शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

एण्ड्रयु टोर्रान्स
बुसान (दक्षिण कोरिया) मा मौसम परिवर्तन विषयक संयुक्त राष्ट्रसङ्घको अन्तर सरकारी समूह (आईपीसीसी) को सम्मेलन हुँदैछ । त्यसले सबै देशका सरकारलाई मौसमसम्बन्धी विज्ञानप्रति उनीहरूको आ-आफ्नो प्रतिबद्धता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । हालै इण्टर एकेडेमी काउन्सिल (आईएसी) ले आईपीसीसीबारे गरेको समीक्षामाथि छलफल गर्नु यस सम्मेलनको एउटा महत्वपूर्ण काम हो । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मून र आईपीसीसीका अध्यक्ष एवम् नोबेल पुरस्कार विजेता राजेन्द्र पचौरीको आग्रहमा यो समीक्षा गत मार्चमा शुरू भएको थियो । त्यसका निष्कर्षहरू गत अगस्तको अन्त्यतिर प्रकाशन भएका थिए ।

आईपीसीसीबारे अरू पनि समीक्षा भएका छन् । तीमध्ये एउटा पेन स्टेट युनिभर्सिटीले गरेको थियो । बेलायती संसद्, नेदरल्याण्ड्स इन्भाइरोमेण्ट एसेस्मेण्ट एजेन्सी र संयुक्त राज्य अमेरिकाको वातावरण संरक्षण निकायले पनि भिन्नाभिन्नै समीक्षा गरेका थिए । ती सबैमा एउटा समानता के छ भने वातावरण परिवर्तनमा मानवनिर्मित कार्बनडाइअक्साइड ग्यासको प्रमुख हात छ भन्ने आईपीसीसीको मुख्य निष्कर्षमा ती सबै सहमत छन् । यी समीक्षाबाट वैज्ञानिकहरूले पनि महत्वपूर्ण ज्ञान पाएका छन् । उनीहरूले अब के सिकेका छन् भने उनीहरू बढी खुला हुनुपर्छ र आलोचनात्मक तर्कहरूलाई स्वीकार गर्नुपर्छ । अर्को पाठ के हो भने वातावरणीय परिवर्तनप्रति चिन्तित तर यस समस्याको समाधानका उपायबारे अनभिज्ञ सर्वसाधारण जनतालाई आफ्नो सन्देश प्रवाह गर्दा विज्ञानजगत् बढी प्रभावकारी हुनुपर्छ ।

वातावरणीय विषयमा लिनुपर्ने नीतिगत निर्णयबारे निर्क्योल गर्न हरेक देशका सरकारले वातावरणीय विज्ञानको सही र वस्तुगत समीक्षाको सहारा लिन सक्नुपर्छ । आईपीसीसी संसारसमक्ष आइपरेको जोखिमको मूल्याङ्कन प्रस्तुत गर्छ र वातावरण परिवर्तनका कारण आइपर्ने सम्भाव्य परिणतिहरूको सर्वेक्षण गर्छ । आईपीसीसीको स्थापना भइसकेको भए सरकारहरूले यस्तै कुनै संस्था उहिल्यै स्थापना गरिसक्थे ।

थप कुरा के भने आईपीसीसीले हालसम्म तयार गरेका चारवटा प्रतिवेदनले प्राकृतिक विपत्ति र अन्य प्रतिकूल वातावरणीय घटनाहरूका रूपमा मौसम परिवर्तनबाट आईपर्ने सङ्कटको बारेमा बुझ्न थप सहयोग गरेका छन् । अहिले आईपीसीसी जुन राजनीतिक परिप्रेक्ष्यमा काम गर्दैछ , त्यसको २१ वर्षअघि यसको स्थापना हुँदा त्यसको भएको थिएन । तसर्थ, यसका कामको वास्तविकता र त्यसबारे र्सवसाधारणको बुझाइले नीतिनिर्माता र र्सवसाधारण दुवैमा पूर्ण विश्वास उत्पन्न हुने गरी यसको व्यवस्थापन गरिनुपर्छ ।

