सम्पादकीय
सरकारलाई लागेको बर्डफ्लू
भक्तपुरको लोकन्थली मनोहरा पुलनजिक कुखुरामा बर्डफ्लू (एच ५, एन १) भेटिएपछि अहिले त्यसको हल्लाखल्लाले पूरै देशलाई तताएको छ । कुनै समस्या देखिएपछि त्यसको रोकथाम गर्न लाग्ने तथा वास्तविक तथ्यको मात्र प्रचार गर्नुपर्नेमा त्यसो नगरेर एउटा त्रासदी फैलाउने काम भएको छ । सरकार तथा अन्य सरोकारवाला निकाय तथा संस्थाको यस किसिमको गैरजिम्मेवार क्रियाकलापका कारण अहिले बजारमा कुखुराको मासुको भाउ ≈वात्तै घटेको छ । त्यसो हु“दा मासु तथा कुखुरा व्यवसायी एवम् यससम्बन्धी अन्य व्यवसायमा निकै ठूलो असर परेको छ । त्यसैले बर्डफ्लूका विषयमा उचित मात्राको सूचना प्रवाह गर्ने तथा अहिले व्याप्त त्रासदीपूर्ण वातावरण हटाउन तत्काल पहल गर्नुपर्छ । तर, सरकारले यसबारे यथार्थ जानकारी गराउने किसिमले पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा आजसम्म एउटा सार्वजिनक सूचनासम्म जारी नगरेर आफ्नो अकर्मण्यता प्रदर्शन गरेको छ ।
नेपालमा सन् २००९ मा पहिलोपटक झापामा बर्डफ्लूको भाइरस देखा परेको थियो । त्यसपछि चितवन, बा“के, कैलाली, दाङ, कास्कीलगायत जिल्लामा पनि बर्डफ्लू देखिएको थियो । त्यसबेला पनि बर्डफ्लूबारे यसैगरी अनावश्यक हल्लाखल्ला मच्चिएको तथा त्यसबाट कुखुरा तथा त्यसस“ग सम्बन्धित व्यवसायी नराम्रोस“ग प्रभावित भएका थिए । त्यसो भइसकेपछि सरकारका मन्त्री तथा अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूले पत्रकार बोलाएर पा“चतारे होटलमा बसेर कुखुराका सा“प्राको रोष्ट तानेर सन्देश दिए– राम्रोस“ग पकाएको कुखुराको मासुबाट बर्डफ्लू सर्दैन । यति गरिसक्दा पोल्ट्री तथा त्यसस“ग सम्बन्धित व्यवसाय धराशयी हुने अवस्थामा पुगिसकेको थियो । त्यसकै कारण व्यवसायीहरू आत्महत्या गर्नुपर्ने अवस्थामा पुगिसकेका थिए । सरकारले यसपटक त्यसबाट पाठ सिक्दै प्रभावित क्षेत्रलाई तुरुन्त नियन्त्रणमा लिने तथा अनावश्यक हल्ला हुन नदिनेतर्फ पहल गर्नुपथ्र्यो । तर, प्रभावित क्ष्ँेत्रमा कुखुरा मार्न गएका प्राविधिक पूर्ण सुरक्षित पोशाक लगाएर काम गरिरह“दा स्थानीयहरू भने बच्चा बोकेर बेपर्वाह घुमिरहेका देखिन्थे । स्थानीयलाई सुरक्षाप्रति सचेतसमेत नबनाएर सरकारी अधिकारीहरूले अति नै धेरै गैरजिम्मेवारी प्रदर्शन गरेका छन् । अब हेर्दै जाउ“m– केही हप्ताको अवधिमा कुनै एउटा मन्त्रीले टेलिभिजनका क्यामेराअगाडि पहिलेजस्तै कुखुराको मासु खानेछन्, कुनै सरकारी निकायले प्रेस विज्ञप्ति निकाल्नेछ ।
अर्कातिर केही व्यक्ति तथा निकायका लागि बर्डफ्लू कमाइखाने भा“डो बनेको छ । बर्डफ्लू आयो भनेर अनावश्यक प्रचारप्रसार गराउने, फोटो तथा भिडियो टेलिभिजन तथा पत्रपत्रिकामा छपाउने र त्यसैका नाममा सहयोग कुम्ल्याउनेहरूको सङ्ख्या ठूलै छ । यस्ता क्रियाकलाप गर्नेले पोल्ट्री र यसस“ग सम्बन्धित अन्य व्यवसाय गर्नेको संवेदनशीलता बुझ्ने एकरति प्रयास गरेको देखि“दैन । नेपालको पोल्ट्री व्यवसाय एक हदसम्म आत्मनिर्भर बनिसकेको अवस्था छ । यस्तो अवस्थामा यस किसिमका अनावश्यक हल्लाखल्लाले यो व्यवसाय नै धरापमा पर्न सक्छ । अर्बौं रूपैया“को लगानी डुब्न सक्छ । बर्डप्mलू प्रभावित पक्षी नष्ट गर्दा उनीहरूले पाउने क्षतिपूर्ति एकदमै थोरै हुने अवस्था एकातिर छ“दै छ, अप्रभावितहरूले पनि आफ्नो लगानीलाई तिलाञ्जली दिनुपर्ने अवस्था छ । यसमा सम्बन्धित सबै पक्षले उचित ध्यान पु¥याउनु आवश्यक छ ।
बर्डफ्लूका सम्बन्धमा अनावश्यक हल्ला गर्नुको कुनै कारण नै छैन । किनभने थोरै मात्रामा सचेतता अपनाउने हो भने यो रोग मानिसमा सर्दैन । उदाहरणका लागि ७० डिग्री सेल्सियस तापक्रममा पाकेको मासु खाएको खण्डमा त्यसबाट किटाणु मानिसमा सर्दैन । तर, काट्ने र पकाउनेले मात्रै यस्तो विशेष प्रकारको सावधानी अपनाए पुग्छ । सरकारले यस्ता सूचनाहरूको प्रचार गर्नुपथ्र्यो । तर, त्यसो नभएर नकारात्मक कुराहरूको प्रचार अनावश्यक रूपमा गर्ने अनि सकारात्मक पक्षलाई छोप्ने गर्दा समाजमा अनावश्यक भ्रम फैलिइरहेको छ । यसको यथार्थ विवरण बाहिर नआउ“दा पर्यटन क्ष्ँेत्रमा समेत निकै ठूलो असर गर्छ । तर, प्रचारको व्यवस्थापनमार्फत अनावश्यक हल्लालाई रोक्न नसकेर सरकारले आफैलाई बर्डफ्लू लागेको प्रमाणित गरेको छ ।