शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

रु ३ करोड ५०लाखमाथिका अपार्टमेण्ट
असार ७, काठमाडौं (अस)। गोल्यान समूहको वेस्टार प्रपर्टिज प्रालिले नयाँ अपार्टमेण्ट 'वेस्टार स्काइलिभिङ’को निर्माण शुरू गरेको छ । प्रालिले मङ्गलवार राजधानीको सोल्टी होटलमा एक कार्यक्रममाझ स्काइलिभिङ निर्माण शुरू भएको घोषणा गरेको हो । प्रालिका अध्यक्ष पवन गोल्यानले यो अर्पाटमेण्ट उच्चवर्गीयलाई लक्षित गरी निर्माण शुरू गरेको बताए । 'राम्रो घर बनाएर बस्नेलाई पनि विद्युत्, पानी र सुरक्षाको व्यवस्था छैन, त्यसैले स्काइलिभिङमा यी सबै कुराको पूर्ण व्यवस्था रहने गरी निर्माण थालेका हौं,’ गोल्यानले भने । उक्त अपार्टमेण्ट  हालसम्मकै सुविधासम्पन्न हुने गोल्यानले दाबी गरे । यसको डिजाइन प्रसिद्ध भारतीय आर्किटेक्ट हाफिज कण्ट्रयाक्टरले गरेका हुन् । उनले भारतको डीएलएफलगायत ठूला-ठूला निर्माण परियोजनाहरूको डिजाइन गरिसकेका छन् । यसबाहेक हाफिजले दुबई तथा दक्षिण एशियाका विभिन्न मुलुकका अपार्टमेण्ट डिजाइन गरेका छन् । नेपालमा वेस्टार स्काइलिभिङ उनको पहिलो परियोजना हो । कार्यक्रममा उपस्थित कण्ट्रयाक्टरले नेपालमा गोल्यान ग्रूपसँग कार्य गर्न पाउँदा खुशी भएको बताए । अपार्टमेण्ट सन् २०१२ डिसेम्बरसम्ममा हस्तान्तरण गरिसक्ने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमङ्गशमशेर जङ्गबहादुर राणाले बताए ।

स्काइलिभिङ काठमाडौंको सोल्टीमोडस्थित ग्य्राण्ड होटलअगाडिको सात रोपनी १० आना क्षेत्रफलमा निर्माण हुन लागेको हो । दुईओटा टावरको निर्माण हुने स्काइलिभिङमा ३९ अपार्टमेण्ट रहनेछन् । यसमध्ये पहिलो टावरको क्षेत्रफल ४ हजार ४ सय वर्गफिट र दोस्रोको ३ हजार वर्गफिट रहने कम्पनीले जानकारी दिएको हो । स्काइलिभिङको टावर एकको हरेक तलामा एउटा र टावर दुईमा दुईओटा अपार्टमेण्ट रहनेछन् । स्काइलिभिङमा दुईओटा लिफ्ट निर्माण हुनेछन् ।

यसबाहेक कम्पनीले अपार्टमेण्टमा अक्सिजन रूमको समेत व्यवस्था गर्ने भएको छ । आवश्यकताअनुसार अपार्टमेण्टका प्रयोगकर्ताले अक्सिजन रूमको उपभोग गर्न सक्नेछन् ।

अपार्टमेण्टले पर्याप्त मात्रामा खुला ठाउँ दिने भएको छ । परिसरमा ७२ देखि ७५ प्रतिशत भाग खुला रहने कम्पनीले जानकारी दिएको छ । स्काइलिभिङमा अण्डरग्राउण्ड पार्किङको सुविधा रहनेछ, जसमा हरेक अपार्टमेण्टका दुईओटा कार राख्न सकिन्छ । यसबाहेक आवश्यकताअनुसार अर्को एउटा कारसमेत थप्न सकिने कम्पनीले बताएको छ । अपार्टमेण्टमा प्रयोग हुने टायल तथा अन्य फिटिङ्सका सामग्री विश्वबजारमा नाम चलेको हुनेछन् । स्काइलिभिङमा प्रयोग हुने टायल पहिलाका प्ररियोजनाहरूमा प्रयोग भएकाभन्दा पनि अझै राम्रो डिजाइनका हुने कम्पनीको दाबी छ ।

अपार्टमेण्टमा सुपर लक्जरी होम थिएटर, स्टीम साउना तथा अक्सिजन रूम, पुलसाइड क्याफे, पार्टी प्यालेस, स्वीमिङ पुल, हरेक अपार्टमेण्टमा एसी, पावर ब्याकअप, डाक्टर क्लिनिक, जगिङ ट्रयाकलगायत विभिन्न सुविधा उपलब्ध हुनेछन् । स्काइलिभिङका प्रत्येक अपार्टमेण्टको मूल्य ३ करोड ५० लाख रुपैयाँदेखि माथि रहनेछ । वेस्टार रेसिडेन्सीको सफलतापछि स्काइलिभिङ शुरू गरिएको कम्पनीले जानकारी दिएको छ ।

