सम्पादकीय
आईएचआरएको सम्मेलन र माइस पर्यटन
अन्तरराष्ट्रिय होटल तथा रेष्टुरा“ सङ्घ (आईएचआरए) को ४९औं विश्व सम्मेलन नेपालमा आयोजना भएको छ । विश्वभरका ७३ लाखभन्दा बढी होटल तथा रेष्टुरा“ व्यवसायीका प्रतिनिधिहरूको यो जमघटले नेपाली पर्यटन क्षेत्रको दीर्घकालीन हित गर्ने पक्का छ । किनभने पर्यटनको विविध क्षेत्रमा लगानी गर्ने अन्तरराष्ट्रिय होटल व्यवसायीहरूलाई नेपालको पर्यटनको विषयमा जान्ने मौका यस सम्मेलनले प्रदान गरेको छ । र, विश्वभरका होटल तथा रेष्टुरा“ व्यवसायीहरूलाई नेपालमा लगानी भियभयाउन उत्साहित गर्ने कार्य यसले गरेको छ । अर्कातिर, पर्यटन क्षेत्रको हितका लागि अति नै महइभ्व राख्ने सभासम्मेलन, मिटिङ, इन्सेण्टिभ तथा प्रदर्शनी (माइस) पर्यटनको प्रवद्र्धनका लागि पनि यो सम्मेलन कोसेढुङ्गा सावित हुन सक्छ ।
पहिलो त विश्वभरका ३ लाख होटल तथा ७० लाख रेष्टुरा“ सदस्य रहेको आईएचआरएको सम्मेलन नेपालमा आयोजना हुनु नै महइभ्वको विषय हो । यसले नेपालको पहिचान अन्तरराष्ट्रियजगत्मा पु¥याउन निकै योगदान गरेको छ । पर्यटन उद्योगको विकासका लागि सङ्घर्ष गर्दै गरेको नेपालमा पर्यटक भियभयाउन यो सम्मेलनले निकै योगदान गर्न सक्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा सभासम्मलेनका लागि राम्रै स्थान उपलब्ध भएको नेपालमा विभिन्न सम्मेलन÷इन्सेण्टिभ ग्रूपहरूलाई आकर्षित गर्न यसले निश्चय पनि योगदान गर्नेछ । होटलमा लगानी गर्ने अन्तरराष्ट्रिय लगानीकर्ताहरूले त्यसका अतिरिक्त टूर अपरेटिङका अन्य क्षेत्रमा पनि लगानी गरेका हुन्छन् । त्यसैले अन्तरराष्ट्रिय क्षेत्रबाट नेपालमा पर्यटक पठाउन उनीहरूलाई यो सम्मेलनले निश्चय नै घचघच्याउने छ ।
अर्कातिर, लगानी विस्तार गर्न चाहने होटल लगानीकर्ताहरू त्यस किसिमको उपयुक्त स्थानको खोजी गरिरहेका हुन्छन् । तिनीहरूलाई नेपालमा जम्मा गर्ने जुन कार्य भएको छ, त्यसले निश्चय पनि नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न सहयोग गर्छ । यदि यो सम्मेलन आयोजना हु“दा नेपालमा सङ्क्रमणकाल नभई लगानीको राम्रो वातावरण भइदिएको भए, त्यो निकै उपलब्धिमूलक हुन्थ्यो । त्यो त भएन भएन, सरकारका तर्फबाट पर्यटन क्षेत्रमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई करलगायतमा केही सहुलियतको घोषणा भएको भए पनि त्यसले राम्रो प्रभाव पर्न सक्थ्यो । तर, सरकारले विदेशी लगानीकर्तासामु त्यस्तो कुनै पनि किसिमको प्रतिबद्धता व्यक्त नगरेर यो सम्मेलनको महइभ्वलाई कम आ“कलन गरेको देखियो ।
यस्ता कार्यक्रमको सबैभन्दा महइभ्वपूर्ण कुरा त माइस पर्यटनको प्रवद्र्धन नै हो । योजनाबद्ध रूपमा ठूलो सङ्ख्यामा पर्यटक आउने यस किसिमको पर्यटनलाई आजभोलि ‘इभेण्ट पर्यटन’ पनि भनिन्छ । कुनै सभासम्मेलन, मिटिङ, प्रदर्शनीजस्ता कार्यका लागि आउने वा आफ्नो कार्यालयले दिने सुविधामा रमाइलो गर्न हि“ड्ने ठूलो समूहलाई कुनै पनि क्षेत्रमा आकर्षित गर्ने यस किसिमको पर्यटन अहिले यो उद्योगको मेरुदण्ड नै बनिसकेको छ । यो तथ्यलाई मनन गरेर सरकारले गत आर्थिक वर्ष २०६७÷६८ को बजेटमा यस किसिमको पर्यटनलाई प्रवद्र्धन गर्ने प्रावधान राखेको थियो । कुनै निकायले एकपटकमा १ सय जनाभन्दा बढी विदशी पर्यटकलाई सहभागी गराई सभासम्मेलन, गोष्ठी, बैठक वा अन्तरक्रिया आयोजना गरेमा त्यस्तो आयोजकलाई नेपाल सरकारका तर्पmबाट रू. ५ लाख नगद सहयोग उपलब्ध गराइने उक्त बजेटमा उल्लेख थियो । त्यो कार्यक्रम चालू आवको बजेटमा नपरे पनि पर्यटन व्यवसायीको आग्रहमा अर्थ मन्त्रालयले निरन्तरता भने दिएको छ । यो कार्यक्रमबाट अपेक्षित उपलब्धि भने हासिल हुन नसके पनि केही न केही त भएकै छ ।
नेपालमा अन्तरराष्ट्रियस्तरका सभासम्मेलन, गोष्ठी, बैठकहरू गर्न सक्ने पर्याप्त मात्रामा होटल तथा सम्मेलन केन्द्रहरू रहेको होटल व्यवसायीहरू बताउ“छन् । तर, पनि नेपालमा माइस वा इभेण्ट पर्यटनको विकास आशातीत रूपमा हुन सकेको छैन । नेपालमा त्यस किसिमको पर्यटन प्रवद्र्धनका लागि पर्याप्त प्रयास सरकार तथा निजीक्षेत्रबाट हुन नसकेको यसले सङ्केत गर्छ । वास्तवमा यस किसिमको पर्यटनमा विशेष ध्यान दिन सक्ने हो भने प्रशस्त पर्यटक भियभयाउन सकिने मात्र होइन, अन्तरराष्ट्रियस्तरमा नेपालको छवि उजिल्याउन र पर्यटन तथा अन्य क्षेत्रमा लगानी भियभयाउन पनि सकिन्छ । आईएचआरएको विश्वसम्मेलनले केही हदसम्म त्यस किसिमको योगदान दिन सकेको मूल्याङ्कन गर्न सकिन्छ ।