शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 05, 2012
  

एशियाली पारिवारिक व्यवसायमा नेतृत्वको चुनौती

माघ २१, जकार्ता÷सोल । भारतका अम्बानीदेखि हङकङका लि सम्मका पारिवारिक कम्पनीहरू एशियाली अर्थतन्त्रका खम्बा रहेका छन् । तर, बढ्दो विश्वव्यापीकरण र पुस्तान्तरणले ती कम्पनीसामु नयाँ जोखिम पनि देखिएको छ ।

एशियाली घरानाहरूमा आफन्तलाई नै कम्पनीको प्रमुख बनाउने परम्परा छ । तर, कम्पनीहरूको विस्तारका साथै तीव्र परिवर्तन भइरहेको विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न त्यस्तो परम्पराले बाधा पु¥याइरहेकाले त्यसलाई तोडनु् पर्ने विश्लेषकहरूले बताएका छन् । खासगरी, शेयर बजारमा सूचीकृत पारिवारिक कम्पनीमा थप पारदर्शिता र जवाफदेहिता कायम राख्नु प्रमुख चुनौतीको रूपमा देखिएको छ । त्यसैगरी, भविष्यमा विवाद उत्पत्र नहोस् भनेर नेतृत्व हस्तान्तरणसम्बन्धी स्पष्ट योजना बनाउनु पनि आवश्यक देखिन्छ । एशियाली कम्पनीहरूमा परिवारमा नेतृत्व हस्तान्तरण अत्यन्त चुनौतीपूर्ण मुद्दा रहेको चाइनिज युनिभर्सिटी अफ हङकङका जोसेफ फ्यानले बताए ।

पारिवारिक विवादले व्यवसायमै नोक्सान पुगेमा त्यसले क्षेत्रीय अर्थतन्त्रलाई समेत नोक्सान पुग्न सक्ने फ्यानको मूल्याङ्कन छ । एशियाका ७० प्रतिशतभन्दा बढी कम्पनीको स्वामित्व पारिवारिक रहेको विशेषज्ञहरू बताउँछन् । ती कम्पनी रोजगारको पनि प्रमुख स्रोतका रूपमा रहेका छन् । त्यसैले एशियाली उदीयमान देशमा त्यस्ता कम्पनीको महत्वपूर्ण भूमिका रहेको छ । तर, विशाल सम्पत्ति रहेका त्यस्ता कम्पनीमा पारिवारिक विवाद आउने अवश्यम्भावी छ । भारतमा रिलायन्स घरानाका संस्थापक धिरुभाइ अम्बानीको २००२ मा मृत्यु भएपछि उनका दुई छोरा मुकेश अम्बानी र अनिल अम्बानीबीचको विवाद निकै चुलिएको थियो । यद्यपि, पछिल्लो समयमा दाजुभाइबीच फेरि व्यापारिक सम्बन्ध बढाउने विषयमा पहल भइरहेको सुनिन्छ । एशियाली कम्पनीहरूको आगामी चरणको वृद्धिका बेला प्रतिभाशाली नेताहरूको खोजी प्रमुख चुनौतीका रूपमा रहने एक विशेषज्ञ देव लोभरिजको मूल्याङ्कन छ ।