शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Dec 06, 2011
  

सिस्नोको धूलोको माग बढ्दै

मङ्सिर १९, काठमाडौं (अस) । नेपालका भीरपाखामा जताजतै देखिने सिस्नोको धूलोको माग स्वदेशदेखि विदेशसम्म हुन थालेको छ । सिस्नोलाई धूलो बनाएर जापानलगायत देशमा निर्यात गर्न थालिएको जिरी उद्यमी कोसेली घरका कोषाध्यक्ष डीबी श्रेष्ठले जानकारी दिए । ‘सिस्नो जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड भन्ने उखान जस्तै भएको छ,’ श्रेष्ठले भने ।

सिस्नोमा विभिन्न आयुर्वेदिक गुण हुने भएकाले यसको विदेशमा माग हुन थालेको उनले बताए । यसको बहुउपयोगी गुणका कारण दोलखामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमले यसलाई प्रथमिकतामा पारेको श्रेष्ठको धारणा छ  । सिस्नोमा प्रोटिन, फ्याट, क्रुड फाइवर, कार्बोहाइटे«ड, इनर्जी, आइरन र क्याल्सियमजस्ता तइभ्व हुने व्यवसायीहरू बताउँछन् ।दोलखामा उत्पादित लेकाली अग्र्यानिक सिस्नो पाउडर विगत ३ वर्षदेखि जापान निर्यात हुँदै आएको छ । जिरी उद्यमी कोसेली घरले चैतदेखि जेठसम्म सिस्नोको सङ्कलन गर्ने र त्यसलाई प्याकिङ गरेर स्वदेशी तथा विदेशी बजारमा पु¥याउने काम गर्दै आएको श्रेष्ठ बताउँछन् । जापानमा हालसम्म २ सय केजी निर्यात भइसकेको श्रेष्ठ बताउँछन् । भारतका केही व्यापारीले यसमा चासो देखाएकाले छिट्टै निर्यात गर्ने तयारी भएको श्रेष्ठले जानकारी दिए । त्यसैगरी नेपाली बजारमा पनि यसको माग बढ्न थालेको छ । राजधानीमा गतहप्ता सम्पन्न नवौं हस्तकला व्यापार मेलामा सहभागी श्रेष्ठले ५० हजार रुपैयाँभन्दा बढीको सिस्नोको धूलोको व्यापार भएको जानकारी दिए । उनले प्रतिकेजी ५ सय रुपैयाँमा सिस्नोको धूलोको विक्री गरेका थिए । दोलखामा हाल सिस्नोको सङ्कलन तथा उत्पादनमा १ सय ५० व्यक्ति संलग्न रहेको उनले जानकारी दिए