शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

साना मुलुकका अनुसरणीय अभ्यासहरू
जेफ्री फ्याङ्केल
दुई दशकअघि, सन् १९८० को दशकमा धेरै मानिसलाई जापानको भरभराउँदो पूँजीवादी प्रणाली नै विकासको सबभन्दा राम्रो मोडल लागेको थियो । मानिसलाई संसारका अरू मुलुकले यसलाई अनुसरण गर्नुपर्छ वा गर्नेछन् भन्ने लागेको थियो । तर, सन् १९९० को दशकमा आइपुग्दा यो जापानी मोडलले आफ्नो आकर्षण गुमायो ।

त्यस्तैगरी एक दशक अघिसम्म सन् १९९० को संयुक्त राज्य अमेरिकाको त्यस्तै चमकदमकपूर्ण पूजीवाद संसारका लागि विकास मोडलको पाठ हुन सक्ने अनुमान धेरै मानिसले गरेका थिए । जापानी मोडलजस्तै यसपटक पनि अरू धेरै मुलुकले यसलाई अवलम्बन गर्नेछन् वा गर्नुपर्छ भन्ने मानिसहरूलाई लाग्थ्यो । तर सन् २००० को दशकमा आइपुग्दा अमेरिकी मोडलले पनि आफ्नो आकर्षण गुमायो ।

अहिले सन् २०१० मा आइपुग्दा आर्थिक उन्नतिको अनुसरण गर्न योग्य मोडलको रूपमा संसारले कुन मुलुकलाई हेर्ने त ? सम्भवतः संसारको अर्थतन्त्रको मूल धारलाई होइन किनारातिर हेर्ने हो भने यसको उत्तर पाउन सकिन्छ । धेरै साना मुलुकले विभिन्न नीति र संस्थाको परीक्षण यस अवधिमा गरेका छन् जसलाई अरू मुलुकले उपलब्धिमूलक ढङ्गले अनुसरण गर्न सक्नेछन् ।

मध्य अमेरिका राष्ट्र कोष्टारिका र अप्रिmकी राष्ट्र मरिसस दुवै आफ्नो क्षेत्रका अरू मुलुकभन्दा अघि बढ्न सफल भएका छन् । यी दुवै मुलुकमा अरू धेरै निर्णयले राम्रो परिणाम दिने काम गरेका छन् । तर दुवैमा रहेको एउटा समानता के छ भने यी दुवैले स्थायी सेना हटाएका छन् । त्यसैले दुवै मुलुकको इतिहासमा सैनिक कू ले स्थान पाएको छैन । र, सेनामा खर्च हुने पैसा शिक्षा, लगानी र अरू राम्रा कुरामा प्रयोग हुन पाएको छ ।  

चिलीको खोजमूलक कार्यशैलीको शृङ्खलाका कारण दक्षिण अमेरिकी अरू छिमेकीलाई उसले विकासमा उछिनेको छ । चिलीका वित्तीय संस्थाले प्रतिचक्रीय (काउण्टरसाइक्लिकल) बजेट सुनिश्चित गर्न सकेका छन् । धेरै सरकारहरू आर्थिक उन्नतिका वेला खर्चलाई अत्यधिक बढाउँछन् र आर्थिक सङ्कटका बेला बजेट घटाउन बाध्य हुन्छन् । यसले अर्थतन्त्रमा चक्रीय उतारचढाव ल्याउँछ । तर, चिलीको प्रतिचक्रीय प्रणालीको असर कम उतारचढावपूर्ण रहेको छ ।

चिलीका वित्तीय संस्थामा दुईवटा प्रमुख तइभ्वहरू रहेका छन् :
बजेटलाई सन्तुलनमा राख्न एउटा संरचना बनाइएको छ, जसले बजेटघाटा तामाको दश वर्षअघिको सबभन्दा न्यून मूल्य भएको अवस्थाभन्दा तल लैजाने अनुमति दिँदैन वा तामाको उत्पादकत्व दीर्घघकालीन प्रवृत्ति (निश्चित गरिएको एक अङ्क) भन्दा तल हुन दिँदैन ।

