शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेपाली बैङ्किङ क्षेत्रमा विदेशी सहभागिता


गुरूप्रसाद पौडेल सक्षम र सुदृढ मानिने यी विदेशी बैङ्कले घरेलु मुलुकका सक्षम, मुनाफायोग्य र सुदृढ खालका ऋणी तथाग्राहकहरूलाई आफ्नो पोल्टामा पारेपछि तुलनात्मक रूपमा कमजोर ऋणी तथा ग्राहक मात्र घरेलु बैङ्कमा रहन्छन् ।


नेपालका ३१ ओटा वाणिज्य बैङ्कमध्ये सातओटामा वैदेशिक सहभागिता छ । यस्तो सहभागिता चुक्ता पजूँ ीका े सबभै न्दा बढी ७५ प्िरतशत स्ट्याण्डर्ड चाटर्र्ड बैङ्कमा छ भने सबैभन्दा कम १३ प्रतिशत एनएमबी बैङ्कमा छ । त्यस्तै, नेपाल एसबीआईमा ५५ प्रतिशत, नबिल बैङ्कमा ५० प्रतिशत, नेपाल बङ्गलादेश बैङ्कमा २५ प्रतिशत विदेशी लगानीकर्ताको हिस्सा छ । हिमालयन बैङ्क र एभरेष्ट बैङ्कमा २०–२० प्रतिशत यस्तो लगानी छ ।

 

 

 


नपे ालमा वाणिज्य बङै क् का े चत्तु mा पजूँ ी रू. २ अर्ब हनु पु र्न े नीतिगत व्यवस्था छ । २०६८ असार मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा सबै वाणिज्य बङै क् हरूका े कलु चत्तु mा पजूँ ी रू. ५८ अर्ब छ । त्यसमध्ये उल्लिखित सात बैङ्कमा वैदेशिक लगानी रू. ४ अर्ब ६० कराडे रहके ा े छ । स्थापना हदँु ा वैदेशिक साझेदारीमा खुलेर पछि शतप्रतिशत स्वदेशी हुन पुगेका तीनओटा बैङ्क छन् । ती सबैलाई मिलाउँदा हामीकहाँ १० ओटा बैङ्कमा विदेशी साझेदार भित्रिएका हुन् । नेपाल इन्भेष्टमेण्ट बैङ्क (शुरूको नेपाल एण्डोस्वेज बैङ्क), बैङ्क अफ काठमाण्डू र एनसीसी बैङ्क (शुरूको बैङ्क अफ सिलोन)मा वैदेशिक साझेदारले आफ्नो शेयर अंश केही समयपछि नेपाली समूहलाई विनिवेश गरेका थिए । यसरी हेर्दा हाम्रो बैङ्किङ क्षेत्रसँग वैदेशिक साझेदारीमा बैङ्क खोल्ने, सँगसँगै बसेर बैङ्क व्यवस्थापन हाक्ँ न े र सहयात्रा भङग् गर्न े तीनआटे ै अनुभव छन् ।


बैङ्क तथा वित्तीय संस्थासँग सम्बन्धित ऐन, कानून तथा नेपाल राष्ट्र बैङ्कबाट जारी नीतिगत व्यवस्थालाई हेर्दा विदेशी लगानीकर्ताले नेपालको बैङ्किङ क्षेत्रमा विभिन्न स्वरूपमा लगानी गर्न सक्ने देखिन्छ । नेपालले विश्व व्यापार सङ्गठनमा प्रवेश गर्दा स्वीकार गरेका शर्तबमोजिम सेवाक्षेत्रमा लगानीको यो दायरा अझ बढाइएको छ । सन् २०१० जनवरीदेखि विदेशी बैङ्कहरूले नेपालमा शाखा कार्यालय खोली थोक बैङ्किङ गर्न पाउने भएका छन् । त्यस्ता बैङ्क शाखाहरूले नेपालको वित्तीय बजारमा प्रवेश गर्दा अपनाउनपु र्न े पा्रवधान, गर्न पाउन े काराबे ारका े पक्र ृित एवम ् समगम्र ा अपनाउनपु र्न े मापदण्डका सम्बन्धमा आवश्यक निर्देिशका राष्ट « बङै क् ल े तयार गरी आफन् ो वेबसाइटमा राखिसकेको छ । यस अर्थमा नेपालको वित्तीय बजार अरू बढी विदेशी बैङ्क तथा वित्तीय संस्थाको आगमनलाई स्वागत गर्न तत्पर छ । तर, हालसम्म शाखा सञ्चालन गर्न े मनसायल े कनु ै पनि विदेशी बैङ्कले निवेदन दिएका भने छैनन् । नेपालको मौजुदा कानूनी व्यवस्थाअनुसार विदेशीहरूले नेपालको एउटा बैङ्क तथा वित्तीय संस्थामा लगानी गरिसकपे छि अकार्मे ा साझदे ारी गर्न नपाइन े व्यवस्था छ । विदेशी रणनीतिक साझेदार भियभयाउने एवम् विदेशी बैङ्कहरूले एक्विजिशन गर्न सक्ने सम्बन्धमा कानूनी व्यवस्था मौन छ । तापनि विदेशी संस्थाले कुनै एउटा बैङ्कमा न्यूनतम २० देखि अधिकतम ८० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था कानूनमा छ ।


