शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 18, 2012
  

सम्पादकीय


अग्रणीले नै हेला गरेको बिमस्टेक


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको पहल (बिमस्टेक)को दोस्रो मन्त्रीस्तरीय बैठक १४ बु“दे काठमाडौं वक्तव्य जारी गर्दै सोमवार सम्पन्न भएको छ । विभिन्न आठओटा बृहत् रणनीति भएको गरीबी निवारण कार्ययोजना ‘पीपीए’को अवलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस क्षेत्रको आर्थिक–सामाजिक विकास, गरीबी निवारण तथा क्षेत्रीय व्यापार प्रवद्र्धन गर्नमा यो सङ्गठनले खासै योगदान पु¥याउन सकेको छैन । जसरी यूरोपियन यूनियन, अफ्रिकी यूनियन, अरब लीग, आशियानजस्ता क्षेत्रीय सङ्गठनहरू आफ्नो क्षेत्रीय विकासका लागि सक्रिय छन्, त्यस किसिमको भूमिका यो सङ्गठनले निर्वाह गर्न सकेको छैन । त्यसैले यस किसिमका धेरै सङ्गठनको सदस्य बन्नभन्दा नेपालले आफ्नो आन्तरिक व्यापार क्षमता बढाउनपट्टि ध्यान दिएको भए उपलब्धिमूलक हुन्थ्यो ।


दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क ले अपेक्षित काम गर्न नसकेपछि भारतले यसको विकल्पका रूपमा अर्को क्षेत्रीय सङ्गठनका बारेमा सोचिरहेको थियो । भारत–पाकिस्तानबीचको द्वन्द्व तथा अन्य विभिन्न कारणले सार्क देशहरूबीचको क्षेत्रीय व्यापारको काम राम्रोस“ग हुन सकिरहेको थिएन । त्यसो हु“दा भारतले पाकिस्तानबाहेकको क्षेत्रीय सङ्गठनको आवश्यकता महसूस गरेको थियो । अर्कातिर, भारतको सीमा जोडिएका म्यानमारलगायतका दक्षिणपूर्वी देशहरूस“ग यसको राम्रो सम्बन्ध स्थापित पनि हुन सकेको थिएन । यी दुवै कुरा हुन बिमस्टेकजस्तो सङ्गठनको आवश्यकता भारतले विशेष रूपमा महसूस गरेको हो । त्यसैगरी आशियान देश थाइल्याण्डले पनि दक्षिण एशियास“गको सम्बन्धका लागि एउटा साझा मञ्चको आवश्यकता महसूस गरिरहेको थियो । अर्कातिर, यी दुवै देश आशियान र सार्कको गतिविधिलाई लिएर एकआपसमा सशङ्कित थिए । त्यसो हु“दा यी दुई देशहरूको पहलमा यो सङ्गठनको स्थापना सन् १९९७ जुन ६ मा हुन गएको हो । तर, अहिले आएर यो सङ्गठनको स्थिति पनि सार्कको भन्दा कमजोर देखिएको छ ।


बिमस्टेक देशहरूले स्वतन्त्र व्यापार क्षेत्रको संरचनात्मक सम्झौता (बिमस्टेक–एफटीए)मा हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार सन् २०१७ पछि बिमस्टेक सदस्यराष्ट्र स्वतन्त्र व्यापारका लागि खुला हुनेछन् । अर्कातिर, यसले आपसी सहयोगका विभिन्न १४ क्षेत्रको चयन गरेको छ । त्यसमध्ये गरीबी निवारणलाई अहिले प्रमुख महइभ्व दिएर त्यसमा कार्ययोजना बनाउने तथा वार्षिक रूपमा त्यसको समीक्षासमेत गर्ने बताइएको छ । संयोगले यसको कार्ययोजना र रणनीति बनाउने जिम्मा नेपालले पाएको छ ।


यो रणनीतिअनुसार प्रत्येक देशले आआफ्ना गरीबी निवारण योजना बनाउने पनि यो मन्त्रीस्तरीय बैठकले बताएको छ । तर, त्यसको कार्यान्वयन हुने सम्भावना कमै छ । किनभने यसको अहिलेसम्म एउटा सचिवालयसमेत बनाउन नसकिएको अवस्थालाई हेर्दा यसको प्रभावकारितामा प्रश्न उठाउन सकिने प्रशस्त ठाउ“ छ । अर्कातिर, यो सङ्गठन स्थापनाका लागि अग्रणी भूमिका निर्वाह गर्ने भारत तथा थाइल्याण्डले नै यसलाई कम महइभ्व दिएका छन् । मन्त्रीस्तरीय भनिएको अहिलेको बैठकमा थाइल्याण्डले स्थायी सचिव तथा भारतले राज्यमन्त्रीको प्रतिनिधित्व गराएबाट त्यसको स्पष्ट सङ्केत गरेका छन् ।


यस्ता सङ्गठनको सदस्यता लिनुको मुख्य उद्देश्य भनेको क्षेत्रीय सहयोग र व्यापार विस्तार नै हो । तर, व्यापारको आन्तरिक क्षमता विकास नगरीकन धेरै सङ्गठनको सदस्यता मात्रै लिएर त्यसो हुने होइन । त्यसैले नेपालले सार्क, बिमस्टेक, डब्ल्यूटीओजस्ता क्षेत्रीय तथा बहुपक्षीय सङ्गठनहरूको सदस्यता लिएर मात्रै खासै उपलब्धि हु“दैन र भएको पनि छैन । आफ्नो आन्तरिक व्यापार क्षमता विकास गरेपछि मात्रै चीनले सन् २००१ मा मात्रै विश्वव्यापार सङ्गठनको सदस्यता लिएको हो । त्यसैले मन्त्रीलाई भत्ता खाने भा“डो बनाउने गरी यस्ता सङ्गठनहरूको सदस्यता बढाउनुको साटो नेपालले आफ्नो व्यापार क्षमता बढाउनपट्टि लाग्नुपर्छ ।