शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 03, 2012
  

फेसबूकले जारी गर्‍यो ५ अर्ब डलरको आईपीओ

माघ १९, न्यूयोर्क (अमेरिका) ।


लगानीकर्ताहरूको लामो प्रतीक्षापछि लोकप्रिय सामाजिक सञ्जाल साइट फेसबूकले बुधवार साधारण शेयर जारी गर्न आवेदन दर्ता गराएको छ । फेसबूकले जारी गर्ने प्राथमिक शेयर निष्कासन (आईपीओ को आकारबारे यसअघि अनेकौं अड्कल गरिए पनि कम्पनीले भने ५ अर्ब डलरको शेयर विक्री गर्ने लक्ष्य लिएको बताएको छ । तर, कम्पनीले कुनचाहिँ शेयर बजारबाट कारोबार गर्ने हो, त्यसबारे भने केही उल्लेख गरेको छैन । कम्पनीका अनुसार शेयर बजारमा उसको सङ्केत अङ्ग्रेजी अक्षर ‘एफबी’ हुनेछ । वाल स्ट्रीटमा कार्यरत विशेषज्ञहरूले अगामी महीनाहरूमा फेसबूकले थप आवेदन दर्ता गराउने बताएका छन् । अहिले सीमित जानकारी मात्र दिइए पनि ती आवेदनबाट कम्पनीका शेयर कारोबारबारे थप विवरण प्राप्त हुने उनीहरूको भनाइ छ । त्यसमा कम्पनीका वित्तीय विवरणहरू पनि उल्लेख गरिने सम्भावना रहेको उनीहरूले अनुमान गरेका छन् । कम्पनीको शेयर मूल्यबारे विभित्र अनुमान पनि गरिएका छन् । तर, फेसबूकले बताएअनुसार डिसेम्बरको ३१ सम्मको मूल्याङ्कनमा कम्पनीको प्रतिशेयर मूल्य २९ डलर ७३ सेण्ट रहेको छ । आरम्भदेखि नै फेसबूकले उल्लेखनीय आम्दानी गर्दै आएको छ । सन् २००७ मा १५ करोड ३० लाख डलर आर्जन गरेको कम्पनीको आम्दानी सन् २०११ मा ३ अर्ब ७० करोड डलर रहेको थियो ।