शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

‘नक्कली भारतीय मुद्राको स्रोत छिमेकी देश’

पुस २, होशङगाबाद (भारत) । केही छिमेकी देशहरूबाट आएको नक्कली मुद्राले भारतको अर्थतन्त्रलाई अस्थिर बनाइरहेको त्यहाँका अर्थमन्त्री प्रणव मुखर्जीले आरोप लगाएका छन् । छिमेकी देशहरू नक्कली भारतीय मुद्राको स्रोत वा बाटोका रूपमा प्रयोग भइरहेको मुखर्जीको जिकीर छ । तर, उनले कुनै देशको भने नाम खुलाएनन् । नक्कली मुद्रा नियन्त्रणका लागि केन्द्रीय तथा राज्यस्तरमा प्रक्रिया थालिसकिएको पनि मुखर्जीले बताए । साथै, नक्कली मुद्रा बनाउनै गाह्रो हुने गरी भारतीय मुद्राको सुरक्षात्मक पक्षलाई अत्यन्त सबल बनाउनेतर्फ सरकारले प्रयास थालिसकेको पनि मुखर्जीले जानकारी दिएका छन् । मुद्राको सुरक्षात्मक पक्ष तथा कारोबारीमाथि कार्बाहीजस्ता दोहोरो उपायमार्फत नक्कली मुद्रा कारोबारमा उल्लेखनीय नियन्त्रण गर्न सकिने पनि मुखर्जीले बताए । एजेन्स