वैयक्तिक चिकित्सा : सम्भावना कि हल्ला ?
जब बायोमार्करको आधारमा औषधि स्वीकृत हुन्छन्, तिनको स्वीकृत प्रयोग अझ बढी नियन्त्रणात्मक हुन सक्छ अर्थात्, उक्त औषधिलक्षित बिरामीको सङ्ख्या घट्न सक्छ ।

हेनरी आई. मिलर
हालैका दशकहरूमा ‘सबैलाई एउटै साइज’ शैलीको उपचार दिने परम्परा वैयक्तिक अर्थात् पर्सनलाइज्ड सेवाको रणनीतितर्फ केन्द्रित भएको छ । परिणामस्वरूप, बिरामीलाई तिनका वंशानुगत प्रकृति वा रोगको उपसमूहको आधारमा सर्वाधिक उपयुक्त औषधि दिन सकिने भएको छ ।
त्यसबाट कुनै खास व्यक्तिविशेषलाई गम्भीर दुष्परिणाम (साइड इफेक्ट) गराउन सक्ने औषधि वा त्यसको मात्राबाट जोगाउन चिकित्सकहरूलाई सजिलो भएको छ ।
अर्काे शब्दमा भन्ने हो भन,े एउटै रोग र लक्षण भएका फरक बिरामीलाई गरिने उपचार पनि विभिन्न अनुमान र पूर्वनिदानात्मक अर्थात् प्रोग्नोष्टिक परीक्षणबाट निर्धारण हुनेछ । उदाहरणका लागि, यस्ता परीक्षणमा सम्बन्धित बिरामीको क्यान्सर कोषिकाहरूको जीवांश अर्थात् डीएनए मापनसमेत हुन सक्छ ।
तर, यस्ता उच्च प्रविधियुक्त उपाय बिरामीका लागि वरदान नै हुन सक्ने भए तापनि औषधि कम्पनीको मुनाफामा चाहिँ नोक्सान पनि पुग्न सक्छ । त्यसका गहन कारणहरू छन् । वैयक्तिक औषधि उपचारले डीएन मापन तथा औषधिको सङ्ग्राहक (रिसेप्टर) को उपस्थिति वा अनुपस्थितिजस्ता जैविक सूचक अर्थात् ‘बायोमार्कर’ पहिचान गरेर उपचार पद्धतिको निक्यार्ले गर्छ ।
त्यसका साथै यस्तो पद्धतिबाट बिरामीका लागि चिकित्सकीय हस्तक्षेप कत्तिको प्रभावकारी होला भन्ने पूर्वानुमान गर्न पनि सजिलो हुन्छ । यो कुनै नयाँ अवधारणा भने होइन । जस्तो कि, जीसिक्स पीडी भनिने इञ्जाइमको कमी हुने वंशानुगत समस्या भएका बिरामीलाई कतिपय औषधिले कडा र स्थायी रक्त अल्पता पनि गराउन सक्छ भन्ने दशकांै अघिदेिख नै जानकारी छ ।
त्यसैगरी, रक्तसञ्चार प्रणालीमा बाँकी रहेको औषधिलाई त्यहाँबाट निष्काशन गर्ने क्षमता जातिविशेष र व्यक्तिअनुसार फरक पर्छ । किनभने, औषधिको चयापचय (मेटावोलाइजेशन) वा मिहिनीकरणमा भूमिका निर्वाह गर्ने इञ्जाइम वा पाचन रसको क्रियाकलाप जातिविशेष वा व्यक्तिपिच्छे फरक हुन्छ । यो निकै महत्वपूर्ण कुरा हो किनभने, उच्च चयापचय भएकाहरूमा भन्दा न्यून चयापचय हुनेहरूले कतिपय औषधिलाई रक्त प्रणालीबाट ढिलो हटाउने भएकाले धेरै समयसम्म तिनका प्रणालीमा औषधिको मात्रा बढी नै रहिरहन्छ । त्यसैले उही औषधि न्यून चयापचय हुनेलाई बढी मात्राको अर्थात् ओभरडोज हुन सक्छ भने उच्च चयापचय हुनेलाई भने न्यून मात्राको हुन सक्छ ।
