बेनक्यू ब्राण्डका नयाँ उत्पादन नेपालमा
जेठ ८, काठमाडौं (अस)। बेनक्यू ब्राण्डका नयाँ प्रविधियुक्त उत्पादन नेपाली बजारमा भित्रिएका छन् । बेनक्यू ब्राण्डका नयाँ उत्पादन आइडि्रम प्रोफेशनल्स प्रालिले भर्खरमात्र नेपाली बजारमा ल्याएको हो । नयाँ उत्पादनका सामान बजारमा पाइने अन्य उत्पादनभन्दा मनोरञ्जनात्मक, सरल र गुणस्तरीय रहेको कम्पनीले बताएको छ । बेनक्यूका ती उत्पादनमा नोटबूक, नेटबूक, इण्टरनेट टयाब्लेट र एक्सर्टनल स्टोरेज रहेका छन् । आर १०० इण्टरनेट टयाबलेट पीसी, जोयबूक लाइट यू १०५ नेटबूक, जोयबूक लाइट यू १२६ नेटबूक, जोयबूक लाइट यू एस ३५ नोटबूक, एक्सर्टनल स्लीम डीभीडी-आरडब्ल्यू र एक्सर्टनल स्लीम डीभीडी-आरओएम बेनक्यूका फरकफरक उत्पादन हुन् । कम्पनीका अनुसार यस ब्राण्डका उत्पादनमा विद्यालय र कलेजका विद्यार्थीलाई विशेष छूट दिइएको छ ।
आर १०० इण्टरनेट टयाबलेट पीसीमा ३२ जीबीको मेमोरी कार्ड राख्न सकिन्छ । यसमा ५ सय १२ एमबी बेस मेमोरी र ८ जीबी मेमोरी कार्ड उपलब्ध छ । इण्टरनेट टयाबलेट स्क्रीन टचबाट प्रयोग गर्न सकिन्छ । यसमा १०२४ह६०० पिक्सल रेजोलुशनको क्यामेरा छ भने वाइफाई, मिनी यूएसबी, मिनी एचडीएमआई, कार्ड रिडर, वेबक्याम, जी सेन्सर, ब्लूटूथ २ दशमलव १, इर्ण्र्टनल स्पिकर र थ्रिजीजस्ता सुविधा राखिएको छ । यसको तौल ७ सय २० ग्राम रहेको छ । यसमा गीतका लागि एमपीथ्री, डब्ल्यूएमए र एएसी तथा भिडियोका लागि थ्री जीबी मेमोरी कार्ड, एमपी फोर र एभीआई रहेका छन् । यीबाहेक इण्टरनेट टयाबलेटमा फोटो फरम्याट ,ई-बूक फरम्याट र नेपाली भाषाको सुविधा रहेको छ । यसको मूल्य भ्याटसहित रू. ४४ हजार पर्छ । जोयबूक लाइट यू १०५ नेटबूकमा १ जीबी डीडीआरआईआई र्याम र १ सय ६० जीबी एसएटीए एचडीडी रहेको छ । यसमा वाइफाई, १ दशमलव ३ मेगापिक्सल भएको वेबक्याम र इथर्नेट पोर्ट पनि रहेको छ । नेटबूकको तौल ब्याट्रीसहित १ दशमलव १ किलोग्रामको रहेको छ । ६ ओटा ब्याट्रीले ६ घण्टाभन्दा बढी समयसम्म काम गर्न सकिन्छ । नेटबूकको मूल्य रू. २७ हजार रहेको छ । यो बजारमा रातो रङ्गमा मात्रै उपलब्ध छ ।
जोयबूक लाइट यू १२६ नेटबूकमा यू१०५ नेटबूकभन्दा केही थप सुविधा पनि उपलब्ध छन् । जसअनुसार ३ यूएसबी २ दशमलव शून्य पोर्ट र १ सय प्रतिशत पूर्ण आकारको की बोर्ड रहेको छ । सेतो रङ्गमा उपलब्ध यो नेटबूकको मूल्य ३४ हजार रहेको छ । दुवै नेटबूकमा १ वर्षको वारेण्टी दिइएको छ । जोयबूक लाइट यूएस ३५ नोटबूकलाई थोरै भोल्टमा चलाउन सकिने गरी बनाइएको छ । २ जीबी डीडीआरआईआईआई-१०६६ एमएचजेड र्याम रहेको यस नेटबूकमा १ दशमलव ३ मेगापिक्सल वेबक्याम, वाइफाई, ब्लूटूथ, एचडी क्वालिटी डिस्प्ले, एचडीएमआई,ईएसएटीए पोर्ट, ३ यूएसबी २ दशमलव शून्य पोर्ट, फोर इन वान कार्ड रिडर र एसआरएस सराउण्ड सिष्टमसमेत रहेको छ । यो नोटबूकलाई ८ ओटा ब्याट्रीको सहायताले ११ घण्टासम्म प्रयोगमा ल्याउन सकिन्छ । यसको तौल ब्याट्रीसहित १ दशमलव ८ किलोग्राम रहेको छ । बजारमा यसको मूल्य रु. ४२ हजार ४ सय ७७ रहेको कम्पनीले जानकारी दिएको छ । यो नोटबूकलाई नेटबूकलाई झैं १ वर्षवारेण्टी दिइएको छ । एक्सर्टनल स्लीम डीभीडी-आरडब्ल्यू तथा एक्सर्टनल स्लीम डीभीडी आरओएम पातला र छरिता छन् । डीभीडी-आरडब्ल्यूको मूल्य रू. ५ हजार छ भने डीभीडी-आरओएमको मूल्य रू. ३ हजार ५ सय रहेको छ । कम्पनीका अनुसार यी सामग्री खरीद गर्न नबिल बैङ्कको क्रेडिट कार्डसमेत प्रयोग गर्न सकिन्छ ।
