शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Oct 30, 2011
  

‘सेकेन्ड हयान्ड मोबाइलबजार फस्टाउँदै

 

 

(रासस) । पछिल्लो समय बजारमा विभित्र मोडेलका सेकेण्ड ≈याण्ड मोबाइलको बजार फस्टाउँदै गएको छ (रासस) । पछिल्लो समय बजारमा विभित्र मोडेलका सेकेण्ड ≈याण्ड मोबाइलको बजार फस्टाउँदै गएको छ । बजार प्रतिस्पर्धासँगै मोबाइल कम्पनीहरूले सस्तो मूल्यमा विभित्र डिजाइन र फङ्सनका मोबाइल निकाल्ने र मोबाइल कित्रे क्रम बढेपछि सेकेण्ड ≈याण्ड मोबाइलको विक्री बढेको हो ।


विद्यार्थी, जग्गा दलाल, कर्मचारी तथा सर्वसाधारणसमेतले नयाँ मोबाइलका लागि पुरानो बेच्न थालेपछि सेकेण्ड ≈याण्ड मोबाइल पसल फस्टाएको व्यापारीहरू बताउँछन् । ‘प्रायः विद्यार्थी, जग्गा दलाल र कर्मचारीहरू मोबाइल बेच्न आउने गर्छन्,’ चक्रपथस्थित कृष्ण इलेक्ट्रोनिक्स विक्री तथा मर्मत केन्द्रका सञ्चालक, कृष्ण श्रेष्ठले भने, ‘पुरानो मोबाइल उचित मूल्यमा बेचेर नयाँ सेट पनि सस्तोमा नै पाइने भएकाले मोबाइल बेच्न आउनेको सङ्ख्या धेरै नै हुन्छ ।’ सामान्य वर्गका व्यक्तिहरूसँग नयाँनयाँ डिजाइनका मोबाइल प्रयोग गर्न पैसा नहुने हुनाले त्यस्ता वर्गका उपभोक्ताका लागि सेकेण्ड ≈याण्ड मोबाइल पसलले धेरै सहयोग गरेको श्रेष्ठ बताउँछन् ।


उनले मासिक ३०– ४० ओटासम्म सेकेण्ड ≈याण्ड मोबाइल सेट १ हजारदेखि ५ हजार रुपैयाँसम्ममा बेच्ने गरेको बताउँदै कतिपय पुराना मोबाइल सेटमा ५ वर्षसम्म वारेण्टी दिएर बेच्ने गरेको जानकारी दिए । न्यूरोडस्थित ओम मोबाइल सेण्टर (सेल्स एण्ड एक्सचेञ्ज) का धनेश्वरी मैनाली पनि पैसा कम भएका व्यक्तिहरू सस्तो मोबाइल सेट खोज्न आउने गरेको बताउँछन् । उनले मासिक ८० ओटासम्म सेकेण्ड ≈याण्ड मोबाइल सेट बेच्ने गरेका छन् ।


‘विद्यार्थी तथा अन्य वर्गका व्यक्तिहरूले मोबाइल बेच्न आउने गरेकाले खरीद गर्दा वारेण्टी कार्ड तथा किनेको बिल ल्याएमा मात्र लिने गरेका छौं,’ मैनाली भन्छन् । राजधानीको न्यूरोड, चाबहिल, बागबजार, चक्रपथलगायतका स्थानमा सेकेण्ड ≈याण्ड मोबाइल सेट बढी खरीदविक्री हुँदै आएको छ । सस्तो मूल्यमा राम्रो कम्पनीका स्तरीय सेटहरू छानीछानी कित्र पाएकाले आफू सेकेण्ड ≈याण्ड मोबाइल सेटतर्फ आकर्षित भएको गोंगबुनिवासी कविन अधिकारी बताउँछन् ।


आफ्नो मोबाइल पसलमा मोबाइल एक्सचेञ्ज (सट्टापट्टा) को समेत सुविधा भएकाले व्यापार राम्रो रहेको न्यूरोडस्थित सीटीभी मोबाइल सर्भिसका नारायण चाम्लेले जानकारी दिए । आफ्नो मोबाइल सेण्टरबाट मासिक २५० ओटासम्म पुराना सेट विक्री हुने गरेको उनले बताए । सेकेण्ड ≈याण्ड मोबाइलको बजार फस्टाउँदै गएकाले हाल राजधानीमा मात्र लगभग १ सयओटा पसल रहेको व्यापारीको भनाइ छ । हाल बजारमा नोकिया, सामसुङ, सोनी इरिक्सन, मोटोरोला, भोडा फोन, एलजीलगायत सेकेण्ड ≈याण्ड मोबाइल सेट पाइन्छ ।