शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

रोनाल्ड कुपर्स

 


नौलो ऊर्जाप्रविधि जन्माउन सुडेनीको काम गर्ने वास्तवमा जर्मनी मात्रै छैन । ब्राजिलले उखुबाट उत्पादित इथानोल उद्योग सफलतापूर्वक सञ्चालन गरिसकेको छ । नौलो ऊर्जाप्रविधिको प्रारम्भिक चरणको खर्च कसैले बेहोरिदिएको भएपछि अर्को कदम भनेको सुस्थापित विशेषज्ञता भएको क्षेत्र चयन हो । बेलायतले उसको जहाज मर्मत र निर्माणस्थल तथा इञ्जिनीयरिङ कौशललाई अफशोर वायुप्रभावबाट फाइदा लिने काममा प्रयोग गरेको छ । त्यसैगरी, ब्राजिलले स्पष्ट नीतिका साथै कृषिप्रविधि र उर्वर जलवायुका कारण इथानोल इन्धनका क्षेत्रमा नेतृत्व गरेको छ ।


सन् २०२० सम्ममा आप्mनो देशको २० प्रतिशत ऊर्जास्रोत नवीकरणीय भइसक्ने गरी ईयूसमक्ष गरेको प्रतिबद्धता जर्मनीले अहिल्यै पूरा गरिसकेको छ । अझ, यस दशकको अन्त्यसम्ममा विश्वले जर्मनीलाई सुलभ सौर्यशक्तिको विकासका लागि पनि धन्यवाद दिनेछ – त्यस्तो प्रविधि त्यहाँ आविष्कार भयो भनेर हैन कि त्यहाँका नागरिकले यस प्रविधिको विकासका लागि सहयोग गरे भनेर । जर्मनीले सौर्य फोटोभोल्टेक (पीभी) प्रविधिको क्षेत्रमा लामो समयदेखि लगानी गरेकाले उक्त प्रविधि हाल धेरै सस्तो भइसकेको छ । घमाइलो दक्षिण अफ्रिका, ग्रीस र मेक्सिकोमा यो प्रविधि २०१५ अघि नै पूर्णतया व्यापारिक रूपले सम्भाव्य हुनेछ । त्यसपछिको केही समयमै जर्मनीका लागि पनि यस्तै हुनेछ । जर्मनीले यसअनुकूल ऊर्जानीति नअपनाएको भए यति ठूलो मूल्य कटौतीका लागि अझै धेरै समय लाग्ने थियो ।


तर, परोपकारको भावनाले मात्र जर्मन नीति सञ्चालित भएको होइन । यो दरिलो औद्योगिक नीति र ईयू–२०५० को कार्बन घटाउने लक्ष्यप्रति जर्मनीको जिम्मेवारीबोधको परिणाम हो । यो कथालाई कहिलेकाहीँ यसरी पनि भन्ने गरिन्छ –सौर्यऊर्जालाई ग्रिडमा मिसाउँदा त्यस्तो ऊर्जालाई दिने मूल्य कृत्रिम रूपले उच्च राखेर जर्मनीले सौर्य पीभीमा अनुदान दिएको छ । परिणामस्वरूप, खासै घाम नलाग्ने यस देशमा थुप्रै सौर्य प्यानेल जडान भएका छन्, जसमध्ये धेरैजसो चीनबाट आयात गरिएका हुन् । अनि यस क्षेत्रमा रोजगारी पनि सृजना भएको छ । त्यस्तो खर्चको हिसाब पक्कै पनि निकै ठूलो छ । जर्मनीले कोइलामा वर्षेनि २ अर्ब पाउण्डको अनुदान दिँदै आएको छ । आणविक उद्योगलाई पनि अनुमानित ४ अर्ब पाउण्डको वार्षिक अनुदान दिँदै आएको छ । त्यो दुवैभन्दा बढी छ सौर्यऊर्जामा दिएको अनुदान । तैपनि, कथाहरूले प्रायः कथावाचकको दृष्टिकोण प्रस्तुत गरेका हुन्छन् । एउटा वैकल्पिक धारणा यस्तो छ– ‘नौला प्रविधिहरूलाई प्रतिस्पर्धी बनाउन त्यस्ता प्रविधिलाई टेवा दिनुपर्छ भनेर जर्मनीले घट्दो फिड– इन ट्यारिफको प्रणाली आविष्कार ग¥यो । र, जब सौर्यऊर्जाको लागत र मूल्य बराबर हुन्छ, त्यसबेला जर्मनीमा त्यस्तो ऊर्जाको सुव्यवस्थित उद्योग समू स्थापना हुनेछ । साथै, त्यसो हुँदा जर्मनीले विश्वकै सार्वजनिक स्रोत (अर्थात् वातावरण) जोगाउन अरू देशको भागमा पर्ने खर्च पनि आफैले तिरिदिएकोजस्तो हुनेछ । यो उसको ठूलो योगदान हो ।


