शिक्षाको समाधान

महमूद मोहिएल्दिन
वास्तविक चुनौती भनेको बालबालिकालाई स्कूलमा भर्ना गर्नु मात्र होइन, बरू तिनलाई रोजगार, उद्यमशीलता, पारिवारिक जीवन र नागरिकताका लागि आवश्यक शीप प्रदान गर्नु हो ।
आज विश्वमा निकै कठिन समस्याहरू देखापरेका छन्, जसका कुनै सजिला समाधान छैनन् । आर्थिक क्षेत्रमा आउने धक्काले देश र क्षेत्रहरूलाई अस्थिर बनाउनुका साथै परिवार र समुदायमा ठूलो सामाजिक र वित्तीय कठिनाइ निम्त्याएका छन् । वातावरणीय क्षतिले हाम्रो खाद्यआपूर्ति, हामीले श्वास फेर्ने हावा, र जीवन सन्तुलन धान्ने प्रचूर जैविक विविधतामै चुनौती आएको छ । युद्ध र द्वन्द्वले थप करोडौं मानिस शरणार्थी बन्न पुगेका छन् ।
त्यसका साथै स्वास्थ्यसम्बन्धी नयाँ जोखिम देखापरेका छन् । न्यून र मध्यम आम्दानी भएका देशहरूलाई डाइबिटिज, मोटोपना र अन्य असङ्क्रामक रोगले गाँजिरहेका छन् । जबकि त्यस्ता देशहरू अझै पनि क्षयरोग, एचआईभी÷एड्स, मलेरिया र अन्य सङ्क्रामक रोगसँग पनि जुधिरहेका छन् । विश्वभिर नै करोडौं युवाहरू अनिश्चित श्रमबजारमा रोजगार खोजिरहेका छन् । ऊर्जाउत्पादन, मालसामानको ढुवानी र व्यवसायका लागि आवश्यक पूर्वाधारमाथि दबाब बढेको छ ।
समस्याहरूको यस्तो सूची हतोत्साहित गर्नका लागि नभई चुनौती सामना गर्न प्रस्तुत गरिएको हो । विश्वको भौतिक स्रोत दुर्लभ हुँदै गइरहेको परिप्रेक्ष्यमा हामीले अझ राम्रो र प्रमाणित नवीकरणीय ऊर्जास्रोतमा भर पर्नुपर्छ । त्यो हो मानवीय कौशल । विगतमा झंै हाम्रा वैज्ञानिक र उद्यमीले अहिले पनि हरित क्रान्ति, नयाँ खोप, सञ्चारप्रविधि र स्वच्छ ऊर्जामार्फत यस्ता समाधान दिइरहेका छन् । वुद्धिजीवी र नेताहरूले हामीलाई सामाजिक र आर्थिक विसङ्गतिहरू पहिचान गर्न े र तिनका े समाधान गर्न े उपाय दिएका छन् । शिक्षाको बढ्दो स्तरले मानिसहरूलाई आप्mनै स्वास्थ्य र घरेलु अवस्था मात्र होइन कि सरकार र संस्कृतिमाथि पनि बढी नियन्त्रण दिएको छ ।
आज हामीले सामना गरिरहेको विश्वव्यापी चुनौतीबाट के प्रमाणित हुन्छ भने हामीलाई समस्या समाधानकर्ताहरूको विश्व चाहिएको छ । हामीलाई त्यस्ता व्यक्तिहरू भएको विश्व चाहिएको छ, जो उत्पादनशील, लचिलो, रचनात्मक तथा प्रविधि र संस्कृतिका क्षेत्रमा पर्याप्त जानकार होऊन् र हामीले सामना गरिरहेका समस्या समाधान गर्न सकून् । शिक्षाले त्यस्तो विश्वको निर्माणका लागि सहयोग गर्छ । बढी शिक्षित परिवारले आर्थिक धक्का र मौसमसम्बन्धी चरम घटनालाई राम्ररी पहिल्याउन सक्छन् । उच्चशिक्षा