बेष्ट च्वाइसको सेवा खाडीबाट
असार ७, पर्वत (अस) । दक्षिण कोरियामा ६ वर्षदेखि सञ्चालित बेष्ट च्वाइस नेपाल मनी ट्रान्सफर प्रालिले अब खाडी मुलुकमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । खाडी क्षेत्र नेपाली युवाको रोजगारीको प्रमुख आकर्षण भएकाले कम्पनीले सेवा विस्तार गर्न लागेको हो । खाडी मुलुकका कतार र दुबईबाट ४ महीनाभित्र कारोबार शुरू गर्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै जान थालेकाले खाडीमा रहेका नेपालीको विप्रेषण (रेमिटयान्स) मुलुक भित्र्याउन सजिलो पार्ने उद्देश्यले कम्पनीले खाडी मुलुकमा सेवा विस्तार गर्न थालेको बेष्ट च्वाइस कार्यकारी अध्यक्ष रुद्र शर्माले जानकारी दिए । गैह्र आवासीय नेपाली सङ्घ (एनआरएन)का एशिया प्यासिफिकका सहसंयोजकसमेत रहेका शर्माले कतार र दुबईका प्रतिष्ठित व्यावसायीहरू र एनआरएनहरूको साझेदारीमा खाडीबाट पनि सेवा दिन थालिएको बताए । 'कम्पनीलाई एउटा प्रमुख रेमिटयान्स भित्र्याउने कम्पनी बनाउने उद्देश्यसहित सेवा विस्तार गर्न थालेका हौं,' पुख्र्यौली घर पर्वतको पकुवा आएका शर्माले भने ।

सिन्धुलीमा सहकारी  बैङ्कको शाखा
निर्धन र विपन्न वर्गका लागि लक्षित गर्दै जिल्लामै पहिलोपटक सहकारी बैङ्कको शाखा स्थापना हुने भएको छ । सहकारीको माध्ययमबाट निक्षेप तथा कर्जा लगानीमा सर्वसाधारणको पहुँच पुर्याउने उद्देश्यले जिल्लामा सहकारी बैङ्कको शाखा कार्यालय स्थापना गर्न लागिएको जिल्ला सहकारी सङ्घ, सिन्धुलीले जनाएको छ । जिल्लामा सहकारी बैङकको शाखा स्थापनाका लागि विभिन्न ५० सहकारी संस्थाहरूले सहकारी बैङ्क केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन गरेका छन् । असार मसान्तभित्रै सहकारी बैङ्कको स्थापना गर्ने तयारी भइरहेको जिल्ला सहकारी सङ्घले बताएको छ ।

बैङ्कको शाखा स्थापनाका लागि कम्तीमा १ सय सहकारीहरूले शेयर खरीद गर्नुपर्ने हुन्छ । यसैअनुसार जिल्लाका ५० सहकारीले १० हजार ५० मूल्यका ५० कित्ता शेयर खरीद गर्ने प्रस्तावसहित बैङ्कको केन्द्रीय कार्यालयमा निवेदन पठाइसकिएको जिल्ला सहकारी सङ्घका अध्यक्ष कृष्णराज केसीले जानकारी दिए ।

दक्षिण अफ्रिकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
नेपालका लागि दक्षिण अप्रिmकाका राजदूत जोफी डाइजले त्यहाँका अवैतनिक वाणिज्य दूत प्रदीपकुमार श्रेष्ठसँग भेटघाट गरेका छन् । भेटघाटका अवसरमा उनीहरूबीच दुई पक्षीय व्यापारलाई बलियो बनाउने सम्बन्धमा छलफल भएको छ । उक्त अवसरमा वाणिज्य दूत श्रेष्ठले नेपाल पर्यटन वर्ष२०११ र नेपालमा पर्यटनको सम्भावनाको बारेमा अवगत गरएका थिए । यसअघि राजदूत डाइजाले राष्ट्रपति डा. रामवरण यादव समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत डाइजले सोमवार राष्ट्रपति निवास पुगी ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।

मनकामनाद्वारा वेष्र्टन  युनियनको सेवा शुरू
मनकामना डेभलपमेण्ट बैङ्कले रेमिटयान्स सेवा शुरू गरेको छ । बैङ्कले अन्नपूर्ण ट्राभल्स एण्ड टुसको सहकार्यमा वेष्र्टन युनियन सेवा शुरू गरेको हो । सेवा स्थापनासँगै विश्वका २ सयभन्दा बढी देशबाट वेष्र्टन युनियनमार्फत पठाइएको रकम मनकामना डेभलपमेण्ट बैङ्कका सम्पूर्ण शाखाबाट भुक्तानी गर्न सकिने बताइएको छ । हाल बैङ्कका १३ शाखा सञ्चालनमा छन् । यसका साथै बैङ्कले आफ्नै रेमिटयान्स सफ्टवेयर मनकामना अनलाइनमार्फत दुबई र अष्ट्रेलियाबाट रेमिटयान्सको सेवा शुरू गरिसकेको छ ।

सिध्दार्थमार्फत आईएमटीको रेमिटयान्स सेवा
सिध्दार्थ डेभलपमेण्ट बैङ्क लिमिटेड र इन्सेण्टिभ मनी ट्रान्सफर प्रालिबीच मलेसियाबाट नेपालमा आउने रेमिटयान्ससम्बन्धी कारोबार गर्न सम्झौता भएको छ । यो सम्झौतापछि इन्सेण्टिभमार्फत नेपाल भित्रने रकमका सिध्दार्थ बैङ्कका सम्पूर्ण शाखाबाट भुक्तानी गर्न सकिने भएको छ । त्यस्तै, बैङ्कले सञ्चालन गरेको एसडीबीएल ट्रष्ट रेमिटका नेपालमा रहेका ६ सयभन्दा बढी एजेण्टबाट पनि उक्त रकम भुक्तानी गर्न सकिने बताइएको छ ।

12Next »Last »