शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 06, 2012
  

‘ग्रीससँगको धैर्य गुम्दै छ’

माघ २२, ब्रसेल्स (बेल्जियम) । यूरोजोनका अर्थमन्त्रीहरूले ग्रीसलाई आर्थिक सुधार तथा पुनरुत्थानको निराशाजनक गतिले आफूहरूको धैर्य गुमिरहेको चेतावनी दिएका छन् । शनिवार यूरोजोन अर्थमन्त्रीहरूबीच भएको एक टेलिकन्फ्रेन्स बैठकपछि उनीहरूले यस्तो बताएका हुन् । ग्रीस सरकारले चालेका सुधार कार्यक्रमहरू अपर्याप्त र निराशाजनक रहेको भन्दै यूरोजोन अर्थमन्त्रीहरूले वित्तीय उद्धारको आगामी खेपको रकम उसको स्थिति स्पष्ट नभएसम्मका लागि रोक्ने चेतावनी पनि दिएका छन् ।अर्थमन्त्रीहरूको टेलिकन्फ्रेन्स बैठकमा ग्रीसको वित्तीय उद्धारको निर्णय लिनका लागि सोमवार हुने बैठक पनि स्थगित गर्न सहमति भएको बुझिएको छ । उक्त बैठक ग्रीस सरकारले आफूलाई टाट पल्टिनबाट जोगाउन चाल्ने कदमहरू हेरेर मध्यर्माचमा गर्ने प्रारम्भिक सहमति भएको बताइएको छ ।

अक्टोबरमा ईयू नेताहरूले ग्रीसलाई १ खर्ब ३० अर्ब यूरोको वित्तीय सहयोगको निर्णय गरेका थिए । अब अति नै भयो भन्ने स्पष्ट सन्देश टेलिकन्फ्रेन्स बैठकका सबै सहभागीले दिएका छन् ।यूरोजोनका अर्थमन्त्रीहरूबीचको यो छलफलले ग्रीसलाई लिएर त्यहाँ व्याप्त निराशा र कुण्ठालाई समेत उजागर गरेको छ,’ नाम नखुलाउने शर्तमा एक ईयू अधिकारीले भने । ग्रीस सरकारसँग अब ट्रोइकालाई साथै लिएर निर्णय को र्वाता गर्नुको विकल्प छैन । अब हुने र्वाता ग्रीसको वित्तीय तथा श्रमबजारमा केन्द्रित रहने जानकारी पनि उनले दिए । ईयूले ग्रीसको ऋणसङ्कट समाधान गर्न यूरोपेली कमिशन, यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी) र अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)जस्ता तीन प्रमुख संस्थालाई मिलाएर बनाएको एउटा छुट्टै अङ्गलाई नै ‘ट्रोइका’ भनिन्छ । टेलिकन्फ्रेन्स बैठकमा ग्रीसका अर्थमन्त्री इभाञ्जेलोस भेनिजेलोसको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टि जाहेर भएको एक ईयूस्रोतले बताएको छ । यूरोजोन अर्थमन्त्रीहरूले देशको आर्थिक पुनःसंरचनाभन्दा पनि भेनिजेलोस अप्रिलमा हुने आमचुनाव र पार्टीका काममा बढी केन्द्रित भइरहेको धारणा व्यक्त गरेका छन् ।

जङ्करको चेतावनी

यसैबीच, यूरोजोनका वित्तीय बैठकहरूलाई संयोजन गर्ने संस्था यूरोग प्र का अध्यक्ष जाँ –क्लाउडे जन्करले विशाल सार्वभौम ऋणभारले थिचिएर ग्रीस छिट्टै टाट पल्टिन सक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । आइतवार जर्मन आर्थिक साप्ताहिक ‘डेर स्पिइजेल’मा प्रकाशित अन्तरवार्तामा जन्करले नयाँ कार्यक्रमहरू लागू गर्न नसकिए र अवस्था अझै बिग्रिदैं गए मार्चसम्ममा ग्रीस सरकारलाई आफू टाट पल्टिएको घोषणा गर्नबाहेकको विकल्प नहुने चेतावनी दिए । ऋण सङ्कटका कारण ग्रीसमा भ्रष्टाचार चिन्ताजनक ढङ्गले बढिरहेको र त्यसले पनि आर्थिक सुधारको गति घटाएको उनको भनाइ थियो । आर्थिक तथा वित्तीय सुधारका लागि ग्रीसमा सबल राजनीतिक नेतृत्वको अभाव खट्किएको जङ्करको विचार थियो ।