प्राप्त व्यक्तिले थप आम्दानी गर्छन्, आप्mना सन्तान उत्पादन क्षमतामाथि बढी नियन्त्रण राख्छन् र आप्mना सन्तानलाई बढी स्वस्थ र शिक्षित बनाउन सक्छन् । शिक्षाले मानिसहरूलाई बाँच्न, नवप्रवर्तन गर्न, आविष्कार गर्न र संस्कृतिमा पहुँच पु¥याउन मद्दत गर्छ । फलस्वरूप, मानिसहरू झनै अर्थपूर्ण जीवन बाँच्न सक्छन् । राम्रो खबर के छ भने विश्वभरि समुदायहरूले यस्ता शीप हासिल गर्न मानिसहरूलाई सहयोग गरेका छन् र त्यसका केही वास्तविक परिणाम पनि आएका छन् । सन् १९९० मा सरकारहरूको बृहत् गठबन्धनले तथा विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घीय निकायहरू र नागरिक समाजका संस्थाहरूले ‘सबैका लागि शिक्षा’ भनिने रणनीति अवलम्बन गरे ।
त्यसको २० वर्षपछि बालबालिकालाई स्कूलमा भर्ना गर्ने र माध्यमिक तथा विश्वविद्यालयसम्म उनीहरूको पहुँच बढाउने दिशामा व्यापक प्रगति भएको छ । विश्वव्यापी रूपमा हाल ८८ प्रतिशत बालबालिकाले प्राथमिक शिक्षा पूरा गर्छन् भने ६७ प्रतिशत माध्यमिक तहमा भर्ना हुन्छन् । तर, न्यून आम्दानी भएका देशहरू अझै पनि सबै बालबालिकालाई प्राथमिक शिक्षा पूरा गराउने लक्ष्यबाट निकै टाढा छन् । ती देशका ६३ प्रतिशत बालबालिकाले मात्र प्राथमिक शिक्षा पूरा गर्छन् । गरीब बालबालिका, अपाङ्ग बालबालिका, केटीहरू र जातीय अल्पसङ्ख्यकले अझै पनि शिक्षा पाउनमा ठूलो अवरोध सामना गर्नुपरेको छ । धेरै देशहरू बढ्दो जनसङ्ख्याअनुरूप स्कूल भवन बनाउन मात्रै पनि सङ्घर्षरत छन् । अत्यन्तै भीडभाडयुक्त कक्षाकोठा हुनु तथा तालीमप्राप्त शिक्षक र आधारभूत सामग्रीको अभाव हुनु त्यति अनौठो मानिँदैन । सेवा विस्तार गर्ने होडमा स्कूल प्रणालीले शिक्षकको व्यावसायिक विकास, विद्यार्थीको मूल्याङ्कनलगायत आधारभूत भवन मापदण्डलाई समेत उपेक्षा गरेको छ ।
विगतका वर्षहरूको अनुभवले हामीलाई के सिकाएको छ भने वास्तविक चुनौती भनेको बालबालिकालाई स्कूलमा भर्ना गर्नु मात्र होइन, बरू तिनलाई रोजगार, उद्यमशीलता, पारिवारिक जीवन र नागरिकताका लागि आवश्यक शीप प्रदान गर्नु हो । विश्व बैङ्कको नयाँ शिक्षा रणनीति ‘सबैका लागि शिक्षा– विकासका लागि ज्ञान र शीपमा लगानी’ले त्यस्तो आवश्यकतालाई स्पष्ट गरेको छ । यसले बाल्यकालमै लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ, ताकि साना बालबालिकाहरूको पोषण पुगोस्, स्कूल आउँदा उनीहरू स्वस्थ होऊन् र अध्ययनका लागि तयार रहून् । त्यसैगरी, अर्को जोड बुद्धिमत्तापूर्ण लगानीमा