चित्रमय चेतावनीको प्रभावकारिता
विनोद पाठक
सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण) विधेयक २०६७ सदनमा प्रस्तुत भएको छ । नेपालका सबै सुर्तीजन्य उत्पादनका प्याकेटको ७५ प्रतिशत क्षेत्रमा सुर्तीको उपभोगबाट हुने हानिकारक प्रभाव खुल्ने चित्रमय स्वास्थ्य चेतावनी रहनुपर्ने प्रावधान पनि त्यस विधेयकमा छ भन्ने सुन्नमा आएको छ । सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि प्रशंसनीय कानून बनाउन लागेको छ । तर, अन्य मुलुकहरू जसले यस्ता चित्रमय स्वास्थ्य चेतावनीहरू लागू गरेका छन्, त्यहाँको समाजमा सुर्तीजन्य पदार्थको खपत कम भएको छ वा छैन भन्ने जाँच गर्नु आवश्यक छ ।
सुर्तीजन्य उत्पादनमा चित्रमय चेतावनी (जीएचडब्ल्यू)को इतिहास चित्रमय स्वास्थ्य चेतावनी सुर्ती नियन्त्रणको तुलनात्मक रूपमा नयाँ उपाय हो । यो सन् २००१ मा क्यानडाबाट आरम्भ भएको थियो । मे २०११ सम्म विश्वका अत्याधिक सुर्ती खपत गर्ने ८० मध्ये केवल १२ मुलुकले मात्र यो उपाय अवलम्बन गरेका छन् । त्यसमध्येका केही मुलुकहरूमा- सिङ्गापुर, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया, ताइवान, हङकङ, ब्राजिल र उरुग्वे छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अभिसन्धिमा १ सय ७१ मुलुकहरूले हस्ताक्षर गरेका छन् । तर, अत्यधिक मात्रामा सुर्ती उत्पादन तथा खपत हुने बजारहरू जस्तै- चीन, जापान, अमेरिका, अर्जेण्टिनाजस्ता मुलुकले चित्रमय स्वास्थ्य चेतावनीको प्रावधानलाई लागू गरेका छैनन् ।
जीएचडब्ल्यू कति प्रभावकारी छ ?
चित्रमय स्वास्थ्य चेतावनी, भयावह/वीभत्स देखिन्छन् । तर, हालका र सम्भाव्य धूमपानकर्ताहरूलाई तिनले वास्तविक रूपमा असर गर्दैनन् । जीएचडब्ल्यू लागू गरिएका मुलुकहरूमा भयावह चित्रमय स्वास्थ्य चेतावनीले सुर्तीजन्य पदार्थको उपभोग कम गरेको कुनै प्रवृत्ति देखाएको छैन ।
भेनेजुएलामा चित्रमय स्वास्थ्य चेतावनी शुरू गरिएलगत्तै समग्र धूमपान उपयोग सीमान्त रूपमा बढेर गयो ।
ब्राजिल, सिङ्गापुर र थाइल्याण्डमा चित्रमय स्वास्थ्य चेतावनी लागू गरिए पनि सुर्तीजन्य उपभोग समान नै रऋयो । थाइल्याण्डमा नियमित धूमपानकर्ताहरूमा कम असर रह्यो, उनीहरू शीघ्र चित्र/तस्वीरहरूसँग अभ्यस्त भए ।
इजिप्टमा पनि चित्रमय स्वास्थ्य चेतावनीको चुरोट विक्री वा उपलब्धतामा कुनै असर परेको देखिँदैन । क्यानडामा हेल्थ क्यानडाले सम्पन्न गरेको अध्ययनअनुसार (डिसेम्बर२०००- डिसेम्बर २००२), समग्र सुर्तीजन्य उपभोग घटेको देखिन्छ । यो सामान्य गिरावटको हिस्सामात्र थियो, जसलाई चित्रमय स्वास्थ्य चेतावनीको प्रभावका रूपमा ठहर्याउन सकिँदैन । साथै, त्यहाँ नियमित तथा यदाकदा धूमपान गर्नेहरूमाझ उपभोगको दर घटेको देखिएन । यद्यपि, त्यहाँ सानो सङ्ख्यामा वृद्धि भएका धूमपानकर्ताहरूले आफूहरूले चित्रमय स्वास्थ्य चेतावनीपछि धूमपान छोड्ने प्रयासमा कुनै वृद्धि नहुनु महत्त्वपूर्ण भएको बताएका छन् । सङ्क्षेपमा, त्यहाँ चित्रमय स्वास्थ्य चेतावनीपछि सुर्तीजन्य उत्पादनको उपभोगमा कुनै असर परेको देखिँदैन ।