यी उद्देश्यहरू हासिल गर्ने खालका सुधार गर्न आईपीसीसीको नेतृत्वले विगत केही वर्षहरूमा निकै मेहनत गरेको छ । तर, हालसम्मको प्रगति भने आईपीसीसी नेतृत्वले चाहेजस्तो भएको छैन । आईपीसीसीको प्रमुख कार्यहरूलाई मजबूत बनाउने दिशामा भएका यी असफलताहरूले गर्दा यो संस्था २००७ मा प्रकाशित पुनरवलोकन प्रतिवेदनमा देखिएका केही कमजोरीलाई रोक्न र तीप्रति आवश्यक कारबाही गर्न असफल भयो ।  

भौतिक जगतको प्रत्येक पक्षका बारेमा वैज्ञानिक ज्ञानको हालसम्मकै सबभन्दा विस्तृत सङ्ग्रह तयार गर्न आईपीसीसी सफल भएको छ । यो उपलब्धि उसले थोरै साधन र स्रोतको सहायताले हासिल गरेको हो । यसका लागि उसलाई ती सयौं स्वयम्सेवक वैज्ञानिकहरूको सहयोग प्राप्त भयो, जसले ती प्रतिवेदन तयार गर्न आफ्नो समय प्रदान गरे ।

वातावरणीय परिवर्तनबारे राष्ट्रिय एवम् अन्तरराष्ट्रिय नीतिनिर्माणमा आधार बन्ने प्रमाणहरूको प्रणाली तयार गर्नेजस्तो महत्वपूर्ण जिम्मेवारी पाएको संस्थामा यसरी साधन स्रोतको कमी हुनु पटक्कै सुहाउँदैन । इण्टर एकेडेमी काउन्सिलका सुझावहरू पारदर्शिता, नेतृत्व र सञ्चारजस्ता विषयमा केन्द्रित छन् । ती सुझावहरूबारे बुसानको सम्मेलनमा छलफल हुनेछ । यस विषयमा थप आवश्यक सुधार गर्न सरकारहरूलाई बुसान सम्मेलनले अवसर दिएको छ । उनीहरूले यस अवसरको सदुपयोग गर्नुपर्छ ।

वातावरण विज्ञानको आधिकारिक अन्तरराष्ट्रिय स्रोतको स्थिति मजबूत गर्न अहिले हामीसामु महत्वपूर्ण अवसर आएको छ । महत्वपूर्ण परिवर्तनहरू कार्यान्वयन गर्न आईपीसीसीलाई आवश्यक दिशानिर्देश प्रदान गर्न अब आवश्यक कारबाही तीव्र एवम् निर्णायक रूपमा अघि बढ्नुपर्छ ।

इण्टर एकेडेमी काउन्सिलको प्रतिवेदनलाई बुसानमा सरकारहरूले आईपीसीसीको तिरस्कार गर्ने दस्ताबेजको साटो यस महत्वपूर्ण संस्थाको शुद्धीकरण र सुधारका लागि प्रयोग गर्नुपर्छ । यसो गरिएमा आईपीसीसीले आफ्नो काम पनि अघि बढाउन पाउँछ र विश्वभरिका सरकारहरूलाई मौसम परिवर्तनका चुनौतीहरू र तिनको समाधानमा आफ्नो ध्यान केन्द्रित गर्न पनि सघाउन पाउँछ ।

लेखक एलाइञ्ज यूकेका प्रमुख कार्यकारी अधिकृत र 'क्लाइमेट वाइज' का अध्यक्ष हुन् । 'क्लाइमेट वाइज' विश्वका प्रमुख बीमकहरूको सहकार्य हो, यसले मौसम परिवर्तनका जोखिमहरू घटाउन प्रयास गरिरहेको छ ।