कतिपयले के तर्क गर्छन् भने अर्थतन्त्रका विजेता र हरुवाको चयन गर्ने काममा सरकारहरूको भूमिका हुनुहुँदैन र ऊर्जाप्रणालीलाई कार्बनविहीन गर्ने दौडमा कुन प्रविधि अगाडि आउँछ भन्ने निर्णय बजारले नै गर्नुपर्छ । तर, बजारले उसको जादू त्यतिखेर मात्रै चलाउन सक्छ, जब प्रत्येक कम्पनी नयाँ प्रविधि प्रतिस्पर्धी (र मुनाफादायी) हुनुअघिको सबै खर्च आफै वहन गर्न सक्ने हुन्छ । ऊर्जाप्रणालीको आकार निकै ठूलो र व्यापक हुन्छ तथा नयाँ प्रविधिको विकासका लागि चाहिने समय निकै लामो हुन्छ । यी दुईको कारण कुनै पनि आमूल परिवर्तन शेयरहोल्डरको अल्पकालीन स्वार्थसँग मेल खाँदैन । बजारपद्धतिमा जाने हो भने कार्बनमा शुल्क लगाउनुका साथै ऊर्जाका पुराना स्रोतमध्येका केहीमा अनुदान रोक्नुपर्ने हुन्छ । यी दुवै उपाय हाल राजनीतिक रूपले सम्भाव्य छैनन् । तर, कार्बनमा चर्को शुल्क लगाउँदा पनि बजारले आफै न्यून कार्बन ऊर्जा दिन सक्ने सम्भावना छैन । त्यसको कारण यस्तो छ । न्यून कार्बन ऊर्जालगायतका सबै वस्तु र सेवाको लागत दुई किसिमले घटाउन सकिन्छ ः पहिलो, अनुसन्धान – जस्तो कि सिलिकन आधारित सोलर प्यानेललाई पातलो फिल्म प्रविधिले प्रतिस्थापन ।


दोस्रो –नयाँ प्रविधि लागू गर्दा तिनको डिजाइन, लजिष्टिक र सञ्चालनमा क्रमिक सुधार । प्रत्येक पटक उत्पादनको परिमाण दोब्बर हुँदा सोलर प्यानेलको लागत १० देखि २० प्रतिशतले घटेको छ । अझ बढी परिमाणमा उत्पादन गरेर मात्र प्रविधि थप सस्तो भएको छ । अधिकारीहरूले उपेक्षा गर्ने कुरा यही हो । जस्तो कि डच प्रधानमन्त्री मार्क रटले भने, ‘वायुऊर्जा निकाल्ने टर्बाइनलाई अनुदानले चलाइरहेको छ ।’ तर, जर्मनीले देखाइसकेको छ कि कुनै पनि नयाँ ऊर्जास्रोतलाई पुरानोसँग प्रतिस्पर्धी बनाउन निश्चित समयसीमासम्म जारी रहने तर घट्दो दरको अनुदान आवश्यक पर्छ । तैपनि, त्यसको फाइदा भने विश्वव्यापी हुने भएकाले यो योजना सङ्कुचित घरेलु एजेण्डाका लागि निकै महइभ्वाकाङ्क्षी हुन पुग्छ । खासगरी एक दशक लामो समयसम्म सहयोग चाहिने भएकाले यस्तो भएको हो । नौलो ऊर्जाप्रविधि जन्माउन सुडेनीको काम गर्ने वास्तवमा जर्मनी मात्रै छैन । ब्राजिलले उखुबाट उत्पादित इथानोल उद्योग सफलतापूर्वक सञ्चालन गरिसकेको छ । र, डेनमार्कले तटीय वायु ऊर्जा (अनशोर विण्ड पावर) क्षेत्रमा अग्रता हासिल गरेको छ । त्यसैगरी, बेलायतले अफशोर विण्ड पावरक्षेत्रमा गरेको विशाल लगानीलाई विश्वव्यापी प्राकृतिक ऊर्जास्रोतका क्षेत्रमा गरेको सन्तुिलत योगदान मान्नुपर्छ ।

