शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सङ्क्रमणमा अल्झेका देशलाई दिशानिर्देश
एरिक बर्गलफ
हालसालै जी-८ ले यूरोपियन बैङ्क अफ रिकन्ष्ट्रक्शन एण्ड डेभलपमेण्टलाई मध्य र पूर्वी यूरोपमा आफूले प्राप्त गरेको अनुभव इजिप्टमा लागू गर्न भनेको छ । मध्य र पूर्वी यूरोपका देशहरू कम्युनिष्ट शासनबाट लोकतन्त्र र बजार अर्थतन्त्रतर्फ सङ्क्रमण गरिरहेका बखत ती देशलाई सघाउन उक्त बैङ्कको स्थापना गरिएको थियो । तर, पूर्वी यूरोपेली सङ्क्रमणको अनुभवका कुनचाँहि पाठ उत्तर अफ्रिका र मध्यपूर्वका देशको हितमा सान्दर्भिक हुन्छ त ?

एउटा महत्त्वपूर्ण फरक के छ भने, १९८९ मा पूर्वी यूरोपका देशहरूको अर्थतन्त्र केन्द्रीय योजनाअनुसार चल्थ्यो तर हाल 'वसन्त'आन्दोलन भइरहेका अरब देश (जसलाई 'अरब स्प्रिङ' पनि भन्ने गरिन्छ)का अर्थतन्त्रहरू त्यस्ता छैनन् । हो, धेरैजसो आर्थिक क्रियाकलापमा राज्यको संलग्नता हुनुका साथै त्यहाँ बेलाबखत सम्पत्तिको अधिकार उल्लङ्घन पनि हुन्छ । त्यति हुँदाहुँदै पनि अरब देशहरूमा निजी सम्पत्तिको अवधारणा सुदृढ रूपले स्थापित भइसकेको छ । त्यसैगरी सरकारी अनुदान दिने गरिए पनि त्यहाँका बजारमा कृत्रिम रूपले मूल्य निर्धारण भने गरिँदैन । त्यस्तै, अन्तरराष्ट्रिय व्यापारका लागि निकै व्यवधान रहे तापनि पूर्वी यूरोपको आफ्नो क्षेत्रभित्र मात्र विकृत र कृत्रिम रूपले व्यापार गर्ने पद्धति अरब क्षेत्रमा छैन ।  

त्यसैले हामीले उत्तर अफ्रिकाको वर्तमान अवस्थालाई दुई दशकको सुधारपछि प्राप्त भएको पूर्वी यूरोपेली देशका वर्तमान अवस्थासँग तुलना गर्नुपर्ने हुन्छ । आर्थिक विश्वव्यापी वित्तीय सङ्कटका बेला पनि मध्य यूरोप र बाल्टिक क्षेत्रका देशहरूले राम्रो राजनीतिक र आर्थिक प्रगति गरेका छन् । त्यसको विपरीत पूर्वसोभियत सङ्घका धेरैजसो देश उत्तर अप्रिmका र मध्यपूर्वका देशजस्तै 'सङ्क्रमण’ मा अल्झेका छन् । बेलारूस र उज्वेकिस्तानजस्ता देशले त सुधार कार्यक्रमलाई इमानदारीपूर्वक शुरू पनि गरेका छैनन् ।

पूर्वी यूरोपेली सङ्क्रमणको बृहत् अनुभवले 'सङ्क्रमणको अल्झोबाट कसरी उम्किने भन्नेबारे महत्त्वपूर्ण जानकारी प्राप्त हुन्छ । तुरुन्तै आमूल परिवर्तन अर्थात् 'शक थेरापी’ गर्ने र क्रमबद्ध सुधार गर्ने विषयमा हुने भावावेगबाट निर्देशित बहसको ठाउँमा अहिले एउटा व्यापक सहमति स्थापना भएको छ । त्यो के भने राजनीतिक अवसरले प्रस्तुत गरेको फाइदा त उठाइहाल्नुपर्छ, तर सबै कुरा एकैपटक परिवर्तन गर्न सकिँदैन र प्रतिगमनको जोखिम सदैव रहिरहन्छ । त्यसैले सुधार कार्यक्रमको सफलताका लागि सावधानीपूर्वक क्रमबद्ध सुधार प्रक्रिया लागू गर्नु  नै बुद्धिमानी हुन्छ ।

पहिले सुस्पष्ट र लोकप्रिय अल्पकालीन सुधार कार्यक्रम शुरू गरेर नीतिनिर्माताहरूले अझ कडा सुधारका लागि समर्थन तयार गर्न सक्छन् । मध्य र पूर्वी यूरोपमा यस्तो सुधारका समर्थकहरू भनेका निजीक्षेत्रका साना र मध्यमस्तरका कम्पनी र युवाहरू हुन् । सार्थक रोजगार सृजना गर्ने गरी निजीक्षेत्रको विकास गर्नु इजिप्टजस्ता देशका लागि निकै महत्त्वपूर्ण छ किनभने त्यहाँ जनसङ्ख्या तीव्रदरले वृद्धि भइरहेको छ, जनसङ्ख्यामा युवाहरूको बाहुल्य छ ।

