शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 21, 2012
  

तीन दिनदेखि सुनको मूल्य स्थिर

माघ ६, काठमाडौं । स्थानीय बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर छ । बैङ्कहरूले अन्तरराष्ट्रिय बजारको मूल्य मिलान नगरिदनाले सुनको मूल्यमा परिवर्तन हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । स्थानीय बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला रू. ५३ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ५२ हजार ६ सय ९० कायम रहेको उनले जानकारी दिए । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार १ सय १५ छ ।‘बैङ्कले अन्तरराष्ट्रिय बजारको मूल्यअनुसार सुनको मूल्य मिलान गरिदिएको भए मूल्यमा करीब १ हजारले कमी हुन सक्थ्यो’, अध्यक्ष शाक्यले जानकारी दिए ।