दुई ठूला चिनी उद्योगका लागि ३ अर्ब रूपैयाँको हाराहारीमा लगानी हुने भएको छ । देशमा लगानीको वातावरण धूमिल भइरहेका बेला चिनी उद्योगमा ठूलो लगानी हुनु निश्चय पनि सकारात्मक कुरा हो । देशको कुल मागको आधाभन्दा केही बढी मात्र हाल स्वदेशी उत्पादनले धानिरहेको अवस्थामा यी उद्योगको स्थापनाले यो क्षेत्र आत्मनिर्भरतातिर जाने निश्चित छ । यसका साथै, चिनी उद्योगको ब्याकवार्ड–फरवार्ड लिङ्केज पनि निकै राम्रो हुन्छ । चिनी उद्योगबाट उखु किसानले पाउने लाभ, अन्य उद्योगहरूले पाउने कच्चापदार्थ तथा इथानाले एवम बिद्युत उत्पादनको हिसाब गर्ने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ ।
नेपालमा वार्षिक १ लाख ६० हजार मेट्रिक टनभन्दा बढी चिनीको माग रहेको उद्योगीहरू बताउ“छन् । त्यसमध्ये १ लाख मेट्रिक टन चिनी स्वदेशमै उत्पादन हुने तथा बाँकी विदेशबाट आयात गर्नुपर्ने अवस्था विद्यमान छ । स्थापना हुन लागेका उद्योगहरूले वार्षिक ७०–७५ हजार मेट्रिक टन चिनी वार्षिक रूपमा उत्पादन गर्न सक्छन् । अबको २ वर्षमा बढ्ने मागलाई समेत दृष्टिगत गर्दा देशको आन्तरिक माग धान्नकै लागि पनि चिनी उद्योग स्थापना हुनु आवश्यक छ । अर्कातिर विश्वव्यापी रूपमा चिनीको माग दिनानुदिन बढिरहेको छ र यो घट्ने सम्भावना छैन । त्यसैले पनि चिनी उद्योगमा गरिएको लगानीले राम्रै प्रतिफल दिन सक्छ । नेपालको तराई क्षेत्र उखु उत्पादनका दृष्टिले पनि निकै राम्रो मानिन्छ । त्यसैले पर्याप्त चिनी उत्पादन हुन सक्यो भने आन्तरिक माग धानेर चिनी निर्यात गर्न पनि सक्छौं । चिनी उद्योगमा कच्चापदार्थका रूपमा प्रयोग हुने उखु उत्पादन गर्ने किसानहरू यसबाट निकै लाभान्वित हुने छन । नेपालमा हाल सञ्चालित चिनी मिलवरिपरिका किसानको आयको मुख्य स्रोत उखुखेती नै हो । दैनिक ५ हजार मेट्रिक टन उखु क्रसिङ गर्न सक्ने उद्योगले त्यसवरिपरिका २० देखि ३० हजार किसानको उखु उपभोग गर्न सक्छ । अर्कातिर, चिनीको उत्पादन तथा वितरण कार्यका लागि धेरै मानिसले रोजगारी पनि प्राप्त गर्न सक्छन्
एउटा चिनी उद्योगमा औसत ६ सय जनाले रोजगारी प्राप्त गर्न सक्छन् । त्यसैले देशको मौसमी बेरोजगारी समस्या समाधानका लागि चिनी उद्योग निकै उपयोगी हुन्छ । यस उद्योगबाट चिनीका अतिरिक्त विद्युत्, इथानोल तथा स्पिरिट उत्पादन हुन्छ । चिनी उद्योगबाट न्यूनतम ३ मेगावाटदेखि अधिकतम् ३० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ । नेपालका उद्योगहरूले पनि ८–९ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेका छन् । त्यसले उद्योगको आन्तरिक माग त धान्छ नै, त्यसलाई राष्ट्रिय ग्रीडमा जोड्न पनि सकिन्छ । यदि नेपाल विद्युत् प्राधिकरण चिनी उद्योगहरूबाट विद्युत् खरीद गर्न तयार हुने हो भने अहिले भएका विद्युत् उत्पादन गरिरहेका सिङ्गल स्टेज प्लाण्टलाई मल्टिपल स्टेज बनाउन तयार रहेको उद्योगीहरू बताउ“छन्, जसबाट विद्युत् उत्पादन दोब्बर हुन सक्छ । यसले देशमा विद्यमान ऊर्जासङ्कटलाई केही हदसम्म भए पनि सम्बाधे न गनर्छे । अर्कातिर, चिनी उद्योगबाट स्पिरिट तथा इथानोलको उत्पादन गर्न सकिन्छ । स्पिरिट मदिरा उत्पादन गर्ने डिष्टिलरीहरूको कच्चापदार्थ हो । त्यस्तै बायोइथानोल विश्वमा अति नै प्रयोग गरिएको नवीकरणीय हरित इन्धन हो ।
उच्च काबर्न उत्सजर्न गर्ने पेट्रोलइयम पदार्थलाई प्रतिस्थापन गर्न सक्ने जैविक ऊर्जाका रूपमा यसलाई लिइन्छ । ब्राजिल बायोइथानोलको सबैभन्दा ठूलो उत्पादक हो, जहाँ हल्का सवारी साधनमा प्रयोग हुने इन्धनको ५० प्रतिशतभन्दा बढी इथानोलबाट आउने गरेको छ । र, सन् २०२० सम्ममा ब्राजिलको कुल ऊर्जाखपतमा इथानोलको अंश ८० प्रतिशतभन्दा बढी पुग्ने सम्भावना छ । अहिले विश्वमा पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिसाइनुलाई अनिवार्य गरि“दै आएको छ, जसबाट कार्बन उत्सर्जनमा कटौती गर्न सकिन्छ । दैनिक ५ हजार टन उखु क्रसिङ गर्न सक्ने क्षमता भएको चिनी उद्योगले वार्षिक ४० लाख लिटर इथानोल उत्पादन गर्न सक्छ । त्यसैले नेपालले हरित ऊर्जाको प्रवद्र्धन गर्ने हो भने पनि उखु उधोग लाई पव्रद्धर्न गर्नु जरुरी छ । त्यसका लागि चिनी उद्योगहरूलाई खुला रूपमा पेट्रोल पम्पहरूलाई इथानोल विक्री गर्न दिनुपर्छ । तर, नेपालमा उखु किसान र चिनी उध्योगी वर्षिेन मूल्ययुद्ध हुने गरेको छ । त्यसले किसान तथा उद्योगी दुवैलाई अहित गरिरहेको छ । त्यसको समाधानका लागि एउटा स्थायी प्रकृतिको संयन्त्रको विकास गर्न सकियो भने नेपालमा चिनी उत्पादनको राम्रो सम्भाव्यता छ ।