शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

निष्ठाको सङ्घर्षमा सहकारी


सहकारी एउटा नितान्त व्यावसायिक सङ्गठन हो, जो समुदायको अभिन्न अङ्ग भएर सञ्चालित हुन्छ । सहकारी समतापूर्ण वितरण प्रणालीको सबैभन्दा उत्कृष्ट माध्यम हो ।


राजेन्द्र पौड्याल


विश्वका प्रायः सबै देशको वैभवमा सहकारीको योगदानलाई कम आँकलन गर्न सकिँदैन । त्यसैले नेपालको आर्थिक–सामाजिक विकासका लागि पनि सहकारीको सृजनात्मक पहलकदमी आवश्यक छ । विकासको सामान्य शर्त नै चेतनाको विकास हो । यसलाई सहकारीका अन्तरराष्ट्रिय सिद्धान्त तथा मल्ू य, मान्यताहरूल े अङग् ीकार गरके ा छन ् । सहकारीलार्इ दिगा,े भरपर्दा े र परिणाममखु ी बनाउन स्पष्ट अवधारणा, मापदण्ड, नीति, ऐन, नियम, विधि प्रक्रिया, व्यावहारिक कार्ययोजना, प्रभावकारी सूचना र व्यवस्थित सङ्गठन आवश्यक छन् । तर, नेपाली सहकारी आन्दोलन भने यी आधारभूत पक्षहरूलाई ख्याल नगरिएको र उचित समन्वय नभएको अवस्थामा छ । सहकारी अभियानको गुणात्मक विकासमा प्रमुख बाधकका रूपमा यही अवस्था रहेको छ । यसबाट सहकारीका नीति निर्माता एवम् सम्बन्धित नेताहरूको चेतनाको स्तर मापन गर्न सकिन्छ ।


आमजनताले आफ्नै सक्रियतामा आफ्नै हितका खातिर व्यवसाय गर्न े माध्यमका रूपमा गठन भएका सहकारी समुदायप्रिय हुन्छन् । यसका आफ्नै मौलिक परिभाषा, मूल्य र सिद्धान्त छन् । विश्वमा सहकारी छुट्टै दर्शनका रूपमा स्थापित छ । सहकारी भावना, मूल्य र सिद्धान्तको पालना हुने गरी सञ्चालन भएका व्यवसाय नै सही अर्थमा सहकारी हुन् । गहन अध्ययन र व्यावहारिक प्रयोगविना सहकारीको परिभाषा, मूल्य र सिद्धान्तको अन्तरवस्तुलाई बुझ्न जटिल छ । किनभने सहकारी सङ्गठनमा आबद्ध नभएका वा नभिजेका कतिपय प्रवुद्ध व्यक्तित्वहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबाट पनि यी कुरा सहजै थाहा पाइन्छ । सहकारीको परिभाषा, सिद्धान्त एवम् मूल्यहरू पढेर मात्र बुझ्न नसकिने रहेछ । व्यावहारिक प्रयोग र अभ्यासबाट निस्किएका नतीजाले नै उक्त विषयका े मापन हदँु ा े रहछे । नपे ालका े वतर्म ान सहकारी अभ्यासबाट समग्रमा निस्केका नतीजामा अन्तरराष्ट्रिय सिद्धान्त, परिभाषा र मूल्य अपेक्षित रूपमा प्रतिविम्बित भएको देखिँदैन ।


सहकारीको सही अभ्यास नहुने हो भने सरकार वा सहकारी आन्दोलनले जतिसुकै आकर्षक कार्यक्रम र योजना निर्माण गरे पनि त्यसले कुनै अर्थ राख्दैन । त्यस्तो अवस्थामा सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बा होइन, पहिलो खम्बा भने पनि त्यसले कनु ै अर्थ राख्दनै । सहकारी चिन्तकहरूल े बभु mन् पु र्न े प्रमुख कुरा सहकारी बनाएर खम्बा हुने होइन, त्यो त भूिमकाल े हनु े हा े । भूिमका र यागे दानल े न ै सहकारीले अर्थतन्त्रमा आफ्नो हैसियत बनाउने हो । लहडबाजी र सस्तो नाराले परिणाम निस्कने होइन । निजी वा अन्य क्षत्रे सगँ प्िरतस्पर्धा गनर्भे न्दा आफ्नै स्थानीय तहदेखि अन्तरराष्ट्रियस्तरसम्म विशाल सञ्जाल भएको सङ्घीय संरचनालाई बलियो बनाएर सबै पक्षलाई सँगै लिएर अघि बढ्ने क्षेत्र हो सहकारी । यसै सन्दर्भमा भारतीय नेता जवाहरलाल नेहरूले भनेका छन्– हरेक गाउँ र सम्भव भएका सबै ठाउँमा सहकारी आन्दोलनको गतिविधि तीव्र रूपले विकास गर्न ु र यसलार्इ सम्पणर््ू ा दशे का े साझा विचार बनाउने मेरो उद्देश्य हो । आज छिमेकी देश भारतको विश्व समुदायमा छुट्टै पहिचान स्थापित भएको छ । यसको पृष्ठभूमिमा यस्ता महान् नेताका दूरदृष्टिकोण, योजना र सहकारीको मुख्य योगदान रहेको छ ।