विश्व अर्थतन्त्रमा देखापरेको उदारीकरण तथा विश्वव्यापीकरणल े सबभै न्दा बढी पभ्र ाव पर्न े क्षत्रे मध्ये बैङ्किङ पनि एक हो । मुलुकको वित्तीय प्रणालीलाई सक्षम र प्रतिस्पर्धी बनाउन विभिन्न देशले वित्तीय उदारीकरण शुरू गरेका छन् । विकासोन्मुख देशहरूले शरूु म ै पजूँ ी खाता परिवत्यर्ल ार्इ स्वीकार गर्दा पर्न सक्ने अप्ठ्याराहरूलाई विचार गरी वित्तीय उदारीकरणलाई पहिलो रोजाइमा पारेका हुन् । हामीकहाँ सन् ८० को दशकसम्म चारओटा मात्रै बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा थिए । मुलुकले अवलम्बन गरेको उदारीकरण एवम् बैङ्क नियमन प्रणालीमा ल्याइएको खुकुलोपनाको परिणामस्वरूप वैदेशिक साझेदारी एवम् निजीक्षेत्रका बैङ्कहरूको प्रवेश शुरू भयो । यसको शुरुआत विसं २०४१ मा नेपाल अरब बैङ्क लि. (हालको नबिल बैङ्क)ले गरेको थियो । विदेशी बैङ्कहरूको प्रवेशले मुलुकमा विदेशी लगानी भियभयाउने कार्यमा सहयोग पु¥याउँछन् । यस्ता बङै क् हरूका े पव्र शे ल े पजूँ ी र प्िरवधिका साथ ै विदशे ी लगानीलार्इ सुिनश्चिता पद्र ान गर्न े हनु ाल े स्थायी प्रकृतिका लगानी भियभयाउन सघाउँछ । यही कारणले गर्दा वैदेशिक बैङ्कहरूको उपस्थिति संसारभर ≈वात्तै बढेको हो । विश्व बैङ्कको एक अध्ययनअनुसार कम विकसित मुलुकहरूमा सन् १९९५ मा कुल बैङ्किङ सम्पत्तिमध्ये विदेशी बैङ्कको अंश १९ प्रतिशत मात्रै रहेकोमा सन् २००० मा आइपुग्दा ४२ प्रतिशत पुगेको छ । त्यसैगरी, यस्ता बैङ्कहरूले ती देशमा प्रवाह गरेका कर्जालगायत सम्पूर्ण दाबी ती देशहरूको कुल गार्हस्थ्य उत्पादनको २६ प्रतिशतसम्म पुगेको देखाइएको छ ।


कुनै पनि मुलुक साधन र स्रोतले पूर्ण सम्पन्न हुन सक्दैन । तर, अल्पविकसित मुलुकहरूले प्रकृतिले निःशुल्क दिएका स्रोतको समेत उपयोग गर्न सकेका हदँु नै न ् । यसा े हनु कु ा े पम्र खु कारण भनके ा ेअपयापर्् त पजूँ ी र प्रविधि हो । तर, औद्योगिक तथा विकसित राष्ट्रको साधन, स्रोत र प्रविधिले उपयुक्त अवसर खोजिरहेको हुन्छ । अवसरको खोजीमा रहेका यी अन्तरराष्ट्रिय पजूँ ी र प्िरवधिलार्इ विश्वव्यापीकरण र उदारीकरणले अन्य देशहरूमा सहज उपस्थित गराइदिन्छ । वैदेशिक साझेदारी र लगानीमा खुल्ने यस्ता बैङ्कहरूले ती पजूँ ी र प्िरवधि भियभयाउन सते कु ा े काम गदर्छ न ् । घरले ु बैङ्कहरूलाई सक्षम तथा प्रतिस्पर्धी बनाउन, लागत घटाउन, नवीनतम प्रविधिको उपयोग गरी काममा छिटोछरितोपन ल्याउन विदेशी बैङ्कहरूको उपस्थिति सहायक मानिन्छ । साथै, अन्तरराष्ट्रिय स्तरका बैङ्किङ औजारहरू प्रयोग गरी ग्राहकलाई बढीभन्दा बढी सुविधा दिन विदेशी बैङ्कहरूको उपस्थिति आवश्यक छ भनिन्छ । विदेशी बैङ्कहरूको पक्षमा बोल्नेहरू त्यस्ता बैङ्कको उपस्थितिले घरेलु नियमनकारी निकायहरूलाई अन्तरराष्ट्रियस्तरका नियमनहरू जारी गर्न दबाब दिने तथा यो क्षेत्रलाई पारदर्शी बनाउन बाध्य पार्न े बताउछँ न ् ।


