सम्पादकीय
वैदेशिक लगानी सूचना केन्द्र
नेपाल उद्योग परिसङ्घ (सीएनआई ले सम्भावित वैदेशिक लगानीकर्तालाई नेपालबारे जानकारी उपलब्ध गराउन एकीकृत सूचना केन्द्र स्थापना गर्ने भएको छ । नेपाल सरकारको समेत यसमा सहकार्य हुने जानकारी उसले दिएको छ । वास्तवमा नेपालमा वैदेशिक लगानी प्रवद्र्धन र सहजीकरण गर्न यो एउटा सकारात्मक पहल हो । नेपालमा वैदेशिक लगानीसम्बन्धमा आवश्यक र विश्वसनीय सम्पूर्ण जानकारी एकै स्थानबाट प्राप्त हुने व्यवस्था छैन । सम्भावित लगानी क्षेत्रका बारेमा अध्ययन अनुसन्धानसमेत गरेर जानकारी उपलब्ध गराउन सके त्यसले वैदेशिक लगानी भियभयाउन सहयोग गर्न सक्छ ।
नेपालमा कम्पनी स्थापना गर्न कुनकुन प्रक्रिया अवलम्बन गर्नुपर्छ, करसम्बन्धी व्यवस्था के छ, अन्य सरकारी प्रक्रियाहरू के–के हुन्, बहिर्गमनमा कुनकुन कानून आकर्षित हुन्छन् भन्ने सूचनाहरू एकीकृत रूपमा विदेशी लगानीकर्ताले पाउने अवस्था अझैसम्म छैन । वैदेशिक लगानीसम्बन्धी आवश्यक सम्पूर्ण सूचनाहरू एकै स्थानमा पाइने व्यवस्था यस केन्द्रले गर्न सक्यो भने लगानीकर्ताहरूलाई दिने सूचना बढी प्रभावकारी हुनेछ ।
पूर्वाधार तथा ऊर्जाको उचित व्यवस्था हुने हो भने नेपाल लगानीकर्ताका लागि निकै आकर्षक गन्तव्य हुन सक्छ । वास्तवमा यी दुई क्षेत्रमा नै पनि वैदेशिक लगानी आकर्षण गर्न सकिन्छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९, औद्योगिक नीति २०६७ लगायतले नेपालमा वैदेशिक लगानीका लागि निकै सहज वातावरण निर्माण गरेका छन् ।
तथापि नया“ औद्योगिक नीतिअनुसार औद्योगिक व्यवसाय ऐन २०४९ लाई अझै परिमार्जन गरिएको छैन । तैपनि नेपालमा मौजुदा कानूनी व्यवस्था समग्रमा वैदेशिक लगानीमैत्री नै छ । तर पनि यस किसिमको सकारात्मक सन्देश विदेशी लगानीकर्ताहरूसम्म पु¥याउने संयन्त्रको अभाव छ । सरकारी तहबाट गरिने प्रयासहरू अपर्याप्त त छ“दैछन्, त्यसको विश्वसनीयतामा पनि प्रश्न उठाउने स्थान छ । त्यसकारण नेपालमा वैदेशिक लगानी प्रवद्र्धन र सहजीकरणका लागि एउटा छुट्टै स्वतन्त्र निकायको आवश्यकता महसूस भएको लामो समय भइसकेको छ ।
त्यो आवश्यकता प्रस्तावित संयन्त्रले पूरा गर्न सक्यो भने नेपालको औद्योगिकीकरणको इतिहासमा कोसेढुङ्गो सावित हुन सक्नेछ ।
भारतमा पनि सरकार तथा भारतीय उद्योग वाणिज्य महासङ्घको स्वामित्वमा फिक्की इन्भेष्ट इण्डिया नामको कम्पनी स्थापना गरिएको छ । भारतमा वैदेशिक लगानी ल्याउनका लागि यो कम्पनीको भूमिका महइभ्वपूर्ण छ ।
यो नाफामूलक कम्पनी होइन । यसमा फिक्कीको ५१ प्रतिशत र उद्योग तथा वाणिज्य मन्त्रालयअन्तर्गतको औद्योगिक नीति तथा प्रवद्र्धन विभागको ४९ प्रतिशत शेयर स्वामित्व छ । यो कम्पनीले भारतमा वैदेशिक लगानीलाई प्रवद्र्धन तथा सहजीकरण गर्ने काम गर्दै आएको छ । भारतमा वैदेशिक लगानीका सम्बन्धमा रहेका विभिन्न कानूनी तथा नीतिगत व्यवस्थाका विषयमा जानकारी प्रदान गर्ने काम यसले गर्छ ।
साथै, कम्पनी स्थापना गर्दा अपनाउनुप पर्ने प्रक्रिया, राज्यका नीति, लगानी रणनीति, संयुक्त लगानीका अवसर आदिका बारेमा जानकारी प्रदान गर्छ । यसले लगानी सम्भावनाका क्षेत्रहरू, अर्थतन्त्रका समस्या र सम्भावनालगायत विविध विषयमा अनुसन्धान, कार्यशाला गोष्ठी र अभिमुखीकरण पनि गर्ने गर्छ । वास्तवमा नेपालमा पनि सोही प्रकृतिको संस्था स्थापनाको प्रक्रिया शुरू हुनुले आर्थिक क्षेत्रमा अपेक्षा स्वभावतः बढाएको छ ।
यस किसिमको कम्पनीका चुनौतीहरू पनि कम छैनन् । पहिलो त यो कम्पनीले कहिले मूर्तरूप लिने हो, त्यसको टुङ्गो छैन । सरकारी संयन्त्रसहितको संलग्नतामा स्थापना हुने निकायले गर्ने काम कत्तिको प्रभावकारी हुने हो, त्यो पनि एउटा प्रश्नका रूपमा रहेको छ ।
अर्कातिर, देश नै सङ्क्रमणकालीन अवस्थामा रहेको, राजनीति नै व्यवसायमैत्री नरहेको र कर्मचारीतन्त्रमा व्यापक विकृति रहेको अवस्थामा त्यो संस्था कसरी चल्छ, त्यो पनि हेर्न बा“की छ । तर, जुन उद्देश्यका साथ यो संस्था स्थापनाको सोच राखिएको छ, त्यो निकै नै सकारात्मक छ । यसको सफलताले नेपालले त लाभ पाउने छ नै सीएनआईको उपादेयतालाई समेत थप पुष्टि गर्न मद्दत गर्नेछ ।