पूर्वनिदानात्मक जैविक पहिचान (प्रोग्नोष्टिक बायोमार्कर)मार्फत क्यान्सरको उपचारमा व्यापक परिवर्तन आइरहेको छ । ‘एरबिटक्स’ र ‘भेक्टिबिक्स’जस्ता औषधिले ‘क्रास’ भनिने वंशाणुको सामान्य प्रतिरूप रहेका ट्यूमरमा मात्र काम गर्छन् ।
यदि ‘क्रास’को संरचनामै परिवर्तन अर्थात् म्यूटेशन भइसकेको रहेछ भने औषधि प्रभावहीन हुन्छ । यस्ता म्यूटेशनका कारणले नै ३० देखि ४० प्रतिशत बिरामीमा औषधिले काम गदर्नै । त्यसगै री, ‘ब्राफ’ भनिने अर्काे वंशाणुमा हुने म्यूटेशनका कारण थप १२ प्रतिशत बिरामीमा औषधिले काम गर्दैन । क्यान्सर बिरामीका वंशाणुबारेको यस्ता महत्वपूर्ण जानकारीबाट बिरामीलाई अनावश्यक औषधि खर्च र तिनका दुष्प्रभावबाट जोगाउन सकिन्छ ।
औषधोपचारको प्रभावकारिता बढाउनु तथा दुष्प्रभाव घटाउनु निश्चित रूपले डाक्टर, बिरामी र बीमा कम्पनीहरूका लागि वरदान सावित हुनेछ । तर, औषधि कम्पनीहरूका लागि पनि दीर्घकालमा वैयक्तिक उपचार पद्धति उपयुक्त हुन्छ कसरी ? ‘बायोमार्कर’को उपस्थितिले गर्दा औषधि कम्पनीहरूलाई औषधिको प्रभावकारिताबारे अझ सानो र अझ निर्दिष्ट परीक्षणात्मक अध्ययन (क्लिनिकल स्टडी) गर्न सजिलो हुनेछ ।
जुनसुकै प्रयोगमा पनि एउटा आधारभूत मान्यता के हुन्छ भने प्रयोग गरिने व्यक्तिको सङ्ख्या वा प्रयोगको सङ्ख्या जति धेरै हुन्छ, उति नै अध्ययनको परिणामबारे बढी सुनिश्चित हुन सकिन्छ । बाहिरी हस्तक्षेपको ठूलो प्रभाव हुने अवस्थामा बाहेक साना अध्ययनका परिणाममा प्रायः ठूला अनिश्चितता हुन्छन् । ‘बायोमार्कर’को भूमिका नै त्यहीँनेर छ । तिनले औषधि कम्पनीलाई त्यस्ता क्लिनिकल स्टडी गर्न सहयागे गर्न े छन,् जसबाट औषधि र औषधिसँग तुलना गरिने तत्व (प्रायःजसो निस्कृय पदार्थ अर्थात् प्लेसिबो तर कतिपय अवस्थामा अन्य उपचार नै पनि हुन सक्छन् बीचको उच्च ‘तुलनात्मक उपचार भिन्नता’ अध्ययन गर्न सजिलो हुनेछ ।
यसप्रकार जब बायोमार्करको आधारमा औषधि स्वीकृत हुन्छन्, तिनको स्वीकृत प्रयोग अझ बढी नियन्त्रणात्मक हुन सक्छ अर्थात्, उक्त औषधिलक्षित बिरामीको सङ्ख्या घट्न सक्छ । उदारहणका लागि, जोर्नी सुन्निने रोग अर्थात् ‘आथ्राइटिस’का दर्जनांै विभिन्न कारण हुन सक्छन् ।
