कम्पनी साधारणसभा
- मेट्रो डेभलपमेन्ट बैङ्कको दोस्रो वार्षिक साधारण सभा, कार्त्तिक १९, बिहान ८:३० बजे, होटल फोवा प्रिन्स प्रा.लि. पोखरा । (2011-10-14)
नगद लाभाङ्श/ बोनस शेयर
- नेपाल आवास फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । (2011-10-18)
- एनआईसी बैङ्कले आव ०६७/०६८ को नाफाबाट २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।(2011-10-14)
- नेपाल एसबीआई बैङ्कले आव ०६७/०६८ को नाफाबाट १२ दशमलव ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ । (2011-10-14)
- शिखर फाइनान्सको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले ३ लाख ७५ हजार कित्ता बोनस शेयर र रू.१९ लाख ७३ हजार ६ सय ८४ दशमलव २१ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । (2011-10-13)
- युनाइटेड फाइनान्सको असोज १३ गते सम्पन्न ११८ औं सञ्चालक समितिको बैठकले १३ दशमलव १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।(2011-10-12)
- प्रइम कमर्शियल बैङ्कको हालै सम्पन्न १२३ औं सञ्चालक समितिको बैठकले १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । (2011-10-12)
- आईसी एफसी फाइनान्सको असोज १५ गते बसेको ११० औं सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । (2011-10-12)
- ज्योती विकास बैङ्कको असोज ९ गते सम्पन्न ९९ औं सञ्चालक समितिको बैठकले ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको छ । (2011-09-27)
- महालक्ष्मी फाइनान्सले गत आर्थिक बर्षको नाफबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको छ । (2011-09-27)
- विराटलक्ष्मी बिकास बैङ्कले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । (2011-09-27)
- ओम फाइनान्सको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।(2011-09-26)
- सहयोगी बिकास बैङ्कको असोज १ गते बसेको १२८ औं सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।(2011-09-26)
- मितेरी डेभलपमेन्ट बैङ्कको गत आर्थिक बर्षको नाफाबाट १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिने भएको छ । (2011-09-26)
- सहयोगी बिकास बैङ्कले गत आर्थिक बर्षको नाफाबाट ३ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने निर्यण गरेको छ ।(2011-09-26)
- नेपाल इन्भेष्टमेन्ट बैङ्कले गत आर्थिक बर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने भएको छ । (2011-09-26)
- मितेरी डेभलपमेन्ट बैङ्कको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको छ । (2011-09-22)
- सिटिजन्स इन्टरनेशनल बैङ्कले आव ०६७/६८ को नाफाबाट ५ दशमलव ५३ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । (2011-09-21)
- मुक्तिनाथ विकास बैङ्कले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ । (2011-09-21)
- एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २८ दशमलव १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब बिमा समितिले पारित गरको छ ।
विशेष साधारण सभा
....................
विशेष साधारण सभा स्थिगित गरिएको
नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कको विशेष साधारण सभा, श्रावण ३१ गते गर्ने भनिएकोमा गणपुरक संङ्ख्या नपुगेकाले स्थिगित गरिएको छ । (2011-08-18)
साधारण सभाको निर्णय
- पब्लिक डेभलपमेन्ट बैङकको असोज ३ गते सम्पन्न चौथो वार्षिक साधारण सभामा लगेको मर्जर सम्बन्धी बिशेष प्रस्ताब शतप्रतिशत रुपमा शेयरधनीहरुले पारित गरेका छन् । (2011-09-22)
- नारायणी डेभलपमेन्ट बैङ्कको नवौं वार्षिक साधारण सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । (2011-07-13)
Admin 2011-10-18