शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतको सबैभन्दा ठूलो लघुवित्त संस्थाका प्रमुखको राजीनामा


मङ्सिर ८, हैदराबाद (भारत) । भारतको सबैभन्दा ठूलो लघुवित्त कम्पनी ‘एसकेएस माइक्रोफाइनान्स’का प्रमुखले राजीनामा गरेका छन् । ‘एसकेएस माइक्रोफाइनान्स’का संस्थापक तथा अध्यक्षसमेत रहेका विक्रम अकुलाले मुम्बईमा कम्पनीको बोर्ड बैठकपछि आफ्नो पदबाट राजीनामा दिएका हुन् । यसबारे विक्रम अकुला र कम्पनीले कुनै कारण नदिए पनि भारतीय सञ्चारमाध्यमहरूले भने उनलाई केही समययता कम्पनीका सञ्चालकहरूले राजीनामा गर्न दबाब दिइरहेको बताएका छन् । ग्रामीण क्षेत्र र गरीबहरूलाई ऋण दिने सो कम्पनीले विदेशबाट समेत उल्लेख्य लगानी भियभयाएको बताइन्छ ।

  तर, त्यसयता भने शेयर मूल्य ९० प्रतिशतले घटिसकेको छ । चालू आर्थिक वर्षमा मात्रै ‘एसकेएस माइक्रोफाइनान्स’ले ६ अर्ब भारूको घाटा बेहोरेको स्रोतहरूले बताएका छन् । विश्लेषकहरूले व्यापारिक ढाँचामा परिवर्तन ल्याउन नसक्दा भारतका अन्य लघुवित्त संस्थाहरूको पनि यही अवस्था रहेको बताएका छन् । भारतका लघुवित्त संस्थाहरूमाथि उच्च ब्याजदरमा ऋण प्रदान गरेकाले ऋण तिर्न नसक्ने ग्रामीण क्षेत्रका कृषकहरूको आत्महत्याको कारण भएको आरोप लगाउने गरिन्छ ।

‘नोकिया साइमेन्स’ मा १७ हजार कर्मचारी कटौती

मङ्सिर ८, एस्पो (फिनल्याण्ड) । विश्वव्यापी डाटा नेटवर्किङ तथा दूरसञ्चार कम्पनी ‘नोकिया साइमेन्स नेटकर्व’ले १७ हजार कर्मचारी कटौतीको घोषणा गरेको छ । बिहीवार एक विज्ञप्ति जारी कम्पनीले यसबाट १ अर्ब यूरो बचत हुने जानकारी दिएको छ । ७४ हजार जनशक्ति रहेको ‘नोकिया साइमेन्स नेटकर्व’मा गरिएको यो कटौतीबाट २३ प्रतिशत कर्मचारी हट्ने बताइएको छ । फिनल्याण्ड र जर्मनीका मोबाइल उत्पादकहरू क्रमशः नोकिया र साइमेन्सको संयुक्त लगानीका रूपमा रहेको सो कम्पनीले नराम्रो घाटा बेहोरेको थियो । हालैका केही वर्षयता यूरोपमा चिनियाँ कम्पनी ‘हुवाई’ र स्वीडेनको ‘एरिक्सन’ले ‘नोकिया साइमेन्स नेटवर्क’लाई दह्रो चुनौती दिँदै आएका छन् । पुनः संरचना कार्यक्रमअन्तर्गत विश्वभरि विभित्र चरणमा कर्मचारी कटौती गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका कार्यकारी प्रमुख राजीव शूरीले यस्तो निर्णय दुःखदायी भए पनि आवश्यक रहेको उल्लेख गरे । शूरीले कम्पनीका े भविष्य र नाफा आजर्न सरु क्षित गर्न आफूहरू लागिपरेको बताए । पछिल्लो घोषणापछि ‘नोकिया साइमेन्स नेटवर्क’का शेयर २ प्रतिशतले वृद्धि भएका छन् । तीव्र प्रतिस्पर्धा र घट्दो नाफाका कारण मोबाइल निर्माता तथा सेवाप्रदायकहरूले केही वर्षयता ठूलो सङ्ख्यामा कर्मचारी कटातै ी गर्द ै आएका छन ् । यसैबीच ताइवानी मोबाइल निर्माता ‘एचटीसी’ले चौथो त्रैमासको आम्दानी पूर्वानुमान संशोधन गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्द ै कम्पनील े सन् २०१० को अक्टोबर–डिसेम्बर अवधिमा नाफ शून्य हुन सक्ने जानकारी दिएको छ । विज्ञप्तिमा गतवर्षको यही अवधिको तुलनामा कम्पनीको आम्दानी ३० प्रतिशतसम्म घट्ने अनुमान पनि गरिएको छ । सन् २०१० को चौथो त्रैमासमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४२ करोड अमेरिकी डलर रहेको थियो । आश्चर्यजनक रूपमा आएको यो घोषणापछि कम्पनीको शेयर ७ प्रतिशतले घटेका थिए । एजेन्सी