शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 07, 2012
  

भारतीय विदेशी मुद्रासञ्चिति ३ खर्ब डलरनजिक

माघ २३, नयाँ दिल्ली (भारत) । भारतको विदेशी मुद्रासञ्चिति जनवरी २७ सम्म २ खर्ब ९३ अर्ब डलर पुगेको छ । भारतीय केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इण्डिया’ (आरबीआई को साप्ताहिक समीक्षा रिपोर्टअनुसार जनवरी २७ सम्ममा ६७ करोड ३४ लाख डलरले बढ्दै मुद्रासञ्चितिले यो उच्चता कायम गरेको हो ।आरबीआईले विदेशी मुद्रा सञ्चयमा लगातर ६ हप्तासम्म देखिएको सङ्कुचनपछिको यो वृद्धि दोस्रो हप्ताको भएको बताएको छ । अघिल्ला ६ हप्तासम्म १४ अर्ब २५ करोड डलरले घटेको सञ्चिति जनवरी २० सम्म भने ७३ करोड १८ लाख डलरले बढेको आरबीआईले जानकारी दिएको छ ।

भारतीय शेयर बजारमा पुनः देखिएको वृद्धि र जनवरीको शुरूसम्म लगातार घटिरहेको रुपयाको भाउमा सुधार आउन थालेपछि विदेशी मुद्रासञ्चिति वृद्धि भएको आरबीआईले बताएको छ । त्यसैगरी डिसेम्बरसम्म चिन्ताजनक ढङ्गले बाहिरिएको विदेशी लगानी गत महीना भने फेरि भारतमै फर्कन थाल्नुले पनि मुद्रा सञ्चय बढाएको बैङ्कको भनाइ छ । एक अनुमानअनुसार सन् २०१२ को शुरुआतपछि विदेशी संस्थागत लगानीकर्ताहरूले भारतमा २ अर्ब डलर भियभयाएका छन् । जनवरी २७ सम्म भारतको विदेशी मुद्रा सञ्चयमा सबैभन्दा महइभ्वपूर्ण अवयवका रूपमा रहेको वैदेशिक लगानी ६१ करोड ४१ लाख डलरले बढ्दै कुल २ खर्ब ६० अर्ब डलर पुगेको पनि आरबीआईले जानकारी दिएको छ । तर, संस्थागत वैदेशिक लगानीकर्ताहरूले लगानी फर्काउनुको कारण भने बैङ्कले स्पष्टरूपमा बताएको छैन ।

त्यस्तै अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)बाट भारतले रकम निकाल्न पाउने विशेषाधिकार (स्पेशल ड्रइङ राइट्स–एसडीआर)को मूल्य ३६ अर्ब ८० करोड डलरले वृद्धि भएर ४ खर्ब ४६ अर्ब डलर पुगेको आरबीआईले उल्लेख गरेको छ । साथै, आईएमएफसँगको सञ्चय पनि २ करोड २५ लाख डलरले बढेर २ अर्ब ७२ करोड पुगेको बताइएको छ । जनवरी २७ सम्मको अवधिमा आरबीआईको सुन सञ्चिति भने यथावतै रहँदै २६ अर्ब ६२ करोड डलरमै रहेको बैङ्कको भनाइ छ ।