शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Nov 21, 2011
  

नेपालमा पर्यटन र छिमेक


संस्मरण


अन्तरराष्ट्रिय रुपमा मार्केटिङ गर्न होटलको ब्राण्डिङ गर्नु पनि उत्तिकै जरुरी छ । ओवरोयले आप्mनो स्थापित ब्राण्डबाट होइन, नयाँ ब्राण्ड सृजना गरी बहुराष्ट्रिय होटलसँग साझेदारी गरिरहेको छ । उसले आफ्नो नयाँ ब्राण्ड ट्राइडेण्टलाई हिल्टनसँग जोडेको छ ।




प्रभाकरशमशेर जबरा



केही वर्षपहिले नेपाली पर्यटनले भोगेको खराब परिस्थितिमा निकै सुधार आइसकेको छ । अहिले काठमाडौं, पोखरा र चितवनजस्ता मुख्य पर्यटकीय गन्तव्यमा होटलहरूको औसत अक्युपेन्सी ७५ प्रतिशत पुगेको अनुमान गर्न सकिन्छ । अब होटलहरूले कोठा थप्नेबारेमा सोच्नुपर्छ । पछि कोठा कमी भएर भनेको समयमा कोठा सङ्ख्या पुर्याउन सकिएन भने अप्ठ्यारो स्थिति आउन सक्छ । मेरो अनुभवमा सिङ्गापुरबाहेक कसैले पनि यो कुराको सही व्यवस्थापन गर्न सकेको छैन । सिङ्गापुरको होटल व्यवसाय ‘फाइन ट्युनिङ’मा चलिरहेको छ ।

त्यहाँ केही ठूला होटलको अक्युपेन्सी ७०÷७२ प्रतिशत नपुग्दासम्म नयाँ होटल स्थापनाका लागि अनुमति नै दिइँदैन । अक्युपेन्सी त्यति पुगेपछि कति कोठा थप्नु आवश्यक छ त्यहीअनुसार अनुमति दिइन्छ । माग र आपूर्तिलाई यसरी व्यवस्थापन गर्दा मूल्यदर कहिल्यै पनि कम गर्नु पर्दैन । तर, नेपालमा त्यस्तो छैन । पर्यटकको चाप बढेमा मूल्य पनि बढ्दै जान्छ भने कुनै कारणले पर्यटनमा नकारात्मक असर परेमा वा पर्यटकको सङ्ख्या घटेमा होटलहरूको मूल्य पनि घट्दै जान्छ । तर, एकपटक मूल्य घटेपछि त्यसलाई तुरुन्तै बढाउन सकिँदैन । ७५ प्रतिशत अक्युपेन्सी भनेको निकै राम्रो हो ।

तर, हाम्रा छिमेकी मुलुकहरूको तुलनामा हाम्रा होटलहरूको शुल्क निकै सस्तो छ । अहिले तारे होटलहरूले प्रतिकोठा सरदर १ सय अमेरिकी डलर शुल्क लिइरहेका छन् । यो निकै सस्तोदर हो । भारतमा एउटा कोठाको ४ सय डलरसम्म पनि छ । नेपालका पाँच तारे होटलहरूको बाहिरका त्यस्तै होटलसँग तुलनै गर्न नमिल्ने भइसकेको छ । ३ वर्षपछि म यसै साल मुम्बई गएको थिएँ । आतङ्कवादी आक्रमणपछि ताजले आफुलाई कसरी व्यवस्थापन गरेको रहेछ म त्यो हेर्न चाहन्थेँ । भारतका कतिपय होटल सेवासुविधाका हिसाबले निकै उत्कृष्ट छन्, सम्भवतः ६ वा ७ तारे पनि होलान् । ताज होटल पुनः लयमा फर्किसकेको रहेछ । यसले एउटा कोठाको २६ हजार भारूसम्म शुल्क लिन्छ ।

हाम्रो पाँच तारे भनेको त अन्तरराष्ट्रियस्तरअनुसार साढे चार तारे होला शायद । भारतको लीलासमूहले नयाँ दिल्लीमा हालै स्थापना गरेको होटल र ताजसमूहको ताज प्यालेस बहुराष्ट्रिय होटल चेनहरूभन्दा कम छैनन् । लीलाको होटलमा आँफै बसेर मैले के अनुभव गरेँ भने त्यो रिट्ज्काल्र्टन वा फोर सिजन्सभन्दा कम छैन ।

अन्तरराष्ट्रिय रूपमा मार्केटिङ गर्न होटलको ब्राण्डिङ गर्नु पनि उत्तिकै जरुरी छ । ओवरोयले आफ्नो स्थापित ब्राण्डबाट होइन, नयाँ ब्राण्ड सृजना गरी बहुराष्ट्रिय होटलसँग साझेदारी गरिरहेको छ । उसले आफ्नो नयाँ ब्राण्ड ट्राइडेण्टलाई हिल्टनसँग जोडेको छ । आफ्नो मुख्य ब्राण्ड ओवरोयलाई अन्तरराष्ट्रिय ब्राण्डसँग जोड्न मन पराउँदैनन् उनीहरू । अन्तरराष्ट्रिय चेनको नामले आफ्नो ब्राण्डलाई असर पार्ने भएकाले त्यसो नगरेको उनीहरू बताउँछन् । भारतीय होटलहरूमा अर्को ब्राण्डिङ संस्कृति पनि देखिएको छ । ताजसमूहले ताज होटलबाहेकका होटललाई ताजको ब्राण्ड दिएको छैन । ती होटललाई ताजसमूहको सब्सिडियरी कम्पनीका रूपमा चलाइएको छ । यस्तै अवस्था लीला र ओवरोयको पनि छ ।

नेपालको हकमा भने अहिले होटलहरूले तत्कालै कोठा वा सुविधा थप्नेतर्फ ध्यान दिनु जरुरी छ । उनीहरूले आम्दानी थप्ने खालका कार्यक्रम ल्याउनुपर्छ । अहिले सोल्टीको त्यही नीति छ । हामीसँग लगभग ३ सय कोठा छन् । हामी सुविधा तथा कार्यक्रम थप्ने क्रममा छौं । गुणस्तरीय सेवाका लागि मानिसहरू राम्रो मूल्य तिर्न तयार हुन्छन् । अहिले होटलहरूलाई बढीभन्दा बढी कन्फ्रेन्स रूम चाहिएको छ । तर, अब ठूलो कन्फ्रेन्स हलमात्र होइन छ सातओटा साना कन्फ्रेन्स रूमहरू पनि चाहिएको छ । आयोजकको आवश्यकता अनुसारको सुविधा उपलब्ध गराउनु पर्छ ।

कुराकानीमा आधारित