तर, विदेशी बैङ्कहरूका लाभ मात्रै छैनन् । विदेशी बैङ्कहरूको प्रवेशको उचित व्यवस्थापन हुन नसकेमा अभिशाप पनि बन्न सक्छ । विदेशी सक्षम र विशाल बैङ्कहरूको आगमनले तुलनात्मक रूपमा कम विकसित घरेलु बैङ्कहरूलाई चौपट पार्न सक्छ । सक्षम र सुदृढ मानिने यी विदेशी बैङ्कले घरेलु मुलुकका सक्षम, मुनाफायोग्य र सुदृढ खालका ऋणी ग्राहकहरूलाई आफ्नो पोल्टामा पारेपछि तुलनात्मक रूपमा कमजोर ऋणी ग्राहकहरू घरेलु बैङ्कमा रहन्छन् । त्यसो हुनाले राम्रो बजार अंश तिनीहरूले खोसी दिन्छन् । त्यस्ता बैङ्कहरूले घरेलु मुलुकको प्राथमिक क्षेत्र तथा उक्त मुलुकको सामाजिक–सांस्कृतिक पक्षको अहित हुने गरी कर्जा प्रवाह गरिदिन सक्छन् । त्यति मात्रै होइन, यिनीहरू अन्तरराष्ट्रियस्तरका विभिन्न वित्तीय दुर्घटनाका प्रवाहक बन्न सक्छन् । त्यसले अन्ततः मुलुकको आर्थिक क्षेत्रलाई नै तहसनहस पारिदिन सक्छ । त्यसो भनेर आजको यो युगमा विदेशी पूँजी तथा प्रविधिलाई नकार्न सकिँदैन । बलियो र स्थायी सरकार, कडा नियमन, पारदर्शिता तथा सुशासनको प्रत्याभूतिबाट यस्ता समस्याहरू व्यवस्थापन गर्न नसकिने भने होइन ।


वैदेशिक लगानी तथा वैदेशिक साझेदारीलाई विदेशी अतिक्रमणका रूपमा हेरिने परम्परागत सोचलाई विश्वव्यापीकरण र आर्थिक उदारीकरणले बदलिदिएको छ । साधन र स्रोतको अभाव रहेको हामा्रजे स्ता े मलु कु मा बाहिरबाट पजूँ ी तथा प्िरवधिलाई भियभयाउने र त्यसको यथोचित प्रयोग गर्न सक्नुपर्छ । त्यसो भएमा मुलुक र मुलुकबासीले चाँडै नै परिवर्तनको महसूस गर्न सक्छन् । बृहत् भौतिक पूर्वाधार तथा हाइड्रोपावरलगायतका उत्पादनमूलक उद्योगमा लगानी गर्न निकै ठूलो धनराशीको आवश्यकता पर्दछ । उदाहरणका लागि १ मेगावाट विद्युत् उत्पादनका लागि कम्तीमा रू. २० करोड लाग्ने अनुमान छ । हामीकहाँ माजै दु ा बङै क् का े पा्रथमिक पजूँ ीआधारअनसु ार एउटा वाणिज्य बैङ्कले बढीमा रू. १ अर्ब लगानी गर्न सक्छ । त्यसबाट जम्मा ५ मेगावाट विद्युत् उत्पादन हुन सक्छ । यस्तो अवस्थामा हाम्रो देशका लागि अपुग करीब ९ सय मेगावाट विद्युत् उत्पादन गर्न निकै धेरै धनराशीका े आवश्यकता पर्न े देिखन्छ । त्यसका लागि बहृ त ् कर्जा लगानी गर्न सक्न े ठलू ा े पजूँ ी आधार भएका बैङ्कहरूको आवश्यकता हुन्छ । विदेशी लगानीका बैङ्क तथा विदेशी साझेदारीमा मात्र त्यो सम्भव हुन सक्छ ।


लेखक नेपाल राष्ट्र बैङ्मा कार्यरत छन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।