सुन प्रतितोला रू. २ सय बढ्या
पुस २१, काठमाडौं (अस) । बिहीवार सुनको मूल्य प्रतितोला रू. २ सय बढ्यो । आन्तरिक बजारमा बुधवार सुन प्रतितोला रू. ५२ हजार ९ सयमा कारोबार भएकोमा बिहीवार बढेर रू. ५३ हजार १ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जानकारी दिएको छ । बिहीवार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ अमेरिकी डलर बढेपछि त्यसको प्रभाव आन्तरिक बजारमा पनि परेको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । बुधवार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ५ सय ९८ अमेरिकी डलरमा कारोबार भएको थियो । तर, बिहीवार बढेर १ हजार ६ सय १६ डलर पुगेको छ । बुधवारको तुलनामा बिहीवार चाँदीको मूल्य प्रतितोला रू. ५ बढ्यो । बुधवार चाँदी प्रतितोला रू. १ हजार १५ मा कारोबार भएकोमा बिहीवार बढेर रू. १ हजार १ हजार २० पुगेको सङ्घले जानकारी दिएको छ । अन्तरराष्ट्रिय बजारमा बुधवार प्रतिऔंस चाँदीको मूल्य २९ दशमलव २० डलर रहेकोमा बिहीवार बढेर २९ दशमलव ३५ पुगेको छ ।