जुनजुन मुलुकहरूमा चित्रमय स्वास्थ्य चेतावनी लागू गरिएपछि सुर्तीजन्य उपभोग घटेको छ, त्यसमा अन्य कारकहरूको पनि हात छ । चित्रमय स्वास्थ्य चेतावनीलाई मात्र सफलताको श्रेय दिन सकिँदैन । उदाहरणका लागि अष्ट्रेलियामा सुर्तीजन्य उत्पादनका प्याकेटहरूमा चित्रमय स्वास्थ्य चेतावनीसहित सुर्तीजन्य पदार्थ छाड्ने (क्विट(लाइन) फोन नम्बर राखिएको हुन्छ, जसले मानिसहरूलाई धूममान कम गर्न परामर्श दिने गर्छ । थाइल्याण्डमा धूमपानमा प्रतिबन्ध, विज्ञापनमा प्रतिबन्ध तथा चित्रमय स्वास्थ्य चेतावनीविनाका प्रावधानहरूले धूमपान कम गर्न सकेको छैन । मेक्सिकोमा चित्रमय स्वास्थ्य चेतावनीहरू ती उपभोक्ताहरूमा प्रभावकारी भएको छ, जसले पहिले नै धूमपान छोड्ने अथवा उपभोग कम गर्ने प्रयास गरिरहेका थिए ।
जीएचडब्ल्यू सफल नहुनुको व्यावहारिक कारण
चित्रपय स्वास्थ्य चेतावनी किन सफल हुँदैन भन्ने तथ्य विभिन्न कोणबाट पत्ता लगाइएको छ । निम्न व्यावहारिक कारणहरूले चित्रमय स्वास्थ्य चेतावनीले काम गर्दैन भन्ने देखाउँछः
ड्ड गरीब मुलुकहरू (नेपालका सन्दर्भमा हेरौं) चुरोट र बिँडीका खिल्ली किन्ने क्रम उच्च छ । बट्टा/प्याकेटहरू केवल धनी तथा शिक्षित उपभोक्ताले मात्र किन्ने गर्छन् । प्याकेट खरीद सीमित भएकाले उपभोक्ताहरूको चित्रमय स्वास्थ्य चेतावनीसहितका प्याकेटहरूसँग अन्तरक्रिया पनि निकै कम हुन्छ । जसलाई सुर्तीको असरबारे जानकार बनाउनुपर्ने हो, उनीहरूले प्याकेट किन्दैनन् । र, उनीहरूको चित्रमय स्वास्थ्य चेतावनीसँग साक्षात्कार पनि हुँदैन ।
ड्ड चित्रमय स्वास्थ्य चेतावनीपछि सिङ्गापुर र इजिप्टजस्ता मुलुकहरूमा चुरोटका प्याकेटहरूको विक्री विशेषगरी युवा धूमपानकर्ताहरूमा बढेर गएको छ । त्यस्तो प्रावधान भएका ठूला बजारहरूमा सुर्तीजन्य उत्पादनका प्याकेटहरूमा यस्ता चेतावनी छोप्ने औजारका रूपमा धातुका प्याकहरू (मेटालिक केश), बाह्य आवरण तथा विशेष प्याकहरू ल्याइएका छन् ।
चुरोट कम्पनीहरूले विशेष प्याक ल्याएका छन्, जसले चित्रमय स्वास्थ्य चेतावनीलाई कृत्रिम रूपमा सानो देखाउँदछ । अष्ट्रेलियामा डनहिलले चित्रमय स्वास्थ्य चेतावनीको प्रावधानको नजिक रहेर बाटो खोज्दै 'पस/वालेट प्याकेट' ल्यायो । २० खिल्लीको यो प्याकेटलाई दुईओटा बनाउन सकिन्थ्यो- १३ र सातओटाका । परिणामस्वरूप चेतावनी भएको लेबल सानो प्याकेटको एकतिरमात्रै रहन्थ्यो ।
जीएचडब्ल्यूले काम नगर्नुको मनोवैज्ञानिक कारण
मनोवैज्ञानिक अध्ययनहरूले पनि चित्रमय स्वास्थ्य चेतावनीले किन काम गर्दैन भन्नेबारेमा व्याख्या गरेका छन् । चित्रमय स्वास्थ्य चेतावनीले सोझो तर्कको अवस्थामा काम गर्छः डरलाग्दा आकृतिहरूले मृत्यु र शारीरिक चोटको भय उत्पन्न गर्छ । त्यसले धारणा र व्यवहारमा परिवर्तन ल्याउँछ भन्ने साधारण बुझाइ हो । यद्यपि, मनोवैज्ञानिक अध्ययनले कुनै पनि सन्देशमा भयको उपयोग कम प्रभावकारी हुने देखाएका छन् । भययुक्त सन्देशसँग साक्षात्कार हुने धूमपानकर्ताहरूले नक्कल गर्ने संयन्त्र विकास गर्छन् ।