तामाको मूल्यको यस्तो प्रवृत्ति र अर्थतन्त्रको उत्पादकत्वलाई अनुगमन गर्न प्राविधिकहरूको दुईवटा छुट्टाछुट्टै टोली बनाइएको छ । यी टोलीलाई राजनीतिक प्रक्रियाको असरबाट मुक्त राख्ने व्यवस्था गरिएको छ, जसले गर्दा सम्पूर्ण प्रक्रिया राजनीतिज्ञको इप्सित विचारको शिकार हुनबाट बचेको छ ।

यी संरचनाहरू कमोडिटी निर्यात गर्ने अरू मुलुकले अनुसरण गरेर आफ्ना सन्दर्भमा लागू गराउन सक्छन्, जसले गर्दा 'प्राकृतिक स्रोतको श्राप' लाई परास्त गर्न उनीहरू सफल हुन सक्छन् । उनीहरूले यसअघिको आर्थिक विस्तारका बेला प्रतिचक्रीय वित्तनीतिलाई कसरी बिर्सिए भन्ने कुरालाई हेर्दा , अमेरिका र बेलायतजस्ता विकसित मुलुकले पनि चिलीबाट केही कुरा सिक्न सक्छन् । सिङ्गापुरले विल्कुलै नौलो खालको विकासरणनीति अपनाएर धनी राष्ट्रको हैसियत आर्जन गर्‍यो । यसले अपनाएका धेरैवटा खोजमूलक अवधारणामध्ये बचत गर्न 'प्यार्टनलिष्टिक' -सरकारले नै निर्देशित गरेको प्रणाली र शहरी सवारीसाधनको चाप हटाउन अपनाइएको मूल्यसंरचना खास महइभ्वका छन् । यही अवधारणालाई पछि लण्डनमा पनि लागू गरियो ।

अरू साना तर विकसित मुलुकबाट पनि सिक्न सक्ने धेरै पाठ छन् । सन् १९८० को दशकमा न्यूजिल्याण्डको केन्द्रीय बैङ्कले संसारका अरू धेरै केन्द्रीय बैङ्कभन्दा अगाडि मुद्रास्फीति प्रक्षेपणका साथमा अरू धेरै उदारवादी सुधार कार्यक्रम लागू गर्‍यो । यसको श्रेय त्यहाँको लेबर पार्टीलाई दिनुपर्छ, जसले मध्यमार्गी प्रतिपक्षहरूभन्दा वामपन्थी झुकावका सरकारले कहिलेकाहीं आर्थिक उदारीकरणको लक्ष्यलाई बढी उदाहरणीय ढङ्गले नेतृत्व गर्न सक्छन् भन्ने अवधारणालाई स्थापित गर्‍यो ।

आयरल्याण्डले प्रत्यक्ष वैदेशिक लगानीको महइभ्वलाई संसारसामु देखायो । इष्टोनियाले सन् १९९४ मा समान करदरलाई सफलतापूर्वक लागू गरेर करप्रणाली सरलीकरण गर्नमा एउटा अनुकरणीय उदाहरण प्रस्तुत गर्‍यो । यसलाई पछि स्लोभाकिया र केन्द्रीय तथा पूर्वी यूरोपका अरू साना मुलुकले अनुसरण गरे । यस्तो अनुसरण गर्ने अन्य मुलुकमा मरिसस पनि एक थियो ।

