियन बजारको प्रभाव र चीनले बढ्दो सम्पत्तिको मल्ू यलार्इ नियन्त्रण गर्न े नीति अवलम्बन गरपे छि एशियाली बजार पनि ओरालो लागेको विज्ञहरूको भनाइ छ । एमएससीआई ‘एशिया प्यासिफिक’


परिसूचक गतसाता २ दशमलव ७ प्रतिशत घट्यो ।


यो परिसूचक विगत ३ सातामा ८ दशमलव ४ प्रतिशत घटिसकेको छ । त्यसैगरी, हङकङको ‘≈याङसेङ’ परिसूचक गतसाताभरिमा ३ दशमलव ४ प्रतिशतले घट्यो भने चस्नको ‘शाङ्घाई कम्पोजिट’ साताभरिमा २ दशमलव ६ प्रतिशत तल आएर बन्द भया े । उता, जापान र अष्टेि«लयाका े पम्र खु शये र बजार परिसूचक ‘निक्केई–२२५’ र ‘एसएण्डपी–२०० ’ परिसूचक पनि क्रमशः १ दशमलव ६ र २ दशमलव ८ प्रतिशत तल झरेर बन्द भए ।


भारत


सम्पूर्ण विश्व शेयर बजार ओरालो लागेको बेला भारतीय बजार पनि सम्हालिन सकेन । एशिया प्रशान्त क्षेत्रको बजार लगातार घट्नु र यूरोपियन ऋण सङ्कट थप जटिल बन्दै जानु भारतीय बजार घट्नुको प्रमुख कारण भएको जानकारहरूले बताएका छन् । साथै, भारतीय रुपैयाँको तुलनामा अमेरिकी डलर लगातार बलियो बन्दै गएपछि त्यसको नकारात्मक प्रभाव पनि शेयर बजारमा परेको बताइएको छ । फलस्वरूप बम्बे स्टक एक्सचेञ्जको सेन्सेटिव परिसूचक (सेन्सेक्स) गतसाताभरिमा ४ दशमलव ७ प्रतिशतले घटेर १६ हजार ३ सय ७१ मा आयो । यो विगत ३ महीनायताकै उच्च ह्रास हो । त्यसैगरी, भारतकै अर्को शेयर परिसूचक ‘निफ्टी’ गतसाताभरिमा ३ दशमलव ७ प्रतिशतले घटेर ४ हजार ९ सय ५ मा आयो ।