क) उनीहरूले आफूहरूलाई नै असर पार्ने यस्ता 'नकारात्मक समाचार'लाई स्वीकार गर्न मन पराउँदैनन् ।
ख) उनीहरूले 'रक्षात्मक पूर्वाग्रह' उत्पन्न गर्छन्: यी सन्देशहरू गलत भएको कुरालाई प्रमाणित गर्नका लागि मष्तिकमा विपरीत उदाहरण उत्पन्न गर्छन् ।
ग) अत्यन्तै विभत्स सन्देशले अतिरञ्जित जोखिम उत्पन्न गर्ने र यसको साख घट्ने देखिएको छ ।
अधिकांश मानिसहरूमा धूमपानले आत्मसम्मानको आवश्यकता पूरा गर्ने एक स्पष्ट बुझाइ पनि छ । चित्रमय स्वास्थ्य चेतावनीले धूमपान अधिक जोखिमयुक्त भएकाले मृत्युमा जोड दिन्छ र यसले धूमपानका लागि अधिक सकारात्मक दृष्टिकोण बनाउँछ ।
विभिन्न देशहरूमा लागू गरिएका चित्रमय स्वास्थ्य चेतावनीको अनुभवजन्य उदाहरणले के देखाएको छ भने विभत्स तस्वीरहरू र धुम्रपानको व्यवहारमा गिरावटबीचमा कुनै निश्चित सम्बन्ध छैन । तलको तालिकाले चित्रमय स्वास्थ्य चेतावनी लागू गर्नुपूर्व र पछिको ३ वर्षको आँकडा प्रस्तुत गर्दछ ।
चित्रमय स्वास्थ्य चेतावनी नराखिएमा सुर्तीजन्य सामग्रीको बानी कसरी छुटाउन सहयोग गर्ने ?
भयको सट्टा सकारात्मक सन्देश सुर्तीजन्य उत्पादनको खपत कम गराउनमा बढी सहयोगी देखिएको छ । सुर्तीजन्य उत्पादनको उपयोग नियन्त्रणका लागि बलपूर्वक नियन्त्रणको विधिको सट्टा सहयोगी विधि अपनाइनु उपयुक्त हुन्छ ।
हामीले के गर्नु उपयुक्त हुन्छ ?
सुर्तीजन्य उत्पादनमा अहिलेको वर्तमान शाब्दिक चेतावनी कायम राख्नुपर्छ ।
एकपटकलाई पुनर्विचार गरौं- चित्रमय स्वास्थ्य
चेतावनीले सुर्तीजन्य उत्पादनलाई निषेध गर्दैन,
बरु त्यो उपयोगकर्ताका लागि अझ बढी आकर्षक हुन्छ ।
सुर्तीजन्य उत्पादनको कुप्रभावको उच्च जोखिमा रहेका विशेगगरी किशोर-किशोरीहरूलाई समानान्तर सूचना प्रणाली (टेलिभिजन विज्ञापन आदि)का माध्यमबाट सचेत बनाउनु उपयुक्त हुन्छ ।
चित्रमय स्वास्थ्य चेतावनी नराखिएमा सुर्तीजन्य सामग्रीको बानी कसरी छुटाउन सहयोग गर्ने ?
बलपूर्वक नियन्त्रात्मक विधि
जोखिमका बारेमा सूचित गर्न स्तब्ध पार्ने खालको र भयको प्रयोग गर्नुहोस् ।
सुर्तीजन्य उत्पादनका प्रयोगकर्ता जोखिमका बारेमा जानकारीविहीन हुँदैनन् ।
सुर्तीजन्य उत्पादनको प्रभावलाई भाग्यवादी ढङ्गले स्वीकार गरिन्छ ।
स्तब्ध पार्ने सन्देशहरूले आत्मअस्वीकृति र भयोत्पन्न अस्वीकृति सृजना गर्छ ।
सहयोगी विधि
मानिसहरूलाई सुर्तीजन्य उत्पादनबारे मीठो भाषामा सम्झाउनुहोस्
सुर्तीजन्य उत्पादनका प्रयागेकर्ताहरूको सामाजिक धारणालाई चुनौती नदिनुहोस् अथवा स्तब्ध पार्ने खालको सन्देश प्रयोग नगर्नुहोस्
प्रयोगकर्तालाई बानी छाड्नका लागि गैरधम्कीपूर्ण विधि प्रयोग गर्नुहोस् । प्रयोगकर्तालाई निन्दा नगर्नुहोस्- उसलाई बानी छाड्नका लागि जिम्मेबार बनाउनुहोस् ।
प्रयोगकर्तालाई सूचना र सहयोग उपलब्ध गराउनुहोस् । उदाहरणका लागिः बानी परित्याग गर्नका लागि सुर्तीजन्य उत्पादनको प्याकेटमा 'निःशुल्क फोन नम्बर'हरूको व्यवस्था ।
पछि र पूर्व
देश परिमाण पूर्ण धूमपानकर्ता
अष्ट्रेलिया -१.३ ०५
बेल्जियम -०.१ १५
ब्राजिल -०.१ ७५
क्यानडा -३.७ -१३५
सिङ्गापुर -१.२ -४५
भेनेजुएला ०.१ ११५
Admin 2011-05-11