मेक्सिकोले सन् १९९८ मा 'कण्डिशनल क्याश ट्रान्सफर' (नगद प्रवाहका लागि सशर्त नीति) प्रणालीको प्रादुभाव गर्‍यो । यस प्रणालीलाई ल्याटिन अमेरिका, एशिया र अप्रिmकाका धेरै मुलुकले पछि प्रयोगमा ल्याए । वास्तवमा मेक्सिकोले गरेको खोजपूर्ण कार्य एकै झट्कामा  गरेको दुइवटा क्रान्ति थियो । पहिलो, गरीबलाई दिने सहुलियत बालबालिकाको विद्यालय हाजिरी हेरेर दिने नीति बनाइयो । (यस  प्रणालीलाई न्यूयोर्क शहरमा पनि अपनाइएको छ ।) दोस्रो, मेक्सिकेलीहरूले विकासशील राष्ट्रहरूमा कुन नीतिले काम गर्‍यो र कुनले काम गरेन भन्ने परीक्षण गर्नका लागि एउटा नियन्त्रित प्रणालीको विकास गरे । यस प्रणालीलाई विकास अर्थशास्त्रको 'र्याण्डोमाइज्ड कण्ट्रोल ट्रायल्स' (नियन्त्रित छिटपुट परीक्षण प्रणाली) को विकासमा समेत समाविष्ट गरिएको छ ।

१९९० कै दशकमा मेक्सिकोले निष्पक्ष निर्वाचन गराउने सङ्घीय तहको संस्थाको निर्माण गर्‍यो । यसका लागि तत्कालीन राष्ट्रपति अर्नेष्टो जेडिल्लोले खास भूमिका निर्वाह गरे । यस संस्थाको साखकै कारण सन् २००६ को निर्वाचनको विवादलाई सफलतापूर्वक सल्ट्याउन मेक्सिको सफल भयो । यसको ठीक उल्टो सन् २००० को नोभेम्बरमा भएको निर्वाचनपछि यस्तो विवाद सल्ट्याउन अमेरिकामा यस्तो कुनै संरचना नभएको प्रष्ट भयो । र, राजनीतिक नियुक्ति पाउनेहरूको प्राथमिकता नै निर्णय हुने परिस्थिति बन्यो । हालसालै पनि वर्तमान राष्ट्रपति फिलिप कल्डेरोनले पनि अनावश्यक सरकारी विद्युत् संस्थालाई बन्द गराए र अत्यावश्यक ठानिएका कर, पेन्सन र अन्य क्षेत्रमा सुधारहरू गरे ।

केही विशेष संस्थागत संरचनाहरू अन्यत्र पनि लागू गर्न सकिन्छ भन्ने महइभ्व दर्शाउने सन्दर्भमा दिएका सुझावहरूको अर्थ के चाहिँ होइन भने यस्ता संस्थाहरू छुट्टै राष्ट्रिय सन्दर्भ भएका मुलुकहरूमा जस्ताको तस्तै नक्कल गरिँदा उत्तिकै प्रभावकारी हुन सक्छन् । ती देशका आर्थिक उन्नतिका लागि यी संस्थाहरू मात्रै पूर्णतः जिम्मेवार छन् भन्ने पनि होइन । वास्तवमा यिनैमध्येका केही देशहरू अहिले पनि गम्भीर प्रकृतिका समस्याहरूसँग जुधिरहेका छन् । तर, कुरा के चाहिँ हो भने, अरूलाई काम लाग्ने विकास मोडल कुनै ठूलै मुलुकबाट आउनुपर्छ भन्ने जरूरी छैन ।

साना मुलुकले पनि आफ्नो व्यापार खुला गर्न सक्छन् । तिनीहरू नयाँ विचार अपनाउन र परीक्षण गर्न ठूला मुलुकभन्दा बढी स्वतन्त्र छन् । यस्ता परीक्षणको परिणाम यदि कहीँ कतै ती असफलै भएको भए पनि हाम्रा लागि राम्रा पाठ बन्न सक्छन् ।

लेखक हार्वर्ड विश्वविद्यालयको जोन अफ क्यानेडी स्कूल अफ गभर्नमेण्टका प्राध्यापक हुन् । साभारः प्रोजेक्ट सिण्डिकेट