त्यसैले आथ्राइटिससँगै सोरिआसिस वा गाउटसमेत भएकालाई हुने औषधिको त्यति व्यापक र्माकेटिङ हुँदैन , जति आथ्रा इटिस मात्रै भएकोमा प्रयोग हुने औषधिको हुन्छ । तर, वास्तविकता यो भन्दा निकै जटिल छ । औषधिको सुरक्षितता र प्रभावकारिताको मूल्याङ्कन सँग सगँै हँुदैन । त्यसैले सानो र परिष्कृत प्रायोगिक परीक्षण (क्लिनिकल ट्रायल)ले नै औषधि प्रभावकारी रहेको प्रमाण दियो भने पनि नियामकहरूले औषधिको सुरक्षितताबारे अझ विस्तृत अध्ययनको खाँचो आंैल्याउन सक्छन् ।
औषधि र खोपको सुरक्षितताबारे पर्याप्त परीक्षण गरिँदैन भन्ने आरोपका कारण नियामकहरू झन् बढी प्रतिरक्षात्मक देखिएका छन् । त्यसैले हालैका वर्षमा सुरक्षितताप्रति अतिसंवेदनशील नियामकहरूले औषधिको प्रतिक्रियास्वरूप विरलै देखिन सक्ने दुष्परिणामका लागि पनि व्यापक र अत्यन्त महँगा तथा धेरै समय लाग्ने क्लिनिकल ट्रायलको माग गर्दै आएका छन् ।
जस्तो कि, अमेरिकामा रोटाभाइरस (केटाकेटीमा साधारणतया देखिने र कतिपय अवस्थामा घातक हुन सक्ने पेटको सङ्क्रण) विरुद्धको खोप स्वीकृत हुनुअघि ७२ हजार केटाकेटीमाथि परीक्षण गरिएको थियो, र माकेटिङपश्चात्को अध्ययनमा थप ४० हजारभन्दा बढीमा परीक्षण गरियो । त्यस्तै, ≈युमन पापिलोमा भाइरसको सङ्क्रमण र पाठेघरको क्यान्सर रोकथाम गर्ने खोपको झण्डै ३० हजार युवा महिलामाथि परीक्षण गरिएको थियो । त्यस्ता अध्ययन निकै खर्चिला हुन्छन्, र जुनसुकै मापदण्डअनुसार पनि त्यस्ता अध्ययनमा समाविष्ट बिरामीको सङ्ख्यालाई अत्यधिक मान्नु पर्छ ।
यसप्रकार वैयक्तिक चिकित्सा प्रणालीका अल्पकालीन असर सकारात्मक नै हुन सक्ला । तर, थुपै्र क्लिनिकल ट्रायलबाट के देखिएको छ भने नयाँ औषधिको सुरक्षितता प्रमाणित गर्न गरिने व्यापक स्तरको क्लिनिकल ट्रायलका कारण औषधि निर्माताहरूले ठूलो विकास खर्च बेहोर्नु पर्ने हुन्छ । यस्तो विकास खर्च औषधि निर्माताहरूले उठाउनै नसक्ने गरी धेरै पनि हुन सक्छ । (हाल, अमेरिकी नियामकद्वारा स्वीकृत पाँचमध्ये एक औषधिले मात्र तिनका विकास खर्च उठाउन सकेको देखिन्छ) । यस्तो अवस्थालाई दीर्घकालसम्म धान्न सकिँदैन ।
यदि समाजले वैयक्तिक चिकित्साबाट अधिकतम फाइदा लिने हो भने कम्पनीहरूलाई त्यस दिशामा प्रेरित गर्न विश्वभरिका नियामकले तार्किक र युक्तिसङग् त नीति अवलम्बन गर्नु पर्छ ।
हेनरी मिलर चिकित्सक, मलिक्यूलर बायोलोजिष्ट तथा स्टान्फोर्ड युनिभर्सिटीमा साइण्टिफिक फिलोसोफी एण्ड पब्लिक पोलिसीको फेलो हुन् । उनी यूएस फूड एण्ड ड्रग एडमिनिष्टे«शनमा अफिस अफ बायोटेक्नोलोजीका संस्थापक निर्देशक रहिसकेका छन् ।
कपीराइट ः प्रोजेक्ट सिण्डिकेट, २०११