यस प्रक्रियामा राज्यले महत्त्वपूर्णर् भूमिका खेल्नुपर्छ । राज्यको भूमिकालाई कमजोर तुल्याउन गरिएका आह्वानमा धेरै देशले गहन पुनर्विचार गर्दै छन् । नयाँ बजारहरूलाई टेवा दिन बलियो राज्यको आवश्यकता पर्दछ, जसले नियमकानूनलाई लागू गर्न सकोस् । त्यसैगरी उत्पादकत्व बढाउन सहयोग गर्ने खालको शिक्षा र स्वास्थ्य सेवामा पनि राज्यले लगानी गर्नैपर्छ ।

अर्को पाठ के हो भने, हामीले बदलिँदो राजनीतिक बहुमतबारे धेरै चिन्ता गर्नु आवश्यक छैन । वास्तवमा, मतदाताहरूले सरकारलाई सत्ताबाट हटाउन सक्ने क्षमता कुनै पनि देशको लागि कमजोरी नभई बल मान्नुपर्छ । पोल्याण्ड सरकारले शुरूमा 'शक थेरापी’ प्रकारको सुधार कार्यक्रम ल्याएको थियो, जसलाई 'क्रमबद्ध सुधार’ र वितरणात्मक परिणामतर्फरुझान राख्ने गठबन्धन सरकारले विस्थापन गर्यो ।

त्यसपछिका पोलिश सरकारले भिन्नाभिन्नै किसिमका नीतिगत बाटो लिए । तर, अन्तत: पोल्याण्ड एक उन्नतिशील अर्थतन्त्रका साथै स्थिर लोकतन्त्रका रूपमा स्थापित भइसकेको छ । विश्वव्यापी वित्तीय सङ्कटका कारण उत्पन्न समस्या तथा गतवर्षराष्ट्रपतिको दु:खद मृत्युपछिको अवस्थालाई पनि पोल्याण्डले झेल्न सफल भयो ।

प्रतिगमनको डर देखाएर संसद् र नागरिक समाजलाई छल्न दिनु हुँदैन । रूसमा १९९० का शुरूका दशकमा देश फेरि सोभियतशैलीकै शासनतर्फफर्केला भन्ने डरले थुप्रै महत्त्वपूर्ण संवैधानिक सुधारका साथै सामान्य संसदीय प्रक्रियालाई समेत खारेज गरियो । त्यतिखेर त्यस्तो प्रतिगमनको सम्भावना वास्तविक जस्तो देखिएको थियो । तर, राजनीतिक र आर्थिक रूपले धराशयी भइसकेको व्यवस्थातर्फो प्रतिगमन अत्यन्तै असम्भव थियो भन्ने पुष्टि भइसकेको छ ।   
अचेल, उत्तर अप्रिmका र मध्यपूर्वमा इस्लामिक कट्टरताको भय देखाउँदै राम्ररी विचार नगरीकनै सुधारका कार्यक्रमहरू हतार हतार लागू गरिँदै छ । तर, त्यस्ता भयका बलिया आधार नै देखिएको खण्डमा पनि सुधार कार्यक्रमहरूको गुणवत्तालाई  बृहत् परामर्शहरूबाट मूल्याङ्कन गरेर मात्रै तिनलाई लागू गरिनुपर्दछ ।   

ईयूमा समावेश गरिने आकर्षणले मध्ययूरोप र बाल्टिक देशहरूलाई सङ्क्रमण पार गर्न अभिप्रेरित गरेको थियो । तर, सङ्क्रमणमा अल्झिन पुगेका पूर्वसोभियत सङ्घका देशहरूलाई ईयूको सदस्यताको आकर्षण रहेजस्तो उत्तरी अफ्रिका र मध्यपूर्वका देशलाई त्यस्तो आकर्षण छैन । त्यति हुँदाहुँदै पनि उत्तर अफ्रिका र मध्यपूर्वका देशहरूको यूरोपसँगको निकटताका कारण व्यापार र वित्तीय एकताबाट हुने फाइदा धेरै छ । त्यसैले सुधारको शर्त राख्दै यूरोपले आफ्ना दक्षिणी र पूर्वी छिमेकीहरूका लागि बजार खुला गर्नैपर्छ ।
एरिक बर्ग्लफ यूरोपियन बैङ्क फर रिकन्ष्ट्रक्शन एण्ड डेभलपमेण्टका प्रमुख अर्थशास्त्री हुन् ।