हङकङको ब्राण्ड : बेसम्यान
जेठ ८, काठमाडौं (अस)। अन्तरराष्ट्रिय ब्राण्डका रूपमा परिचित 'बेसम्यान'को तेस्रो शोरूम दरबारमार्गमा आगामी असारबाट खुल्ने भएको छ । नयाँ शोरूम राजधानीको दरबारमार्गमा खोल्न लागेको बेसम्यान पसलका प्रबन्धक सुदीप श्रेष्ठले बताए । श्रेष्ठकै प्रबन्धनमा २ वर्षदेखि विशालबजारमा र खिचापोखरीस्थित पिपुल्स प्लाजामा बेसम्यानका शोरूम सञ्चालनमा आइसकेका छन् । बेसम्यानका रेडिमेड सुट, ब्लेजर, बेल्ट, जुत्ता (पार्टीवेयर र क्याजुअल), चप्पल, ब्याग, शर्ट नेपालमा १५ वर्षदेखि विक्रीवितरण हुँदै आएका छन् । तर, शोरूमै खोलेर आधिकारिक रूपमा विक्रीवितरण थालिएको भने २ वर्षमात्र भएको प्रबन्धक श्रेष्ठले जानकारी दिए । बेसम्यानका उत्पादनहरू जुत्ता, बेल्ट, चप्पल, ब्याग र वालेट शुद्ध छालाबाट निर्मित र कम्पनीले तोकेको मूल्यमै उपलब्ध हुने पनि श्रेष्ठले बताए । हङकङमा उत्पादन हुने बेसम्यानका सामान अहिले उपत्यकाका दुई स्थानमा किन्न पाइन्छ । न्यूरोड विशालबजारको दोस्रो तलामा रहेको पसल नम्बर २ सय १२ र खिचापोखरीस्थित पिपुल्स प्लाजाको पसल नम्बर १ सय ६ मा बेसम्यान ब्राण्डका सामान उपलब्ध छन् । बेसम्यानका सामान विशेषगरी विवाह तथा कुनै पनि उत्सवका अवसरमा विक्री बढी हुने गरको प्रबन्धक श्रेष्ठले जानकारी दिए । कार्यालय प्रयोजनका लागि पनि मानिसले बेसम्यानका सुट किन्ने गरेका छन् ।
नेपालमा बेसम्यानका नियमित ग्राहक करीब ३० हजार रहेको प्रबन्धक श्रेष्ठको अनुमान छ । 'उनीहरूले हाम्रै शोरूमबाट सामान किन्छन्,’ उनले भने । यो क्रम वर्षेनि बढ्दो रहेकाले नयाँ शोरूम स्थापना गर्दै जाने योजना बनाएको उनले जानकारी दिए । नेपालमा उपलब्धमध्ये बेसम्यान ब्राण्डको सुट सबैभन्दा महँगो छ, जसको मूल्य रू. १० हजार ५ सय छ । त्यसैगरी रू. ९ हजार ५ सयमा पाइने सुट पनि उपलब्ध छ । सबैभन्दा सस्तो मूल्यमा उपलब्ध सामान भने बेल्ट हो । यसको मूल्य रू. १ हजार १ सय ५० र रू. १ हजार २ सय ५० रहेको छ । बेसम्यानका जुत्ता कम्पनी मूल्यअनुसार रू. ३५ सय ५० रुपैयाँ र ४ हजार ५ सय ५० मा पाइन्छन् । बेसम्यानले अहिले शर्ट र वालेट २० प्रतिशत छूटमा विक्री गरिरहेको श्रेष्ठले बताए । यहाँ उपलब्ध शर्टको मूल्य रू. १ हजार ५ सय रुपैयाँ र वालेटको मूल्य रू. १ हजार ४ सय ५० र रू. १ हजार ९ सयसम्म छ । त्यसैगरी गोदाममा बाँकी रहेका सामान विक्री गरिसक्न (स्टक क्लियरेन्स) २० प्रतिशत छूट दिइरहेको श्रेष्ठले जानकारी दिए । 'हङकङबाट नयाँ उत्पादित सामान काठमाडौं आइसकेकाले स्टक सामान सकाउन छूट दिइएको हो,’ उनले भने । छूटको अवसरबाहेक अन्य समयमा बेसम्यानमा 'फिक्स्ड प्राइस’ हुने गर्छ ।