शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 26, 2012
  

सुनको बुलिश गति कायमै


सुनले लगातार तेस्रो हप्ता पनि बुलिश ¥यालीलाई निरन्तरता दिएको छ । गत साता अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य करीब २ दशमलव शून्य ४ प्रतिशत र चाँदीको ७ दशमलव ३० प्रतिशत बढ्यो । गत साता यूरोपियन वैङ्कहरूले अमेरिकी डलरको रिर्जब गर्नेक्रम बढेपछि सुनको मूल्य बढेको हो । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैङ्कले सन् २०१३ मा विश्वव्यापी अर्थतन्त्रमा वृद्धि आउने भविष्यवाणी गरेका छन् ।

आईएमएफले सन् २०१३ मा विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) दर ४ प्रतिशत पुग्ने पूर्वानुमान गरेको छ । सन् २०१२ को जीडीपी दर ३ दशमलव ३ प्रतिशत रहने अनुमान छ । गत साता शुरूको दिनदेखि नै बुलिश भएको सुनको मूल्य बिहीवार करीब २० डलर घट्यो । अर्का साता अमेरिकामा चौथो चौमासिक आर्थिक प्रतिवेदन सार्वजनिक हुँन्छ । अधिकाशं सुनसम्बन्धी कम्पनीका प्रतिवेदन धेरै राम्रो आउने सङ्केत देखिन्छ । गत साता प्रकाशित अमेरिकी तथ्याङ्कहरूमा बेरोजगारी दर तथा नयाँ घरहरूको विक्रीसम्बन्धी रिपोर्ट सकरात्मक देखिएको छ । अमेरिकी अर्थतन्त्रमा सुधारका यस्ता धेरै सङ्केतहरू देखिए पनि अमेरिकी ब्याजदरमा कुनै परिर्वतन आएको छैन । ब्याजदरमा परिवर्तन नआएकाले सुनको मूल्य अपेक्षित रूपमा घट्न नसकेको हो ।

एशियमा सुनको माग पुनः बढेको देखिन्छ । विगत केही सातायता अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ बलियो बन्दै गएपछि सुनको माग बढेको हो । जनवरी २३ मा चीनको नयाँ वर्ष परेका कारणले पनि एशिया र खासगरी चीनमा सुनको आयात बढ्ने देखिन्छ । गत साता अमेरिकामा मार्टिन लुथर किङ डे परेकाले सोमवार वस्तुबजारमा ठूलो उतारचढाव देखियो । यो साता ब्रिटेनका आर्थिक प्रतिवेदन, पहिलो त्रैमासको कुल गार्हस्थ्यसम्बन्धी प्रतिवेदन, अमेरिकी ब्याजदर र घरजग्गा व्यवसायसम्बन्धी प्रतिवेदनलगायतले देखाएको आर्थिक स्थितिलाई हेर्दा यो समयमा सुन मा लगानी गर्नु उचित देखिन्छ । अहिले सुनमा कारोबार गर्दा १ हजार ६ सय ४० अमेरिकी डलर प्रतिऔंस मा खरीद गरी १ हजार ६ सय ९० डलर प्रतिआंैस मा नाफा सुरक्षित गर्दा १ हजार ६ सय ५ अमेरिकी डलर प्रतिऔंस को सतहमा स्टप राखी कारोबार गर्नु उचित मानिन्छ ।

कच्चा तेलः

गत साता तेलको मूल्य शून्य दशमलव २४ प्रतिशत घट्यो । सो साता तेलको मूल्यमा ५ डलरको उतारचढाव देखियो । तेलको मूल्यमा यो साता थप घट्ने सङ्केत देखिएको छ । यूरोजोनले इम्ब्यारो एग्रिमेण्ट इरानसँग गरेको छ । तथापि यसको कार्यन्वयन हुन करीब ६ महीना लाग्नेछ । तसर्थ यूरोपियन राष्ट्रहरू ग्रीस, इटली र स्पेनले वैकल्पिक माध्यामबाट तेलको आयात गर्ने देखिन्छ । यूरोपियन कमिशनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यी तीन राष्ट्रले गतवर्षमात्र आफनो आवश्यकताको करीब ६८ दशमलव ५ प्रतिशत तेल इरानबाट आयात गरेका थिए । गत साता शुरूका तीन दिन तेलको मूल्य लगातार बुलिश भए तापनि अन्तिम दिन घटेको थियो । साप्ताहिक रूपमा करीब शून्य दशमलव २४ प्रतिशतले ओरालो लागेको कच्चातेलमा आगामी महीना पनि ठूलो उतारचढाव आउने देखिन्छ । सन् २०१२ मा कच्चा तेलको मूल्य औसत १ सय अमेरिकी डलर प्रतिब्यारेल हुने अनुमान विभिन्न ऊर्जासम्बन्धी एजेन्सीहरूले गरिरहेका छन् । सन् २०१२ मा तेलको माग १ दशमलव २७ एमएमबी अर्थात् १ दशमलव ४४ प्रतिशतले बढेर ८९ दशमलव ३८ एमएमबी हुने अनुमान गरिएको छ । यसको अर्थ सन् २०१२ मा तेलको मूल्यमा धेरै वृद्धि नदेखिए पनि सन् २०१३ मा धेरै वृद्धि हुने अनुमान गर्न सकिन्छ । गत बिहीवार अमेरिकी शेयर बजार ओरालो लागेसँगै कच्चा तेलको मूल्य केही घटेको थियो । शुक्रवार प्रकाशित यूरोपियन, क्यानेडियन र अमेरिकी बृहत् आर्थिक विश्लेषण नकरात्मक आएपछि तेलको मूल्य घटेको थियो । आगामी हप्ता चीनको प्रभाव कच्चा तले मा पनि पर्ने देिखन्छ । तसर्थ तेललाई १ सय १ दशमलव ५ डलर प्रतिब्यारेलभन्दा माथि विक्री गरी ९४ डलर प्रतिब्यारेल नाफा सुरक्षित गर्दा १ सय ३ डलर प्रतिब्यारेलमा स्टप राख्नु उपयुक्त देखिन्छ ।