शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

उड्सको उत्कृष्ट प्रदर्शन, अमेरिकालाई पे्रसिडेण्ट कप



मङ्सिर ४, मेलबर्न (अष्ट्रेलिया) । टाइगर उड्सको उत्कृष्ट प्रदर्शनसँगै अमेरिकाले ‘प्रेसिडेण्ट कप’ उपाधि जितेको छ । आइतवार भएको ‘प्रेसिडेण्ट कप’को चौथो र फाइनल स्पर्धामा उड्सले अष्ट्रेलियाका एरोन ब्राड्लीलाई ४–३ ले पराजित गरे । आइतवारको खेल शुरू हुँदा अमेरिकी टोलीले १३–९ ले अग्रता कायम गरेको भए तापनि अन्य प्रतिस्पर्धी टोलीसँग मध्यात्रसम्म चार ‘फोर बल म्याच’हरू हारिसकेको थियो । तर, उड्सले ब्राड्लीलाई हराएपछि भने अमेरिकालाई विजयका लागि आवश्यक १८ अङ्कको अग्रता कायम गर्न सहयोग पुगेको थियो । आइतवारको खेल सकिँदासम्म अमेरिकी गोल्फ टोलीले अन्य अन्तरराष्ट्रिय टोलीहरूविरुद्ध कुल १९–१५ ले अग्रता लिएको थियो । यो विजयसहित टाइगर उड्सले ‘पे्रसिडेण्ट कप’मा खेलेका ५ म्याचबाट २ अङ्क पाएका छन् । सन् २००९ यता आफ्नो लय गुमाएका उड्सले अन्तरराष्ट्रिय प्रतिस्पर्धामा हासिल गरेको यो एक प्रमुख विजय हो । विजयपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफू अत्यन्त हर्षित भएको प्रतिक्रिया दिए । एजेन्सी