शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विश्व बैङ्क र इण्टेल सूचनाप्रविधिमा सहकार्य गर्दै


सूचनाप्रविधिको समुचित विकास हुन नसकेका एशिया र अफ्रिकी देशहरूमा लगानी बढाउन बैङ्क र इण्टेल सहमत।
मङ्सिर ४, वाशिङटन (अमेरिका) । विश्व बैङ्क र कम्प्युटर ‘चिप’ निर्माता इण्टेल कर्पोरेशनले सूचनाप्रविधि क्षेत्रमा लगानी वृद्धि गर्न सहकार्य गर्ने भएका छन् । विश्व बैङ्कका एक वरिष्ठ अधिकारीले दिएको जानकारीअनुसार ती दुई संस्थाबीच विकासशील देशमा सूचनाप्रविधिमा लगानी बढाउन सहमति भएको हो । विश्व बैङ्कअन्तर्गतको अन्तरराष्ट्रिय फाइनान्स कर्पोरेशन (आईएफसी)का प्रविधि, मिडिया र दूरसञ्चार प्रमुख केण्ट लुपबर्गरले सूचनाप्रविधिको समुचित विकास हुन नसकेका एशिया र अफ्रिकी देशहरूमा लगानी बढाउन बैङ्क र इण्टेल सहमत भएको उल्लेख गरे । लुपबर्गरले ती देशमा सूचनाप्रविधिको लगानी तथा पूँजी अभिवृद्धि तथा यो क्षेत्रमा काम गर्ने स्थानीय कम्पनीहरूका क्षमता बढाउन अग्रसर भएको बताए । यो योजनाका लागि विश्व बैङ्क र इण्टेल कर्पोरेशनबीच शेयर बाँडफाँटको प्रक्रिया अघि बढाउने जानकारी दिए । लुपबर्गरले यो कार्यक्रममा एशियाली र अफ्रिकी कम्पनीहरूलाई दीर्घकालीन अवधिको ऋण न्यूनतम ब्याजदरमा प्रदान गर्ने नीति रहेको उल्लेख गरे । अफ्रिकी राष्ट्रमा केही वर्षयता भएको मोबाइलका प्रयोगकर्ता ५ अर्बले बढेको दृष्टान्त प्रस्तुत गर्दै उनले अघिल्लो दशकमा भने यो सङ्ख्या न्यून रहेको बताए । सन् २०११ मा विकासशील देशका १९ अर्ब डलर लगानी ‘आईएफसी’ले आगामी २ वर्षभित्र अफ्रिकाको टेलिकम क्षेत्रमा थप ७० करोड डलर लगानी गर्ने निर्णय पनि गरेको छ ।