शर्मा विद्युत् प्राधिकरणबाट भाग्न पाउँदैनन्
खुला प्रतिस्पर्धाबाट छानिएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन दीपेनद्रनाथ शर्माले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनुका कारण जे भए पनि उनी प्राधिकरणको अवस्था सुधार्न नसक्ने भएपछि भागेको देखिएको छ । योस“गै नया“ सरकार र नया “ मन्त्री आउने बित्तिकै कार्यकारी निर्देशक परिवर्तन हुने विगतको परम्परा पनि अब धानिने भएको छ । प्राधिकरण अति नै सङक् टमा छ, त्यसमा सुधार गर्नुपर्छ भनेर सक्षम व्यक्तिको छनाटे गर्न अघिल्ला ऊर्जामन्त्री गोकर्ण विष्टले विज्ञ छनोट समिति बनाएरै शर्मालाई प्राधिकरणको प्रमुखमा नियुक्ति गरिएको हो ।
तर, शर्माले चरम अक्षमता देखाएका छन् । यसले उनको मात्र होइन, तत्कालीन छनोट समितिको क्षमतामाथि पनि प्रश्नचि≈न उत्पन्न गराएको छ । नेपाल सरकारको सहसचिव हुदाँहुदै बढी सेवासुविधा लिने गरी प्राधिकरणको कार्यकारी प्रमुख हुन आउने अनि समस्या देखेर भाग्ने, यस्तो आत्मबल नभएको व्यक्तिलाई किन र कसरी छनोट गरियो ? यसको उत्तर छनोट समितिले पनि दिनुपर्छ । नेपाल विद्युत् प्राधिकरण समस्या नै समस्याको पोकोमा छ भन्ने कुरा सबैलाई थाहा छ । प्राधिकरणको कुनै पनि निर्णय प्रक्रियामा विभिन्न राजनीतिक पाटीर्स म्बद्ध टडे« युि नयनको प्रभाव उच्च छ । उनीहरूको सहमतिविना कुनै पनि काम हुन सक्दैन । यो कम्पनीको सञ्चित नोक्सानी साढे २७ अर्ब रुपैया“भन्दा बढी छ ।
प्रतियुनिट विद्युत्मा २ रुपैयाँ ३९ पैसा घाटा खाएर प्राधिकरणले व्यापार गरिरहेको छ । राजनीतिक दलका नेता, उच्चपदस्थ कर्मचारी तथा उद्योगी–व्यपारीले यो संस्थाको १ हजार ४ सय रोपनीभन्दा जग्गा कब्जा गरेका छन् । यी र यस्ता धेरै समस्या समाधानका लागि राजनीतिक प्रभावमुक्त, सबल र सक्षम नेतृत्व आवश्यक छ भनेर नै अघिल्ला ऊर्जामन्त्री गोकर्ण विष्टले उनको नियुक्ति गराएका थिए । शर्माले नियुक्त हुनुभन्दा पहिले पनि यी समस्या देखेका थिए । तर, उनी पनि यी समस्या समाधानका लागि कुनै दीर्घकालीन दृष्टिकोण भएर र त्यसको कार्यान्वयनको क्षमता भएर नियुक्त भएका होइन रहेछन् भन्ने अहिले प्रमाणित भएको छ । नत्र, भोलि सरकार परिवर्तन हुन्छ, नयाँ मन्त्री आउ“छन्, राजीनामाको दबाब दिन्छन्, राजनीतिक टडे युनियनहरूले नाराजुलुस गर्छन , आगो बाल्छन, त्यो सबै मैले झेल्नुपर्छ, त्यसको व्यवस्थापन यसरी गर्छु भन्ने साचे भइदिएको भए र कार्यान्वयनको दृढ इच्छाशक्ति भएको भए उनी अहिले भाग्दैनथे । पा्र धिकरणभित्रको निणर्य प्रकृयामा पार्टी सम्बद्ध टडे युनियनहरूको दबाब र प्रभाव निर्णायक हुने गरेको छ । तिनीहरूलाई निषधे गर्ने अवस्था छनै । तर, आधिकारिक टडे युनियनको निर्वाचन गरेर अन्य सबै सङ्गठन भङ्ग गरिने योजना तत्कालीन ऊर्जामन्त्री विष्टको थियो । यदि विष्टले आफ्नो पार्टीसम्बद्ध सङ्गठनको विघटन त्यहीबेला गराइदिएको भए, त्यसले नैतिक दबाब श्रीजना गथ्र्ये र शर्मालाई काम गर्न सजिलो हुन्थ्यो ।
तर, त्यसो हुन सकेन र अहिले त्यही कारणले शर्माले पद छोड्नुपरेको भनिँदै छ । प्राधिकरणको अध्यक्ष मन्त्री हुने परम्परा अन्त्य गरिएको छ तर राजनीतिक पाटीर्क ा टडे« युि नयन हाबी रहुन्जेल राजनीतिक प्रभावबाट मुक्ती दिवास्वप्न मात्रै हो । पा्रधिकरणमा आधिकारिक टडे युनियनको निर्वाचन नगराउन वा शर्मालाई राजीनामा गराउन ऊर्जामन्त्रीले नै दबाब दिएका हुन सक्छन् । तर, त्यसै गरिएको हो भने पनि शर्माले राजीनामा दिएर भाग्नु हदैँन थ्यो । यदि आफनो निणर्य मा दढृ भएर त्यसको सान्दर्भिकताबारे प्राधिकरणका कर्मचारी र सर्वसाधारणलाई बुझाउन सकेको भए, उनलाई ती सबैको नैतिक समर्थन हुन्थ्यो । तर, उनले त्यसो गर्न त सकेनन्, सकेनन्, आपनो राजीनामाबारे सार्वजनिक रूपमा समेत बोलेका पनि छैनन् । यी सबै तथ्यले उनलाई समस्यादेखि डराउने अक्षम नेतृत्वका रूपमा स्थापित गराएको छ ।