उत्पादन, वितरण र उपभोगको पद्धतिलाई जुनजुन देशले सहकारी सङ्गठनहरूमार्फत उपयोग गरे ती देशमा समान वितरण प्रणाली एवम् सामाजिक न्याय स्थापना हुन पुग्यो । विशेषगरी, कृषिजन्य उत्पादनको मूल्य अभिवृद्धि गरी उत्पादकलाई उत्पादनको उचित मूल्य दिलाइदिने महइभ्वपूर्ण काम सहकारीहरूले गरे । जबसम्म उत्पादकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्दैन, तबसम्म आर्थिक विकास कोरा कल्पना मात्र हुन सक्छ । यसको अर्थ अनावश्यक वितरणका तहगत माध्यम (च्यानल)लाई विस्थापन गरी उत्पादन, वितरण र उपभोगको पद्धति (सहकारी संस्कृति)लाई बढावा दिएमा मात्र उत्पादक र उपभोक्ताको हित हुन सक्दछ भन्ने हो । र, यो विषय राज्यको मुख्य प्राथमिकता बन्नुपर्दछ । यसका लागि सहकारी नै एक मात्र उत्कृष्ट मोडल हो । श्रमिकका े श्रमलार्इ पजूँ ीमा रूपान्तरण गर्न े उत्कृष्ट माध्यम सहकारी हो । त्यस्तै, जनस्तरसम्मको सहज पहचँु का े बलिया े सरं चना भएका े माध्यम पनि हो । छरिएर रहेका सबैखाले साधन, स्रोतको एकीकरण गरी स्थानीयस्तरमा अधिकतम उपयोग गर्न सकिने उत्कृष्ट माध्यम हो सहकारी । सहकारी एउटा नितान्त व्यावसायिक सङ्गठन हो, जो समुदायको अभिन्न अङ्ग भएर सञ्चालित हुन्छ । सहकारी समतापूर्ण वितरण प्रणालीको सबैभन्दा उत्कृष्ट माध्यम हो । शायद यसैका कारणले नै होला सहकारीको लोकप्रियता र दह्रो पहिचान विश्वभरि फैलिएको छ । सबै जात, जाति, धर्म, सम्प्रदाय, पेशा, लिङ्ग, राजनीतिक आस्था र विभिन्न क्षेत्रका मानिसहरूबीच नितान्त मानवीय सम्बन्ध र व्यावसायिक मान्यतामा सृष्टि हुने सङ्गठनको विशिष्ट रूप सहकारी हो ।


