सुनको मूल्य एकै दिनमा १ हजार ६ सयले घट्यो
मङ्सिर २९, काठमाडौं (अस) । आन्तरिक बजारमा बुधवार एकै दिन सुन प्रतितोला रू. १ हजार ५ सय ९७ ले घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्न थालेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो । बुधवार प्रतितोला रू. ५४ हजार ४ सय ४७ रहेको सुनको मूल्य बिहीवार घटेर रू. ५२ हजार ८ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जानकारी दिएको छ । बाय बजारमा बुधवारको तुलनामा प्रतिऔंस सुनमा ५६ डलरले मूल्य घटेकाले नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो । अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढेका कारण सुनको मूल्य घट्न नसकेको सङ्घका अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ ।