शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सुजुकी र फोक्सवागेनबीच सम्बन्ध विच्छेद


मङ्सिर ४, टोकियो (जापान) । जापानी कार निर्माता सुजुकी मोटर्सले जर्मन सवारीसाधन उत्पादनकर्ता फोक्सवागेनसँग आफ्नो सहकार्य समाप्त भएको घोषणा गरेको छ । यसबारेको निणर्य सावर्ज निक गर्द  कम्पनीका अध्यक्ष तथा कार्यकारी प्रमुख आमास  एक पसे्र विज्ञप्तिमा सुजुकी मोटर्सबाट फोक्सवागेनले किनेको शेयर मध्यस्थकर्तामार्फत फिर्ता लिने बताए । विज्ञप्तिमा यस्तो निर्णयबाट आफूहरू दुःखित भएको तर फोक्सवागेनले यसबाहेक कुनै पनि ठाउँ नदिएको समेत आरोप लगाए । सुजुकी मोटर्सले सन् २०१२ नोभेम्बरसम्म फोक्सवागेनले लिएको शेयर फिर्ता लिने बताएको छ ।

विज्ञप्तिमा सहकार्य अन्त्य गरिएकोबारे फोक्सवागेनलाई जानकारी गराइसकेको उल्लेख छ । विश्लेषकहरूका अनुसार केही महीनायता लगानी र विक्रीका हिस्साजस्ता विषयमा दुई कम्पनीबीच बढ्दै गएको विवादले सहकार्य टुटेको हो । सुजुकी मोटर्सको पत्र प्राप्त भएपछि फोक्सवागेनले प्रत्युत्तरमा कम्पनीमाथि लगाइएका आरोप निराधार भएको बताएको छ । फो क्सवागेनबाट कुनै पनि सम्झौताका उल्लङ्घन नभएको विज्ञप्तिमा दाबी छ । सुजुकी र फोक्सवागेनबीच सन् २००९ सहकार्यको सम्झौता भएपछि सन् २०१० जनवरीमा उक्त शेयर विक्री गरिएको थियो । ती दुई कम्पनीले १ अर्ब ७ करोड यूरो लगानीमा पनि सहमति गरेका थिए ।