सहकारीका अवधारणा, मूल्य र सिद्धान्तहरू एउटा मीठो आदर्शवादी परिकल्पना हुन्, जो व्यवहारमा लागू गर्न सकिँदैन भन्नेहरू पनि छन् । त्यस्तो विचारलाई सहकारीको वैज्ञानिक अवधारणा, मूल्य तथा सिद्धान्तका आधारमा सञ्चालित सहकारी संस्थाहरूले गलत सावित गरिदिएका छन् । यस किसिमका उदाहरण र नमूना विकासशील मुलुकको वैभवमा महइभ्वपूर्ण यागे दान गर्न े सहकारी सङग् ठनहरूलार्इ हर्ने सकिन्छ । आत्मसहयोग, स्वनियमन, स्वायत्तता, ऐक्यबद्धता, इमानदारी, सामाजिक चासो सहकारीका मूलभूत चरित्र हनु ् । सहकारीलार्इ सामाजिक न्यायसहितको आर्थिक व्यवहार भन्ने गरिन्छ । सहकारीहरू आफै अघि सरेर सामाजिक उत्तरदायित्व बहन गर्दछन् । सहकारिता मानवीय आवश्यकता, जटिलता एवम् चुनौतीबीच जन्मने गरेको उदाहरण प्रशस्तै छन् । लोककल्याणकारी उद्देश्यसहित गठित कतिपय सहकारीहरू प्रारम्भमा आशालाग्दा देखिए पनि केही समयपश्चात् व्यक्तिवादी सोच र अशिक्षाका कारण धराशयी भएका छन् । उपयुक्त समयमा सही निर्णय नहदँु ा धरे ै ठलू ा अवसर गम्ु द ै जान े र स्पष्ट मापदण्ड नहदँु ा भएका कहे ी उपलब्धि पनि चनु ातै ी बनके ो वतर्म ान स्थिति छ । यही स्थितिप्िरत गारै व गर्न े वतर्म ान अभियान र राज्यको चेतनाले अहिलेको नेपालको सहकारी आन्दोलन चिन्ताग्रस्त छ । यथास्थितिमा नै केही राम्रो भइहाल्नेछ भन्ने सोचाइ वा आशा राख्नु स्वाभाविक हो । तर, वर्तमान परिवेशमा सहकारी आन्दोलन उचित गन्तव्यतर्फ अघि बढाउन धेरै काम गर्न बाँकी छ । यस्ता विविध चुनौती र समस्याको बीचबाट सहकारीलाई सग्लो रूपमा अघि बढाउन सम्बद्ध पक्ष जुझारु एवम् जागरुक हुनुपर्दछ ।


सहकारी असफल हुन सक्छन् तर सफल हुनै पदर्छ । सहकारिता सिक्द ै वा अभ्यास गर्द ै जान े विषय भएकाले गलत अभ्यासबाट सृजित परिणामबाट हामी निराश हनु हु दँु नै । अन्तरराष्टिय« सहकारी महासङ्घ (आईसीए)का अध्यक्ष पुलिन ग्रीनले पनि सहकारिताको विकल्प अरू हुन नसक्ने कुरा बताएकी छन् । उनकै शब्दमा ‘सहकारी समाजिक– आर्थिक विकासको वैकल्पिक होइन, उत्कृष्ट मोडल हो । सहकारीको विशिष्टता नै राजनीतिक र धार्मिक तटस्थता हा े ।’ सहकारील े कसकै ा े विराधे गदर्नै । विराधे गर्छ त अस्पष्ट एवम् अवैज्ञानिक नीतिनियमको । राज्यले स्पष्ट नीतिनियम एवम् पूर्वाधार र प्रभावकारी सचू नाका लागि सहयागे गनर्पु दर्छ । अस्वाभाविक अनि अप्राकृतिक अपरिपक्व राजनीतिक व्यवहारले सृजना गरेका जातीय विभेद, विखण्डन, असमान वितरण प्रणाली एवम् अन्यायपूर्ण सामाजिक संरचना भएको विद्यमान परिस्थितिमा सहकारीबाट अपेक्षा गरिएका यावत् विकासका सम्भावना तत्काल पूरा हुन सक्दैनन् । तर, पनि हाम्रोजस्तो मुलुकको समग्र हित सहकारीमा नै निर्भर छ । समूह र सामाजिकतामा मिलेर बस्न, व्यवहार गर्न, परिर्वतन गर्न समग्रमा आर्थिक–सामाजिक विकास गर्न सहकारी एक उत्कृष्ट मोडल भएकाले सबै सहकारीकर्मीहरूले नेपाल र नेपालीको भविष्य सहकारीमा नै निर्भर रहेको थाहा पाइसकेका छन् । त्यसैले राष्ट्रिय अखण्डता, स्वाधीन अर्थतन्त्र एवम् सार्वभौमिकताका लागि सहकारिता नै एक मात्र आशाको केन्द्र बन्दै गइरहेको छ ।


अन्तरराष्ट्रिय सहकारी मूल्य र सिद्धान्तको व्यावहारिक प्रयोग नै आर्थिक–सामाजिक रूपान्तरणको पृष्ठभूमि हो । यसैलाई सहकारीको सही अभ्यास भनिन्छ । राज्यले पनि सहकारीको सही अभ्यासका लागि पूर्वाधार निर्माण, जनस्तरमा प्रभावकारी सूचना सम्पष्े्र ाण एवम ् व्यावसायिक शिक्षा तथा तालीमको व्यवस्था गरिदिनुपर्दछ ।


लेखक मनास्लु बहुउद्देश्यीय सहकारी संस्था लि,
ललितपुरका अध्यक्ष हुन् ।