छ, अर्थात् स्कूलहरूलाई राम्रा शिक्षक, राम्रा सामग्री र राम्रो व्यवस्थापनले सुसज्जित गर्न सकियोस् । त्यसैगरी अर्काे जोड सबैका लागि लगानीमा छ, अर्थात् न्यायपूर्ण र समानतायुक्त समाजहरूको आधारशीला राख्न सकियोस् । यो रणनीतिले बृहत्स्तरको शिक्षाको विकासका लागि आवश्यक प्रणालीको निर्माण गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरेको छ । पर्याप्त शिक्षक सङ्ख्या, स्कूल भवन र पाठ्यपुस्तक निश्चय पनि आवश्यक हुन्छन् । तर, सिकाइको गति बढाउन अरू थुप्रै कुरा आवश्यक हुन्छन् । समुचित वित्तप्रणाली, विद्यार्थीको मूल्याङ्कन, पेशागत विकास व्यवस्थापन, गुणस्तर, सुरपरिवेक्षण र मूल्याङ्कनजस्ता कुराको पनि आवश्यकता पर्छ ।
त्यसैगरी, केन्द्रीय र स्थानीय सरकारबीच, राज्य र निजी शिक्षाप्रदायकबीच, घरपरिवार र समुदायबीच थप सुदृढ र पारदर्शी सम्बन्ध आवश्यक पर्छ । साथै, स्कूल र रोजगारदाताबीच पनि बलियो सम्बन्ध हुनुपर्छ, जसले गर्दा विद्यार्थीले बदलिँदो रोजगार बजारअनुरूपको शीप पनि सिकून् । हुनु तथा तालीमप्राप्त शिक्षक र आधारभूत सामग्रीको अभाव हुनु त्यति अनौठो मानिँदैन । सेवा विस्तार गर्ने होडमा स्कूल प्रणालीले शिक्षकको व्यावसायिक विकास, विद्यार्थीको मूल्याङ्कनलगायत आधारभूत भवन मापदण्डलाई समेत उपेक्षा गरेको छ । विगतका वर्षहरूको अनुभवले हामीलाई के सिकाएको छ भने वास्तविक चुनौती भनेको बालबालिकालाई स्कूलमा भर्ना गर्नु मात्र होइन, बरू तिनलाई रोजगार, उद्यमशीलता, पारिवारिक जीवन र नागरिकताका लागि आवश्यक शीप प्रदान गर्नु हो । विश्व बैङ्कको नयाँ शिक्षा रणनीति ‘सबैका लागि शिक्षा– विकासका लागि ज्ञान र शीपमा लगानी’ले त्यस्तो आवश्यकतालाई स्पष्ट गरेको छ । यसले बाल्यकालमै लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ, ताकि साना बालबालिकाहरूको पोषण पुगोस्, स्कूल आउँदा उनीहरू स्वस्थ होऊन् र अध्ययनका लागि तयार रहून् । त्यसैगरी, अर्को जोड बुद्धिमत्तापूर्ण लगानीमा छ, अर्थात् स्कूलहरूलाई राम्रा शिक्षक, राम्रा सामग्री र राम्रो व्यवस्थापनले सुसज्जित गर्न सकियोस् । त्यसैगरी अर्काे जोड सबैका लागि लगानीमा छ, अर्थात् न्यायपूर्ण र समानतायुक्त समाजहरूको आधारशीला राख्न सकियोस् ।
