शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतको विदेशी मुद्रासञ्चिति घट्दो


मङ्सिर ४, मुम्बई (भारत) । लगातार घटिरहेको भारतको विदेशी मुद्रासञ्चितिमा फेरि पनि कमी आएको छ । ‘रिजर्भ बैङ्क अफ इण्डिया’ (आरबीआई)ले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बर ११ सम्म विदेशी मुद्रासञ्चिति ३ खर्ब १४ अर्ब ३४ करोड अमेरिकी डलरमा झरेको छ । विदेशी मुद्रासञ्चितिमा देखिएको यो कमी लगातार दोस्रो हप्ता पनि जारी रहेको ‘आरबीआई’ले बताएको छ । अघिल्लो हप्ता भारतको विदेशी मुद्रासञ्चिति ५ अर्ब ७२ करोड डलरले घटेको थियो । तर, भारतीय रुपैयाँअनुसार भने कुल विदेशी मुद्रासञ्चिति ३ खर्ब २८ अर्ब ९५  १ सय ५७ खर्ब ६७ अर्ब ६ करोड पुगेको छ । ‘आरबीआई’ले विदेशी मुद्रासञ्चितिमा आएको कमीका कारणबारे केही बताएको छैन । विश्लेषकहरूले भने व्यावसायिक प्रयोजनका लागि उपलब्ध सञ्चिति घटेपछि विदेशी मुद्रासञ्चिति घटेको बैङ्कको भनाइ छ । साथै अमेरिकी डलरको लगातार बढ्दो मूल्यले पनि यसमा भूमिका खेलेको बताइएको छ । गत हप्ता मात्रै भारूको मूल्य अमेरिकी डलरको तुलनामा ५१ दशमलव ३० रुपैयाँ कायम भएको थियो । भारतीय रुपैयाँमा आएको यो ३२ महीनाकै उच्च विन्दु थियो ।