शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Nov 17, 2011
  

ब्राण्डको मूल्य

प्रभाकरशमशेर जबरा
चेयरम्यान इमेरिट्स
सोल्टी होटल लि

व्यवस्थापनबाट ओबरोयले हात झिकेपछि मात्र सोल्टीमा ‘क्राउन प्लाजा’ भित्रिएको हो । क्राउन प्लाजा त साँच्चिकै अन्तरराष्ट्रियस्तरको ब्राण्ड हो । यो ‘सिक्स कण्टिनेण्ट्स’ होटल्सको ब्राण्ड हो । ‘सिक्स कण्टिनेण्ट्स’ पनि इण्टरकण्टिनेण्टल होटल ग्रूपअन्तर्गतको हो । इण्टरकण्टिनेण्टल, होलिडे इन, क्राउन प्लाजा आदि सात÷आठओटा ब्राण्ड यसरी आपसमा सम्बन्धित छन् । अष्ट्रेलियामा छुट्टै ‘मोटेल चेन’ छ । अहिले त ओबरोयको पनि ‘ट्राइडेण्ट’लगायत दुई÷तीन ब्राण्ड भइसकेका छन् । ≈यातको पनि रिजेन्सी, ग्र्याण्ड आदि ब्राण्ड छन् । होटल सञ्चालनमा चेनको आफ्नो विशेषता हुन्छ । चेनका मुख्य तीनओटा प्रक्रिया हुन्छन्, एउटा भाडामा लिने, अर्को सञ्चालन व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने र तेस्रो फ्रेञ्चाइजी मात्रै लिने ।

काठमाडौंको होटल ¥याडिशन फ्रेञ्चाइजी हो । ब्राण्डको पनि फरकफरक मूल्य हुन्छ । सोल्टीमा क्राउन प्लाजा आउँदा होलिडे इन आउने कुरा भएन । उनीहरूको शुरू तहको ब्राण्ड होलिडे इन हो, हामीसँग सहकार्य गरेको क्राउन प्लाजाचाहिँ मध्यमस्तरीय ब्राण्ड हो । अब हामीले हाम्रो क्षमता विस्तार ग¥यौं भने इण्टरकण्टिनेण्ट ब्राण्ड पनि हुन सक्छ । इण्टरकण्टिनेण्ट उनीहरूको सबैभन्दा माथिल्लो ब्राण्ड हो । अहिले ओबरोय, ताज आदि पाँचतारे मात्रै भए पनि यी सुप्रसिद्ध होटल ‘हिल्टन’भन्दा उपल्लोस्तरमा पुगिसकेका छन् । ओबरोय र ताजको स्थिति अहिले पाँचतारेभन्दा माथिल्लो ‘डिलक्स’जस्तो छ । अन्तरराष्ट्रिय प्रसिद्ध होटल ब्राण्डहरू ‘फोर सिजन्स’ र ‘रिज काल्टर्न’जस्तै माथि पुगेको छ ओबरोय र ताजको ब्राण्ड मूल्य । अहिले ओबरोयको कोठाको प्रतिदिनको औसत मूल्य नै ३ सय अमेरिकी डलरको हाराहारीमा छ । ओबरोयको दोस्रो ब्राण्ड ‘ट्राइडेण्ट’ नै पाँचतारेस्तरको छ ।

ओबरोयका सञ्चालक बिकीले के भन्थे भने, ‘नेपालको होटलको औसतदर सस्तो छ । त्यो दरमा पाँचतारे होटल सञ्चालन हुनै सक्दैन । हुन पनि हो, लगानीअनुसारको प्रतिफल त हुनै प¥यो नि । नत्र, कसरी लगानी गर्ने ? जुन होटलले सेवा, सुविधा, खाना तथा पेयको गुणस्तर आदिमा उच्चता कायम गर्छ, त्यसपछि मात्र त्यो होटेल पाँचतारेको वर्गीकरणमा पर्छ । पहिला त हामी पनि ओबरोय ब्राण्डअन्तर्गत थियौं । ब्राण्डको मुख्य कुरा नै मूल्य हो । ब्राण्डमा मूल्य भएन भने त्यो ब्राण्डले उल्टो असर पु¥याउँछ । ताजले विभिन्न ब्राण्डमा होटलहरू चलाइरहेको छ । मुम्बईमा मात्रै ताजका दुईओटा होटल छन् । जयपुरको रामवाग र उदयपुरको लेक प्यालेस उच्चश्रेणीका ब्राण्ड हुन् ।

ताजको कतिपय होटलको मूल्य त अहिले पनि प्रतिदिन ६ सय अमेरिकी डलर छ । हामीकहाँ फूड एण्ड बेभरेज म्यानेजरका रूपमा काम गरेका शरद उपाध्याय अहिले भारतको गुडगाँवको क्राउन प्लाजामा छन् । उनी भन्छन्, ‘उनीहरूको लगानीको रिटर्न ३ वर्षमा नै हुन्छ रे ।’ ताज र ओबरोयको कतिपय होटलको त प्रतिरात औसत १० देखि २२ हजार भारू छ । यस्तो रेट आए मात्रै होटलहरूले क्षमता विस्तार गर्न सक्छन् । नेपालमा क्षमता विस्तार गर्ने र सुविधा थप्ने हो भने यस्तै रेट आउनुपर्छ । यहाँ त प्रतिदिन ६० डलरमा कोठा दिनुपर्ने स्थिति छ । हुनत शुरूमा यहाँ पनि १ सय ६० डलर तिरेर प्रतिरात बस्ने समूहहरू प्रशस्तै आउँथे । अमेरिकनको त गू्रपलिडर नै यहाँ ४ महीनासम्म बस्थ्यो । त्यो बेला प्रतिदिन १ सय ६० डलर भएको होटलको रेट अहिले ज्यादै घटेर गएको छ । (कुराकानीमा आधारित