शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

लक्ष्मीको पूजा

 हिन्दूहरूले धनधान्य तथा समृद्धिकी देवी मान्ने लक्ष्मीको पूजा गर्ने चाड तिहार सुरु  भएको छ । तिहार सुरु भएसँगै शहरबजारमाबत्ती, फुलमसला तथा रङको व्यापारको पारो ह्वात्तै बढेको छ । तर, लक्ष्मीपूजाको महत्व तब मात्र बढ्नेछ, जब सबै नेपाली समद्धृ हुनेछन र उनीहरूले सन्तुस्ती प्राप्त गर्नेछ । तर, राजनीतिक
खिचातानीले नेपालीहरूको समृद्धिको मार्गलाई छेकेको छ । तिहार तथा लक्ष्मीपुजले यीसँग सम्बन्धित व्यापार गर्ने केही व्यापारीलाई फाइदा पुर्‍याउने नै छ, तर, देशको अर्थतन्त्र भने सदैव घाटामा छ, जस्तै व्यापारघाटा, बजेटघाटा आदि ।

देशको अर्थतन्त्र नाफामा सञ्चालन नहुन्जेल नेपालले भव्य रूपमा मनाउने लक्ष्मीपूजाले सार्थकता पाउन सक्ने छनै । त्यसैले तिहारमा लक्ष्मीपुजा गर्नेहरुले त माता लक्ष्मीसगँ देशको सम्रिद्धीको कामना गर्नेछन नै,पुजा नगरने कम्युनीष्ट नेत्रित्वोको सरकारलाइ पनि त्यस कार्यका लागि परे्रणा पा्रप्त होस् । लक्ष्मीको पूजा गर्दा जप गरिने श्रीसूक्तमा अशुभ कुरा म हटाउँछु, तिमी मेरोमा आएर बस भनेर प्रार्थना गरिन्छ । वास्तवमा श्रीसूक्तमा भनेजस्तो आलस्य तथा फोहोर हटाउने हो भने समृद्धि अवश्य नै प्राप्त हुनेछ ।

 

तिहारमा झिलीमिली बत्ती, फूल तथा माला, विभिन्न मसलाहरू, पाला, मैन आदिको राम्रो व्यापार हुने गर्छ । तिहारको अवसर पारेर यी सामानको कालाबे जारी वर्षिन हुने गरेको छ । यो वर्ष पनि केही व्यापारीहरूले यी सामानको कृत्रिम अभाव सृर्जना गरी तीव्र मूल्यवृद्धि गराएको भन्ने जानकारी प्राप्त भएका छन् । स्वयम्
नेपाल चेम्बर अफ कमर्शले त्यो कुरा स्वीकार गरेको छ । तर, यस्ता क्रियाकलाप रोक्न बजार अनगु मन गर्ने जिम्मेवअरी पाएका सरकारी निकायहरू सक्षम भएका छैनन । केही अघिदेखी बजार अनगु मन गरेको भनरे राम्रै हल्लाखल्ला मच्चाउन सफल ती निकायहरूको अक्षमता यो घटनाले पनि पुष्टि गरेको छ । तर, यो वर्ष बजारबाट केही सकारात्मक सन्देश पनि आएको छ । मैनबत्ती तथा पालाको मूल्य अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले मात्र बढेको समाचार निश्चय पनि सकारात्मक हो । किनभने समग्रमा दोहोरो अङ्कको मूल्यवृद्धि भइरहेको देशमा यी सामानको मूल्य तुलनात्मक हिसाबले कम बढेको छ । झिलीमिली बत्तीको चाड तिहारले देशको राजनीतिक आर्थिक वातावरणलाई भने उज्यालो बनाउन सकेको छैन । व्यावसायिक वातावरण राम्रो बनाई भारतीय लगानी भियभयाउने गरी भारतसँग भएको बिपा सम्झौतालाई सरकारको नेतृत्वकारी पार्टीबाट कालो झण्डा देखाइएको छ । त्यो कालो झण्डाले देशलाई कहिलेसम्म
अन्धकारमा राख्ने हो केही पत्तो छैन । प्रतिपक्षमा बसेका ठूला दलहरूले त नीलो, रातो झण्डा देखाउनै बा“की छ । अर्कातिर औद्योगिक क्षेत्रमा श्रमसमस्या समाधान भएको भनिएकै दिन उद्योग बन्द गराइने गरेको छ । यस्तो अवस्था सृजना भएपछि देशको अर्थतन्त्र नाफामा कहिले जान सक्ला र ? नेपालीहरूले ऋणको तमसकु माथि लक्ष्मीपुजा गर्ने दिन चाँदै सकिएलान जस्तो छैन ।

प्रधान्मन्त्रिले दोहोरो अङक् को आथिर्क ब्रिद्धी दर हासिल गर्ने र १० वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर पुर्‍याउने वाचा गरेका छन् । यदि त्यो दिन आयो भनेचाहिँ नेपालीको लक्ष्मीपूजा साँच्चै नै सार्थक होला । तर, भाषण गरेकै भरमा त्यस्तो हुने भए नेपाल उहिल्यै सिङ्गापुर वा स्वीट्जरल्याण्ड बनिसक्ने थियो । लक्ष्मीपुजा नगरने देशहरु चाँही समद्धृ भएको देख्दा लक्ष्मीपुजा गरेकै कारण पो हामी गरीब भएका हौ  कि भन्ने भान पर्न  सक्छ । तर, त्यसो हैन, पूजा चाँही गर्ने तर त्यसअनरूपको व्यवहार नगर्ने कारणले हामी गरीब भएका हौ । यस वर्ष  माता लक्ष्मीले  धनविनाको लक्ष्मीपुजा गर्ने स्थितिको अन्त्यका लागि परे्रणा पद्रन गरून ।

धनमग्निधर्न  वायधु र्न  सर्यू  धन  वसः ।
धनमिन्द्रो बृहस्पतिर्वरुणं धनमस्तु ते ।।