शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

हार्डडिस्क अभावले आम्दानी घट्ने:  इण्टेल

मङ्सिर २७, क्यालिफोर्निया (अमेरिका) । अमेरिकी कम्प्युटर चीप निर्माता इण्टेलले सन् २०११ को चौथो त्रैमासमा आम्दानी घट्ने बताएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले चौथो त्रैमाससम्म कुल आम्दानी १३ अर्ब ४० करोड डलर मात्र हुने अनुमान गरेको छ । इण्टेलले थाइल्याण्डको बाढीका कारण हार्डडिस्कलगायत कम्प्युटरका पार्टपुर्जाको उत्पादन रोकिएकाले आफ्नो उत्पादनको विक्री पनि कम भएकाले आम्दानी कम हुने अनुमान गरेको हो ।गत महीना कम्पनीले सन् २०११ को चौथो त्रैमाससम्म कुल आम्दानी १४ अर्ब डलर हुने बताएको थियो । विज्ञप्तिमा कम्पनीले बाढीका कारण पर्सनल कम्प्युटरको आपूर्ति प्रणाली नै रोकिएकाले माइक्रोप्रोसेसर र मदरबोर्डको विक्री घटेको उल्लेख गरेको छ । सन् २०१२ को प्रथम त्रैमाससम्म पनि स्थिति यही रहिरहने बताउँदै इण्टेलले दोस्रो त्रैमासबाट भने उत्पादन र आपूर्ति केही सहज हुने आशा गरेको छ ।

इण्टेलको आम्दानी घट्ने समाचार आएपछि कम्पनीको शेयर मूल्यमा ४ प्रतिशतले कमी आएको छ । सूचनाप्रविधि उपकरणको आपूर्ति अध्ययन गर्ने संस्था ‘आईसप्लाई’ले कम्प्युटरको विश्वव्यापी आपूर्ति सन् २०१२ मार्चसम्म ८ करोड ४२ लाखको सङ्ख्यामा मात्र रहने बताएको थियो । यो पूर्वानुमान पहिले आँकलन गरिएभन्दा ४० लाखले कम हो । गत महीना मात्रै विश्वको दोस्रो ठूलो कम्प्युटर चीप निर्माता ‘एमएमडी’ले कम्प्युटरको विक्री कम भइरहेको वर्तमान अवस्थामा १ हजार ४ सय कर्मचारी कटौती  घोषणा गरेको थियो । एजेन्सी