शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विज्ञान, व्यवस्थापन र प्रशासनमा दखल

सुशिल घिमिरे

सचिव,स्थाननीय बिकास मन्त्रालय


 


हरदम दिगो र प्रतिफलमूलक विकास योजना बुन्न तल्लीन घिमिरेले करीब एक दर्जन सरकारी कार्यालयको जिम्मेवारी सम्हालिसकेका छन्। यतिबेला उनी आफ्नो मन्त्रालयमार्फत पूर्वाधार विकासमा गरिएका लगानीबाट स्थानीय तथा राज्यले पाउनु पर्ने प्रतिफलबारे चिन्तन गरिरहेका छन्।




विभित्र खोलामा तुइनको सहारामा साना नानीहरू विद्यालय गएको, घाँसदाउरा गरेको तथा दैनिक जीवन चलाएको देखेका स्थानीय विकास मन्त्रालयका सचिव सुशील घिमिरेले महइभ्वपूर्ण काम नै तुइन विस्थापित गरी झोलुङ्गे पुल हाल्नु हो भत्रे ठहर गरे । पाँच महीना अघिमात्र सञ्चार मन्त्रालयबाट स्थानीय विकास मन्त्रालयमा आएका उनी देशभरका झण्डै ४ सय ५० ओटा तुइन हटाएर झोलुङ्गे पुल हाल्ने तयारीमा छन् । उनी भन्छन्, ‘यसका लागि अनुमानित २ अर्ब ८० करोड रुपैयाँ खर्च लाग्छ । ५ वर्षभित्र यो काम सम्पत्र गर्ने योजना बनाएका छौं ।’ यस कार्यका लागि राष्ट्रिय–अन्तरराष्ट्रिय सहयोग खोजिरहेको घिमिरे बताउँछन् । हरेक ३ घण्टाको दूरीमा झोलुङ्गे पुल हाल्ने मन्त्रालयले अवधारणा बनाएको पनि उनले जानकारी दिए । घिमिरे कर्मलाई पूजा ठान्छन् । जीवनको सार ‘इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुमा हुन्छ’ भत्रे उनको धारणा छ । २०१३ सालमा अर्घाखाँचीको पालीमा जन्मिएका उनी विज्ञानका विद्यार्थी थिए । तर, त्रिभुवन विश्वविद्यायमा एमएस्सी पढ्दापढ्दै लोक सेवा आयोग भिडे । त्यही लोकसेवाबाट शाखा अधिकृत बनेका उनी अहिले माथिल्लो प्रशासनिक पद सचिव भएका छन् । २०३९ सालमा राष्ट्रिय योजना आयोगबाट सरकारी जागीर थालेका उनले पढाइ सकेर प्राध्यापन गर्ने सोच बनाएका थिए । विज्ञान अध्ययन गरेका उनी हरेक कुराको वस्तुस्थिति परीक्षण र प्रयोगपछि मात्र बुझिने धारणा राख्छन् ।



हरदम दिगो र प्रतिफलमूलक विकास योजना बुत्र तल्लीन घिमिरेले करीब एक दर्जन सरकारी कार्यालयको जिम्मेवारी सम्हालिसकेका छन् । यतिबेला उनी आफ्नो मन्त्रालयमार्फत पूर्वाधार विकासमा गरिएका लगानीबाट स्थानीय तथा राज्यले पाउनुपर्ने प्रतिफलबारे चिन्तन गरिरहेका छन् । ‘अहिलेसम्म ३५ हजार किलोमिटर सडक बनिसकेको छ, हिउँदका केही महीनामात्रै सञ्चालनम आउने ती बाटोको स्तरोत्रति गरी यातायातलाई नियमित बनाउँदै छौं,’ उनी भन्छन्, ‘त्यसैले अबको केही समय पूर्वाधार विकासका नयाँ काम थाल्नुभन्दा पनि भएकालाई दिगो बनाउनतिर लाग्दै छौं ।’