यो रणनीतिले बृहत्स्तरको शिक्षाको विकासका लागि आवश्यक प्रणालीको निर्माण गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरेको छ । पर्याप्त शिक्षक सङ्ख्या, स्कूल भवन र पाठ्यपुस्तक निश्चय पनि आवश्यक हुन्छन् । तर, सिकाइको गति बढाउन अरू थुप्रै कुरा आवश्यक हुन्छन् । समुचित वित्तप्रणाली, विद्यार्थीको मूल्याङ्कन, पेशागत विकास व्यवस्थापन, गुणस्तर, सुरपरिवेक्षण र मूल्याङ्कनजस्ता कुराको पनि आवश्यकता पर्छ । त्यसैगरी, केन्द्रीय र स्थानीय सरकारबीच, राज्य र निजी शिक्षाप्रदायकबीच, घरपरिवार र समुदायबीच थप सुदृढ र पारदर्शी सम्बन्ध आवश्यक पर्छ । साथै, स्कूल र रोजगारदाताबीच पनि बलियो सम्बन्ध हुनुपर्छ, जसले गर्दा विद्यार्थीले बदलिँदो रोजगार बजारअनुरूपको शीप पनि सिकून् ।
जुन प्रणालीहरूले लगातार सुधार प्रदर्शन गरेका छन् तिनबाट हामीले सिक्नुपर्ने कुरा धेरै छन् । तिनमा सिङ्गापुर, चिली, घाना, स्लोभेनिया र इङ्ग्ल्याण्डजस्ता देशका विविध अनुभव छन् । यी देशमध्ये प्रत्येकका भिन्नाभिन्नै प्रारम्भ बिन्दु रहे तापनि त्यहाँ प्रगति हासिल गर्न त्यस्तो राजनीतिक इच्छाशक्तिले मद्दत गरेको छ, जसले परिणामको मापन गर्न र परिणामबाट सिक्न, परिवर्तनको दिगो बाटो पहिल्याउन तथा बुद्धिमत्तापूर्ण एवम् प्रभावकारी लगानी गर्न सहयोग गरेको छ । प्रणालीमा कसरी सुधार हुन्छ भन्ने ज्ञान प्रवद्र्धन गर्न विश्व बैङ्कले विश्वभरिका शिक्षानीतिको गुणस्तरमापनका लागि एउटा महइभ्वपूर्ण अग्रसरता लिएको छ । देशहरूले आफ्ना शिक्षाप्रणालीको प्रत्येक अङ्गमा ज्ञान प्रवद्र्धन गर्न लिएका नीतिबारे जानकारी बैङ्कको नयाँ डाटाबेसमा राखिनेछ । तिनमा शिक्षक नीतिदेखि विद्यार्थीको मूल्याङ्कन तथा स्कूलको वित्तीय प्रक्रियासम्म हुनेछन् । हाम्रो लक्ष्य राम्रा नीतिको प्रसारणलाई प्रवद्र्धन गर्नु हो, ताकि देशहरूले विविध तरिकाहरूको ज्ञान हासिल गरून् र तिनका आप्mनै विशिष्ट सन्दर्भमा कुन नीतिले राम्रो काम गर्ला भन्ने बुझ्न सकून् । शिक्षाप्रणालीको सुधार अत्यावश्यक छ । आजको २० वर्षपछिको हाम्रो विश्वको कल्पना गरौं । यदि, हामीले युवाहरूको एउटा पुस्तालाई शिक्षित गर्न सक्यौं भने तिनले आप्mना समयका ठूला आर्थिक र प्राविधिक चुनौतीलाई सामना गर्न सक्ने शीप र रचनात्मकता हासिल गर्नेछन् । कल्पना गरौं त्यो दिनको, जब खासगरी सबै केटीहरू शिक्षित हुनेछन्, जसले गर्दा जनसङ्ख्या वृद्धि, स्वास्थ्य र कल्याण, गरीबी निवारण, मानवअधिकार र राजनीतिमा अत्यन्त सकारात्मक फाइदा हासिल हुनेछ ।
अब त्यसको विकल्प पनि कल्पना गरौं र आफैलाई सोधौं– म कस्तो विश्वमा बाँच्न चाहन्छु ? (महमूद मोहिएल्दिन विश्व बैङ्क समूहका प्रबन्ध निर्देशक तथा इजिप्टका पूर्वलगानीमन्त्री हुन् ।) साभार ः प्रोजेक्ट सिण्डिकेट