 

अन्तरराष्ट्रिय ऊर्जा निकाय, आईईएको तथ्याङ्क हेर्ने हो भने २०२० को दशकको पूर्वाद्र्धसम्म अफशोर विण्ड पावर प्रतिस्पर्धी हुन सक्दैन । तर, बेलायती योजनाको विशाल आकार हेर्दा भने त्यसभन्दा निकै छिट्टै यो प्रतिस्पर्धी भइसक्नेछ । साथै, त्यसले बेलायती उद्योगलाई प्रतिस्पर्धात्मकताका हिसाबले नेतृत्वको अवसरसमेत दिनेछ । र, त्यसका फाइदा बेलायतभन्दा निकै परसम्म पुग्नेछन् । यसरी बेलायतले जर्मनीको सौर्ययोजनाबाट फाइदा पाउँछ, त्यसैगरी बेलायती प्रयासबाट जर्मनीलाई समेत फाइदा पुग्नेछ । सधभंै रि यस्त ै हन्ु छ भन्नचे ाहि ँ छनै । फ्रान्सको १९७३ को मेस्मर योजना सबैका लागि सुरक्षित र सस्तो आणविक ऊर्जा उपलब्ध हुनेतर्फको पाइला थिया े । तर, घटनाक्रम अर्क ै किसिमका े भया े र आणविक ऊर्जा झन्झन् अनाकर्षक विकल्प भएको छ । सिकिएको मूल पाठ नै यही हो – कहिले सफलता पाइन्छ भन े कहिल े पाइदँ नै । पय्र ास न ै नगर्न ु र अरूका प्रयासबाट मात्र फाइदा उठाउनुचाहिँ वास्तविक असफलता हो ।


नौलो ऊर्जाप्रविधिको प्रारम्भिक चरणको खर्च कसलै े बहे ाेिरदिएका े भएपछि अर्का े कदम भनके ो सुस्थापित विशेषज्ञता भएको क्षेत्र चयन हो । बेलायतले उसको जहाज मर्मत र निर्माणस्थल तथा इञ्जिनीयरिङ कौशललाई अफशोर वायुप्रभावबाट फाइदा लिने काममा प्रयोग गरेको छ । त्यसैगरी, ब्राजिलले स्पष्ट नीतिका साथै कृषिप्रविधि र उर्वर जलवायुका कारण इथानोल इन्धनका क्षेत्रमा नेतृत्व गरेको छ । थपु ै्रअन्य ऊजार्प ्िरवधि पनि आआफन् ा ेपण्ू ाक्षर्् ामतामा समाजलाई उपलब्ध हुन त्यस्तै नेतृत्व खोजिरहेका छन् । उदाहरणका लागि घनीभूत सौर्यऊर्जा, कार्बनसङ्ग्रह तथा भण्डारण, ड्राइभरविहीन विद्युतीय कार, डाइरेक्ट करेण्ट मेरूदण्ड, शून्य–ऊर्जा भवन र दोस्रो पुस्ताको बायोइन्धन आदि । सरकारहरूले यीमध्येका प्रत्येक प्रविधिको गुण र सम्भावित अवगण्ु ाका े अध्ययन गनर्पु र्छ । साथ,ै तिनले आप्mनो राष्ट्रिय क्षमताको यकिन गरी एक वा त्यसभन्दा बढीलाई कार्यान्वयन गर्न दीर्घकालीन रणनीतिक निर्णय लिनुपर्छ । आर्थिक कठिनाइको बेला यस्ता जोखिम लिनाले रोजगार सृजना हुनुका साथै सम्भावित विशाल आर्थिक प्रतिफलको ढोका पनि खुल्नेछ । रोनाल्ड कुपर्स अक्सफोर्ड युनिभर्सिटीका भिजिटिङ फेलो र रोयल डच शेलका पूर्वकार्यकारी हुन् । साभार ः प्रोजेक्ट सिण्डिकेट, २०११