सडक वरिपरि आय–आर्जनमूलक कार्यक्रम लागू गरी उत्पादकत्व बढाउन कृषि तथा पशुपालनको क्षेत्रमा लगानी गर्न लागिएको घिमिरे बताउँछन् । चालू आबदेखि नै गाविसमा जाने अनुदान रकमको १५ प्रतिशत रकम उक्त क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गरिएको उनले जानकारी दिए । त्यस्तै, सबै नगरपालिका र नगरोन्मुख शहरहमा कडाइका साथ ‘भवन निर्माण आचारसंहिता’ कार्यान्वनको पहल थालेका छन् । घिमिरेले राजधानीका सबै नगरपालिकामा ‘फोहोर व्यवस्थापन’को काम पनि शुरू गराएका छन् । स्वस्थ खानेपानी वितरण र खुला दिशामुक्त क्षेत्र घोषणालाई पनि तीव्रता दिएको उनी बताउँछन् । सन् २०१७ सम्ममा मुलुकलाई ‘खुला दिशामुक्त’ बनाइसक्ने उनले योजना बनाएका छन् ।



‘दिगो विकासका लागि राज्यले नागरिकलाई उत्प्रेरित गर्नुपर्छ’ भत्रे धारणा राख्ने उनले विधवा तथा वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता गाउँमै पाउने प्रणालीको थालनी पनि गराएका छन् । यसका साथै, ‘जन्मदर्ता’लाई अनलाइन प्रणालीमा लग्न लागिएको पनि उनी बताउँछन् । निजामती किताबखानामा महानिर्देशक भएर काम गरिसकेका घिमिरेले कर्मचारीको ‘व्यक्तिगत सूचनाप्रणाली’को थालनी गरेका हुन् । ‘किताबखानामा मेरो नौमहीने कार्यकालमा उक्त काम गर्न सकेकोमा निकै गर्व लाग्छ,’ उनी भन्छन् ।



‘टीमवर्क र कर्मचारीप्रतिको विश्वास’लाई सफलताको सूत्र मात्रे घिमिरे कर्मचारीबाट आफू कहिल्यै ‘ठगिनु’ नपरेको बताउँछन् । हाकिमको विश्वास पाएपछि कर्मचारी स्वतः जिम्मेवार बत्रे उनको विश्वास छ । कर्मचारीका समस्या सुत्रे र समाधानको बाटो पहिल्याउने, कामको मूल्याङ्कन गरी प्रोत्साहन गर्ने कला एउटा कुशल प्रशासक वा व्यवस्थापकमा हुनुपर्ने उनको ठम्याइ छ । पछिल्लो समय कर्मचारीहरुमा मौलाएको सुविधाभोगी प्रवृत्ति र अनुशासनहीनताले भने घिमिरेलाई निकै दुःखी बनाएको छ । ‘अहिले कर्मचारीमा उत्साह र इमानदारीमा कमी आएको छ । साथै, राजनीतिक अस्थिरता र टे«ड युनियन हस्तक्षेपका कारण काम गर्न पनि निकै अप्ठ्यारो छ,’ उनी भन्छन् । सरकारी सेवामा प्रवेश गरेपछि नै व्यक्तिगत प्रयत्नबाट संयुक्त राष्ट्रसङ्घको ‘शान्ति स्थापना’ कार्यक्रममार्फत पूर्वी टिमोरसम्म गएर काम गरेको अनुभव छ घिमिरेसँग । आन्तरिक राष्ट्रिय स्रोतको परिचालन गर्न सके विकासका लागि अरुसँग हात पसार्नु नपर्ने उनको ठहर छ ।



२८ देशको भ्रमण गरिसकेका उनी फुर्सदमा पुस्तक, पत्रपत्रिका पढ्नुका साथै गार्डेनिङ र घुमफिरमा रुचि राख्छन् । वातावरण, विकास, दर्शन र व्यवस्थापनसँग सम्बन्धित पुस्तक तथा जर्नलहरूमा उनको विशेष रुचि छ । बिदाको दिन सकेसम्म परिवारलाई समय दिन्छन् । तर, आआफ्नो क्षेत्रमा व्यस्त रहने परिवारका सदस्य सबै एकैचोटि भेट हुन भने हम्मे पर्छ । उनी भन्छन्, ‘प्राध्यापन पेशाकी श्रीमती, पाइलट छोरा, विदेशमा पढ्दै गरेकी छोरी र आफूबीच सँगै बसेर रमाइलो गर्न पनि कहिलेकाँही त निकै गाह्रो पर्छ ।’