शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अभावले बढायो सुनको मूल्य

 

पुस २७, काठमाडौं (अस)। नेपाली बजारमा उपभोक्ताको मागअनुसार सुन नहुँदा बुधवार प्रतितोला रू. ५ सय बढेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले बताएको छ । ‘सुन किन्न आएकामध्ये करीब ९० प्रतिशत ग्राहक रित्तै फर्किए,’ सङ्घका अध्यक्ष तेजरत्न शाक्यले भने । अभावकै कारण बुधवार अन्तरराष्ट्रिय बजारभन्दा रू. ५ सयले सुन महँगिएको उनको भनाइ छ । सो दिन रू. ५३ हजार २ सयमा सुनको कारोबार भएको सङ्घले जानकारी दिएका छ । मङ्गलवारको तुलनामा यो रू.२ सयले बढी हो । चाँदीको मूल्य पनि रू.१२ ले बढेर रू. १ हजार १५ पुगेको थियो ।