शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 05, 2012
  

सम्पादकीय


नेक्स्पोको सफलताबाट राष्ट्रले सिक्न सक्ने पाठ


वास्तवमा यो आईसीटी एक्स्पोले वीरगञ्ज क्षेत्रमा रहेका सम्भावनाको क्षितिजलाई उघारिदिएको छ । वास्तवमा यही मेलाकै क्रममा भएका बौद्धिक बहसहरूले पनि यस क्षेत्रको सम्भाव्यतालाई प्रस्ट पार्ने काम गरेका छन् ।


१० दिनसम्म वीरगञ्जमा चलेको नेक्स्पो इण्टरनेशनल ट्रेड फेयर सकिएको छ । अन्तिम दिन हावाहुरीले स्टलहरू क्षतिग्रस्त बनायो । तर, समग्रमा यो व्यापार मेला व्यवस्थापन, कारोबार र सहभागिताका हिसाबले उदाहरणीय बनेको छ । यो व्यापार मेलाले पहिलो त राजधानीबाहिर पनि यो स्तरका अन्तरराष्ट्रिय व्यापार मेला आयोजना हुन सक्छन् भन्ने उदाहरण दिएको छ । दोस्रो, वीरगञ्ज तथा त्यसवरपरको क्षेत्रले भविष्यमा नेपालको सबैभन्दा ठूलो औद्योगिक–व्यापारिक र आर्थिक क्षेत्र बन्ने क्षमतासमेत प्रदर्शन गरेको छ ।


राजधानीबाहिर २ सयओटा स्टल राखेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहभागितामा व्यापार मेला आयोजना गर्नु आफैमा निकै ठूलो काम थियो । यो व्यापार मेला शुरू भएपछि अवलोकनकर्ताहरूको सहभागिता र स्टल राख्नेहरूको व्यापार दुवै उल्लेख्य बन्न पुग्यो । १० दिनको व्यापार मेलामा अढाई–तीन लाख अवलोकनकर्ताहरूले भ्रमण गर्नु तथा १५ करोड रुपैया“भन्दा बढीको व्यापार हुनु चानचुने कुरा होइन ।


राजधानीमै हुने राष्ट्रियस्तरका प्रदर्शनीहरूमा पनि बिरलै यो स्तरको सहभागिता र व्यापार हुने गरेको छ । दैनिक २ करोड रुपैया“सम्मको कारोबार भयो यो व्यापार मेलामा । वास्तवमा त्यत्तिको उपलब्धि हासिल गर्न सकेकोमा आयोजक बधाइको पात्र छ । यो मेलाको अर्को महइभ्वपूर्ण पक्ष भनेको औद्योगिक–व्यापारिक र अन्तरराष्ट्रिय सहभागिता हो । बैङ्कदेखि लिएर आईटी, कपडा, अटोमोबाइल, इलेक्ट्रोनिक सामान तथा मनोरञ्जनका सामान तथा साधनको समेत सहभागिता थियो व्यापार मेलामा ।


यो मेला वास्तवमा नेपालमा उत्पादित तथा आयातित सबै प्रकारका उत्पादनको केन्द्र बन्न पुग्यो । भारत, चीन तथा पाकिस्तानजस्ता देशका प्रतिष्ठित उद्योग र उत्पादनहरूको सहभागिता थियो । यस हिसाबले पनि यो व्यापार मेला सा“च्चै नै अन्तरराष्ट्रियस्तरको बन्न पुग्यो । र, नेपालमा उत्पादित निर्यातयोग्य वस्तुको प्रवद्र्धनमा समेत यसले उल्लेखनीय योगदान गरेको छ । बारा–पर्सा क्षेत्र अहिले पनि देशको प्रमुख औद्योगिक क्षेत्र हो ।


बारा–पर्सा करिडोरमा रहेका झण्डै १ हजार १ सय उद्योगमा निजीक्षेत्रले देशमै सबैभन्दा बढी लगानी गरेका छन् । देशको कुल राजस्वको ४४ प्रतिशत हिस्सा पर्सा जिल्लाबाट मात्रै उठ्छ । वास्तवमा यो व्यापार मेलाको सफल आयोजनाबाट यो क्षेत्रले भविष्यमा आफूलाई देशकै आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने बलियो आधार निर्माण गरेको छ ।


आगामी दिनमा बन्दै गरेका भौतिक पूर्वाधारहरूले पनि त्यसलाई नै प्रतिबिम्बित गरिरहेको छ । बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको छ । काठमाडौं निजगढ फाष्टट्र्याक निर्माणको काम पनि भइरहेको छ । महोत्तरीको बर्दीबासदेखि बाराको पथलैयासम्मको रेलमार्गलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले नै बताएका छन् । यी भौतिक संरचनाको निर्माणपछि त बारा–पर्सा क्षेत्र वास्तवमै देशको आर्थिक राजधानी बन्नेछ । घोषणा भए पनि नभए पनि यो क्षेत्रलाई आर्थिक राजधानी बन्नबाट रोक्न सकिनेछैन ।


वास्तवमा यो आईसीटी एक्स्पोले वीरगञ्ज क्षेत्रमा रहेका सम्भावनाको क्षितिजलाई उघारिदिएको छ । वास्तवमा यही मेलाकै क्रममा भएका बौद्धिक बहसहरूले पनि यस क्षेत्रको सम्भाव्यतालाई प्रस्ट पार्ने काम गरेका छन् । यो मेला आयोजना गरेर वीरगञ्ज उद्योग वाणिज्य सङ्घले उदाहरणीय काम गरेको छ । अब यो क्षेत्रको सम्भावनालाई उघारेर विकासको बाटो पहिल्याउने कामको नेतृत्व पनि निजीक्षेत्रले नै लिनुपर्छ ।