शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 05, 2012
  

अमेरिकामा बेरोजगारी ३ वर्षकै न्यून

माघ २१, वाशिङटन (अमेरिका) । अमेरिकामा बेरोजगारी दर ३ वर्षकै न्यून बिन्दुमा पुगेको छ । अमेरिकी श्रम मन्त्रालयले शुक्रवार दिएको समाचारअनुसार जनवरी महीनामा २ लाख ४३ हजार नयाँ रोजगारी थपिएपछि त्यहाँको बेरोजगारी दर ८ दशमलव ३ प्रतिशतमा ओर्लिएको हो ।

 


बेरोजगारीमा देिखएको यो कमी सन् २००९ फ्रेबुअरी पछिकै सबैभन्दा न्यून हो । त्यसैगरी, नयाँ रोजगारी थपिने गति सन् २०११ मार्च अप्रिल पछिकै द्रुत रहेको मन्त्रालयद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । अमेरिकाको बेरोजगारी दरमा देखिएको यो न्यूनता अपेक्षा गरिएभन्दा निकै बढी हो । यसअघि विश्लेषकहरूले जनवरीमा त्यहाँ १ लाख ५० हजारसम्म नयाँ रोजगारी थपिने पूर्वानुमान गरेका थिए । त्यसैगरी, डिसेम्बरमै अमेरिकी सरकारले नयाँ वर्षको शुरूको महीनामा बेरोजगारी ८ दशमलव प्रतिशतमा ओर्लिने अनुमान गरेको थियो ।

श्रम मन्त्रालयको प्रतिवेदनअनुसार जनवरीमा उत्पादनमूलक क्षेत्रले ५० हजार रोजगारी सृजना गरेको थियो । यो १ वर्षकै उच्च बिन्दु भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै रिटेल (खुद्रा व्यापार) क्षेत्रमा सो अवधिमा ११ हजार व्यक्तिले काम पाएको बताइएको छ । निर्माण तथा पूर्वाधार उद्योगमा भने २१ हजार नयाँ कामदार थपिएको जानकारी श्रम मन्त्रालयले दिएको छ । उच्च बेतनमान भएका लेखा, आर्किटेक्चर र इञ्जिनीयरिङ क्षेत्रमा ७० हजार थपिएको प्रतिवेदनमा बताइएको छ । जनवरीमा अमेरिकी रेष्टुराँ तथा होटलजस्ता सेवा तथा आतिथ्य उद्योगमा पनि उल्लेख्य मात्रामा नयाँ रोजगारी सृजना भएको देखिन्छ । प्रतिवेदनअनुसार गत महीना उक्त क्षेत्रमा कुल ४४ हजार व्यक्ति नयाँ काममा खटिएका थिए ।

शेयरबजारमा सकारात्मक प्रभाव


म्यानुफ्याक्चरिङमा सुधार तथा उपभोक्ताका आत्मविश्वास पुनःजागृत भइरहँदा बेरोजगारी घट्नुका साथै लगानीकर्ता उत्साहित भएको देखिएको छ । अमेरिकी श्रमबजारमा अनपेक्षित सुधार भएको समाचार आएपछि डाउ जोन्स शेयर सूचक विगत ४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । त्यसैगरी, अमेरकाको अर्काे प्रमुख शेयर सूचक नाष्डाकले शुक्रवारको कारोबार बन्द हँदासम्म सन् २००० यताकै उच्चता कायम गरेको छ । ‘अर्थतन्त्र सुदृढ भइरहेको छ र आर्थिक पुनरुत्थानले राम्रो गति लिइरहेको छ,’ अमेरिकी श्रम मन्त्रालयको प्रतिवेदन सार्वजनिक भएपछि राष्ट्रपति बाराक ओबामाले पत्रकार सम्मेलनमा प्रतिक्रिया दिए ।

बेरोजगारी बढ्ने चिन्ता

सेप्टेम्बरसम्म ९ प्रतिशतको कीर्तिमानी उच्चता कायम गरेको अमेरिकी बेरोजगारी दर अहिले भने उल्लेखनीय रूपले घटे पनि यो वर्ष बेरोजगारी फेरि बढ्ने चिन्ता गरिएको छ । बुधवार मात्रै अमेरकी कङगेरसको बजेट कार्यालयले यूरोजोन ऋणसङ्कट समाधान हुने दिशातर्फ नगएमा सन् २०१२ को अन्तिम त्रैमासमा बेरोजगारी दर ९ प्रतिशतले बढ्ने अनुमान गरेको थियो । कार्यालयले यूरोपेली वित्तीय व्यवस्था अझै खराबीतर्फ उन्मुख भएमा सन् २०१३ को प्रथम त्रैमासमा अमेरिकाको बेरोजगारी ९ दशमलव २ प्रतिशत पुग्ने चेतावनी पनि दिएको थियो । एजेन्सीहरू